AK Learning Nepal

  Thursday 16 October 2025 / 01:43 PM
   |   
Posted in

Class 10 Social Studies Unit 6 All Lesson Exercise | हाम्रो पृथ्वी

 

 

कक्षा १० सामाजिक अध्ययन एकाइ ६: हाम्रो पृथ्वी – पूर्ण अभ्यास समाधान

यस पोष्टमा कक्षा १० सामाजिक अध्ययन विषयको एकाइ ६ “हाम्रो पृथ्वी” को सम्पूर्ण अभ्यास समाधानहरू उपलब्ध छन्। यी समाधानहरू नेपाली माध्यममा रहेका छन् र पीडीएफ प्रारूपमा प्रस्तुत गरिएका छन्। तपाईंले यहाँ अभ्यासहरू हेर्न सक्नुहुन्छ तर डाउनलोड गर्ने विकल्प उपलब्ध छैन।

एकाइ ६: हाम्रो पृथ्वी को अभ्यास समाधान

महत्वपूर्ण सूचना

यी समाधानहरू शिक्षा मन्त्रालय, नेपालको आधिकारिक वेबसाइटपुस्तकालय मा उपलब्ध सामग्रीहरूको आधारमा तयार पारिएका हुन्।

 

Class 10 Social Studies Unit 6

 

शैक्षिक सामग्रीको स्रोत

यी समाधानहरू तयार गर्दा AK Learning Nepal को सामग्री पनि सहायक भएको छ।

पाठ ४: जलमण्डल र सागरीय प्रवाह

जलमण्डलको संरचना, सागरीय जलको वितरण, र सागरीय प्रवाहहरूको बारेमा यस पाठमा अध्ययन गरिन्छ। महासागरीय धाराहरूको प्रकार र यिनको प्रभाव यस पाठको महत्वपूर्ण अंश हो।

Class 10 Social Studies Unit 6 को अभ्यास समाधान PDF

तल दिइएको PDF मा Class 10 Social Studies Unit 6 को सम्पूर्ण अभ्यास समाधानहरू समावेश छन्। यो PDF सीधै तपाईंको ब्राउजरमा देखाइनेछ र डाउनलोड गर्ने विकल्प उपलब्ध हुँदैन।

 

 

एकाई ६

हाम्रो पृथ्वी

पाठ – १

हावापानीमा प्रभाव पार्ने तत्त्वहरू

१. हावापानी भनेको के हो ?

उत्तर : कुनै स्थान विशेषको लामो अवधिको मौसमी वा वायुमण्डलको औसत अवस्थालाई हावापानी भनिन्छ |

२. तराईमा उत्तरी मोहडा र पहाडमा दक्षिणी मोहडा भएको घरलाई भौगोलिक हिसाबले उपयुक्त मानिन्छ । किन ? कारण दिनुहोस् ।

उत्तर : तराईमा अत्यधिक गर्मी हुने भएकाले पूर्व वा दक्षिण फर्काइएको घरमा बढी गर्मी हुने भएकाले उत्तर मोहडा भएको घर र पहाडमा चिसो मौसम हुने भएकाले चाँडै घाम लागोस् भनेर पूर्व वा दक्षिण मोहडा भएको घर बनाउनु भौगोलिक हिसाबले उपयुक्त मानिन्छ ।

३. कैलालीको धनगढी र गोरखा जिल्लामा अवस्थित सामागाउँ बस्ती लगभग एउटै अक्षांशमा पर्दछन् तर धनगढीमा अत्यन्तै गर्मी र सामागाउँमा अत्यन्तै जाडो हुन्छ । किन ? कारण दिनुहोस् ।

उत्तर : कैलालीको धनगढी र गोरखा जिल्लामा अवस्थित सामागाउँ बस्ती लगभग एउटै अक्षांशमा पर्दछन् तर धनगढीमा अत्यन्तै गर्मी र सामागाउँमा अत्यन्तै जाडो हुन्छ । किनभने हावापानीलाई अक्षांशका साथै उचाइले पनि प्रभाव पार्दछ । लगभग प्रत्येक १६५ मिटर उचाइ बढ्दा १ डिग्री सेल्सियस तापक्रम बढ्छ । कैलालीको धनगढी निकै होचो भूभाग हो भने सामागाउँ निकै अग्लो भूभागमा पर्दछ । तसर्थ धनगढीमा अत्यन्तै गर्मी र सामागाउँमा अत्यन्तै जाडो हुन्छ ।

४. कालोमाटो भएको क्षेत्रमा हावापानी न्यानो हुनाको कारण के होला ?

उत्तर : कालोमाटो भएको क्षेत्रमा माटाले ताप सोस्दछ । यसको कारणले गर्दा यस्ता क्षेत्रको हावापानी न्यानो हुन्छ।

५. छिमेकी देश भारतको मुम्बईमा वर्षैभरि तापक्रममा भिन्नता हुँदैन तर दिल्लीमा तापक्रमको भिन्नता बढी हुन्छ, किन होला ?

उत्तर : सामुद्रिक क्षेत्रको प्रभावले समुद्र वरपरको भागमा सुरम्य हावापानी हुन्छ भने जमिनको भित्री भागमा सामुद्रिक प्रभाव नपर्ने हुनाले शुष्क हुन्छ । जमिन र पानीको क्षेत्रमा हावापानीको अवस्था फरक हुन्छ । मुम्बई समुद्र छेउमा भएकाले वर्षैभरि तापक्रममा भिन्नता हुँदैन तर दिल्ली समुद्रबाट टाढा भएकाले तापक्रम विषम हुन्छ ।

६. विश्वको हावापानीलाई प्रभाव पार्ने तत्त्वहरूको सूची तयार गरी कुनै दुईको वर्णन गर्नुहोस् ।

उत्तर : विश्वको हावापानीलाई प्रभाव पार्ने तत्त्वहरू निम्न छन् :-

  • सामुद्रिक दुरी
  • पहाडको उपस्थिति
  • सामुद्रिक धार
  • अक्षांश
  • उचाइ
  • जमिनको मोहडा
  • वायुको स्वभाव र दिशा
  • वनस्पति र माटो

अक्षांश :- हावापानीलाई अक्षांशीय फैलावटले प्रभाव पार्दछ । भूमध्यरेखामा सूर्यको किरण सिधा पर्छ भने यसबाट जति जति उत्तरी वा दक्षिणी ध्रुवतिर गयो त्यति नै सूर्यको किरण छड्के पर्छ । यसले गर्दा भूमध्यरेखीय क्षेत्रमा तापक्रम बढी हुन गई गर्मी र ध्रुवीय क्षेत्रमा तापक्रम कम भई जाडो हुन्छ ।

उचाइ :- भूसतहको उचाइ बढ्दै जाँदा हावाको उपस्थिति पातलो हुँदै जान्छ । अर्थात् कम उचाइमा हावाको उपस्थिति बाक्लो र बढी उचाइमा हावाको उपस्थिति पातलो हुन्छ । १६५ मिटर उचाइ बढ्दा १ डिग्री सेल्सियस तापक्रम बढ्छ । तसर्थ उचाइअनुसार हावापानी फरक हुन्छ ।

पाठ – २

विश्वका हावापानीका प्रकारहरू

१. हावापानीको प्रदेश भनेको के हो ?

उत्तर : पृथ्वीको गोलार्द्धमा अक्षांशीय फैलावट, सूर्यको ताप र हावाको चापका आधारमा हावापानीको वर्गीकरणलाई हावापानीको प्रदेश वा मण्डल भनिन्छ ।

३. समशीतोष्ण क्षेत्रमा न धेरै गर्मी न धेरै जाडो अर्थात् ठिक्कको हावापानी पाइनुका कारण के के हुन् ? उल्लेख गर्नुहोस् ।

उत्तर : समशीतोष्ण क्षेत्र दुवै गोलार्द्धमा ३०° देखि ६०° अक्षांशसम्मको भूभागमा फैलिएको हावापानीको क्षेत्र हो । यस क्षेत्रमा सूर्यको किरण भूमध्यरेखीय क्षेत्रमा जस्तो धेरै सिधा र शीत क्षेत्रमा जस्तो धेरै छड्के पर्दैन । त्यस्तै यस क्षेत्रमा प्रशस्त वर्षासमेत हुन्छ। त्यसैले समशीतोष्ण क्षेत्रम न धेरै गर्मी न धेरै जाडो अर्थात् ठिक्कको हावापानी पाइन्छ ।

४. तपाइँ बसेको ठाउँ कुन हावापानीको प्रदेशमा पर्दछ ? सो प्रदेशमा ऋतुअनुसार वर्षभरि तपाइँले अनुभव गर्ने हावापानीको विवरण प्रस्तुत गर्नुहोस् ।

उत्तर : हामी बसेको देश नेपाल दक्षिण एसियामा पर्ने भएकाले यहाँ उष्ण मण्डलअन्तर्गतको उष्ण मौसमी हावापानीको उपप्रदेशमा पर्छ । यस प्रदेशमा ऋतुअनुसार वर्षभरि ग्रीष्ममा गर्मी, वर्षामा ओसिलो र हिउँदमा ठन्डा हुन्छ । ठाउँअनुसार ५० से.मि. देखि २०० से.मि. सम्म मनसुनी वर्षा हुन्छ । कतै कतै सदावहार वन पाइने भए पनि प्राय: जसो पतझड वनस्पति पाइन्छ ।

पाठ – ३

मण्डल

१. भूमध्यरेखीय र उष्ण मरुस्थलीय हावापानीबिच फरक छुट्याउनुहोस् ।

भूमध्यरेखीय हावापानी

उष्ण मरुस्थलीय हावापानी

(क) औसत तापक्रम २७° र तापान्तर २° सेल्सियस मात्र हुन्छ |

(क) दिनमा ४०° र रातमा १०° भन्दा कम तापक्रम हुन्छ |

(ख) सूर्यको किरण सिधा पर्ने हुनाले धेरै गर्मी हुन्छ |

(ख) दिनमा अति गर्मी र रातमा अति चिसो हुन्छ |

(ग) दिन र रातको समय बराबर रहने तथा ऋतु परिवर्तन हुँदैन |

(ग) दिन र रातको तापान्तर अत्यधिक रहने गर्छ |

(घ) औसत वर्षा २०० से.मि. सम्म हुन्छ |

(घ) औसत वर्षा १२ से.मि. सम्म हुन्छ |

२. नेपाल मौसमी हावापानीका क्षेत्रमा पर्ने भए तापनि हिमाली, पहाडी र तराई क्षेत्रका वनस्पतिबिचमा समानता छैन । कारण उल्लेख गर्नुहोस् ।

उत्तर : नेपालमा हिमाली, पहाडी र तराई क्षेत्र रहेको छ । यो भौगोलिक विविधताले गर्दा तराई क्षेत्रमा ज्यादा गर्मी हुन्छ भने पहाडी क्षेत्रमा कम गर्मी हुन्छ । त्यस्तै हिमाली क्षेत्रमा ज्यादै चिसो हुन्छ । तराई क्षेत्र समथर भूभागका रूपमा रहेको छ भने पहाडी तथा हिमाली क्षेत्रमा अग्ला पहाडहरू रहेका छन् । तराई क्षेत्रदेखि हिमालसम्मको समुद्री उचाइमा निकै भिन्नता रहेको छ । यसले गर्दा हावापानीमा विविधता छ । हावापानीमा विविधता भएकाले वनस्पतिमा पनि विविधता रहेको छ अर्थात् समानता छैन ।

३. सभाना क्षेत्रमा बस्ने र अमेजन क्षेत्रमा बसोबास गर्ने मानिसको जीवनशैलीमा के के भिन्नता छ ?

उत्तर : सभाना क्षेत्रम बस्ने मानिसको जीवनस्तर खासै विकसित छैन । मसाई र हाउसा जातिका मानिसहरू अझै पुरानै रीतिरिवाजमा रमाउने र पशुहरू चराउँदै घाँसपानीको खोजीमा फिरन्ते जीवन जिउन बाध्य छन् । आजभोलि आधुनिकता भित्रिन थालेको छ । अमेजन क्षेत्रमा बसोबास गर्ने आदिवासी रेड इन्डियन र गिनी क्षेत्रका पिग्मिजिहरूको जनजीवन निकै असहज रहेको छ । यिनीहरू फिरन्ते स्वभावका थिए । कन्दमूल सङ्कलन गर्ने, सिकार गर्ने, पशुपालन गर्ने, अस्थायी रूपले खेतीपाती गर्ने जस्ता गतिविधि गर्थे ।

४. उष्ण तृणभूमिका मानिसको कमजोर आर्थिक अवस्थालाई पर्यटन विकास गरी सुधार गर्न सकिन्छ । यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस् ।

उत्तर : उष्ण तृणभूमिका मानिसको आर्थिक अवस्था निकै कमजोर रहेको छ । जीवनस्तर विकसित छैन । यहाँको आर्थिक अवस्थालाई पर्यटनको विकास गरी सुधार गर्न सकिन्छ । यस क्षेत्रमा जिराफ, जेब्रा, हात्ती, अर्ना जस्ता जनावर पाइन्छ । धेरै प्रकारका जीवजनावर पाइने हुनाले यस क्षेत्रलाई संसारको चिडियाखाना भनिन्छ । यहाँ विभिन्न राष्ट्रिय निकुञ्ज र संरक्षण क्षेत्रको स्थापना हुन थालेको छ । त्यस्तै यो क्षेत्र फिल्म सुटिङको गन्तव्य पनि बन्न थालेको छ । यी कुराहरूको प्रचारप्रसार गरी पर्यटन क्षेत्रको विकासका माध्यमबाट यहाँको आर्थिक अवस्था सुधार गर्न सकिन्छ |

५. मरुद्यान भनेको के हो ? यसको महत्त्व सम्बन्धमा चर्चा गर्नुहोस् ।

उत्तर : उष्ण मरुस्थलीय क्षेत्रमा मरुस्थल मात्र भए पनि कतै कतै पानी पाइन्छ । त्यहाँ आधुनिक प्रविधिको सहायताले खेतीपाती गरेको भेटिन्छ । यस्तो खेतीपाती गरिएको र हरियालीयुक्त क्षेत्रलाई मरुद्यान भनिन्छ । मरुद्यानको आसपासका क्षेत्रमा पाम जातका वनस्पति पाइन्छ । मरुद्यानमा बस्ती बाक्लो पाइन्छ । मरुस्थलमा अन्न उब्जने प्रमुख ठाउँ र बाक्लो बसोबास रहेको क्षेत्र भएकाले मरुद्यानको महत्त्व रहेको छ ।

पाठ – ४

समशीतोष्ण मण्डल

१. समशीतोष्ण प्रदेशका हावापानीको क्षेत्रलाई तालिकामा प्रस्तुत गर्नुहोस् ।

उत्तर : समशीतोष्ण प्रदेश वा मण्डलमा पर्ने हावापानीका क्षेत्रहरू :-

  • भूमध्यसागरीय हावापानी
  • समशीतोष्ण मरुस्थलीय हावापानी
  • समशीतोष्ण मौसमी हावापानी
  • समशीतोष्ण सामुन्द्रिक हावापानी
  • समशीतोष्ण तृणभूमिको हावापानी
  • सेन्ट लरेन्स र मन्चुरियाको हावापानी

२. समशीतोष्ण मौसमी क्षेत्रमा कुन कुन कृषि कार्य गर्न उपयुक्त हुन्छ ? किन ?

उत्तर : समशीतोष्ण मौसमी क्षेत्रमा रेसम उत्पादनका लागि अनुकूल हावापानी रहेको छ । त्यस्तै यस क्षेत्रमा धान, गहुँ, मकै, उखु, कपास खेती जस्ता कृषि कार्य गर्न उपयुक्त हुन्छ । किनकि यस क्षेत्रमा ग्रीष्ममा गर्मी र हिउँदमा जाडो हुन्छ । ग्रीष्ममा सामुद्रिक मनसुनद्वारा ५० देखि १५० से.मि. सम्म वर्षा हुन्छ । ग्रीष्ममा २५ डिग्री र हिउँदमा ५ डिग्री औसत तापक्रम हुन्छ । यहाँ रेसम खेतीका लागि उपयोगी वनस्पति पाइन्छ ।

३. समशीतोष्ण तृणभूमि क्षेत्रमा घाँसे मैदानको नाम लेख्नुहोस् ।

उत्तर : समशीतोष्ण तृणभूमि क्षेत्रमा घाँसे मैदानको नाम निम्न छन् :-

  • पम्पास (अर्जेन्टिना)
  • डाउन्स (अस्ट्रेलिया)
  • भेल्ड (दक्षिण अफ्रिका)
  • स्टेप्स (एसिया र युरोप)
  • प्रेरिज (उत्तर अमेरिका)

४. भूमध्यसागरीय क्षेत्रमा हिउँदे फलफूल खेती हुनाको कारण उल्लेख गर्नुहोस् ।

उत्तर : भूमध्यसागरीय क्षेत्रमा हिउँदमा ठन्डा र ओसिलो हुन्छ । त्यस्तै समुद्री सतह भई आउने पश्चिमी वायुले वर्षा यस क्षेत्रमा हिउँदमा वर्षा गराउँछ । यसै कारणले गर्दा यस क्षेत्रमा अमिलो र रसिलो जातका फलफूलको अत्यधिक उत्पादन हुने भएकाले हिउँदे फलफूल खेती गरिन्छ ।

५. समशीतोष्ण सामुद्रिक हावापानी र भूमध्यसागरीय हावापानीबिच तुलना गर्नुहोस् ।

समशीतोष्ण सामुद्रिक हावापानी

भूमध्यसागरीय हावापानी

(क) उत्तरी गोलार्धमा ४५ देखि ६० र दक्षिणी गोलार्धमा ४० देखि ५० डिग्री अक्षांशको पश्चिमी सामुद्रिक क्षेत्रमा यो हावापानी पाइन्छ ।

(क) उत्तरी गोलार्धमा ३० देखि ४५ र दक्षिणी गोलार्धमा ३० देखि ४० डिग्री अक्षांशको पश्चिमी भागमा यो हावापानी पाइन्छ ।

(ख) सामुद्रिक प्रभावले वर्षैभरि पानी परिरहन्छ । वार्षिक वर्षा ७५ देखि १५० से.मि. हुन्छ ।

(ख) हिउँदमा समुद्री सतह भई आउने बाफिलो वायुले वर्षा हुन्छ । वार्षिक वर्षा औसत ४० देखि ८० से.मि. हुन्छ ।

(ग) ग्रीष्ममा न्यानो र हिउँदमा खासै जाडो हुँदैन ।

(ग) ग्रीष्म गर्मी र हिउँद ठन्डा तथा वर्षायुक्त हुन्छ ।

६. भूमध्यसागरीय हावापानीका क्षेत्रमा धेरै प्राचीन सभ्यता विकास भएको पाइन्छ । किन यस्तो भएको हो ? कारण दिनुहोस् ।

उत्तर : भूमध्यसागरीय हावापानीको क्षेत्र उत्तरी गोलार्धमा ३० डिग्रीदेखि ४५ डिग्री अक्षांश र दक्षिणी गोलार्धमा ३० देखि ४० डिग्री अक्षांशबिचको महादेशको पश्चिमी भागमा पाइन्छ । ग्रिष्म र हिउँद दुईओटा ऋतु हुने यस क्षेत्रमा बसैभरि तातो र चिसोको समान अवस्था हुन्छ । यो क्षेत्र मानव जीवनका लागि अनुकूल रहेको छ । यस क्षेत्रमा फलफूलको प्रशस्तै उत्पादनसमेत हुन्छ । यसर्थ भूमध्यसागरीय हावापानीका क्षेत्रमा धेरै प्राचीन सभ्यता विकास भएको पाइन्छ ।

पाठ – ५ शीत प्रदेश

१. शीत प्रदेशको अवस्थिति उल्लेख गर्नुहोस् ।

उत्तर : शीत प्रदेश पृथ्वीको दुवै गोलार्धमा ६० देखि ९० डिग्री अक्षांशसम्मको ध्रुवीय प्रभाव क्षेत्रमा अवस्थित रहेको छ । यसअर्न्तगत पृथ्वीको उत्तरी गोलार्धको ६० देखि ७० डिग्री अक्षांशीय क्षेत्रमा साइबेरियन हावापानी, उत्तरी गोलार्धको ७० देखि ९० डिग्री अक्षांशीय क्षेत्रमा टुन्ड्रा हावापानीको क्षेत्र पाइन्छ । त्यस्तै दक्षिणी गोलार्धको ६६ देखि ९० डिग्री अक्षांशीय क्षेत्रमा भने अन्टार्कटिका हावापानी रहेको छ ।

२. टाइगा भनेको के हो ? यसको महत्त्व बुँदागत रूपमा प्रस्तुत गर्नुहोस् ।

उत्तर : पृथ्वीको उत्तरी गोलार्धको ६० देखि ७० डिग्री अक्षांशमा पाइने साइबेरियन हावापानीको क्षेत्रमा पाइने कोणधारी घना वनको क्षेत्रलाई टाइगा भनिन्छ ।

यसको महत्त्व बुँदागत रूपमा निम्न छन् :-

  • विशाल क्षेत्रमा फैलिएको यो वन यहाँका मानिसको मुख्य आर्थिक उपार्जनको स्रोत रहेको
  • कागज बनाउन चाहिने अर्ध तरल पदार्थ यहीँको वनस्पतिबाट तयार पारिने
  • यहाँको मुख्य पेसा काठको व्यवसाय अर्थात् लम्बरिङ यसै वनबाट सञ्चालन हुने

३. अति चिसो ठाउँ हुँदा पनि टुन्ड्रा प्रदेशका आदिवासीहरू हिउँकै घर इग्लुमा बस्छन् । किन ? कारण दिनुहोस् ।

उत्तर : अति चिसो ठाउँ हुँदा पनि टुन्ड्रा प्रदेशका आदिवासीहरू हिउँकै घर इग्लुमा बस्छन् । यसको मुख्य कारण यहाँ स्थायी रूपमा बसोबास गर्ने प्रचलन अत्यन्त न्यून मात्र रहेको छ । यहाँका एस्किमो र इन्युट जातका मानिस फिरन्ते आदिवासीका रूपमा रहेका छन् । उनीहरू अस्थायी घर बनाएर अस्थायी रूपमा मात्र बसोबास गर्छन् । त्यस्तै यिनीहरूको पेसा हिउँमा पाइने सिल माछा र हिम भालुको सिकार गरेर जीविकोपार्जन गर्ने हो ।

४. शीत प्रदेशको अति उत्तरी र दक्षिणी केही भागमा छ महिना दिन र छ महिना रात हुन्छ । के कारणले यस्तो भएको होला ?

उत्तर : पृथ्वीको दुवै गोलार्धमा ध्रुवीय प्रभावको क्षेत्रमा शीत प्रदेश अवस्थित छ । यहाँ प्रायः वर्षैभरि सूर्यको किरण छड्के पर्छ । यस प्रदेशको अति उत्तरी र दक्षिणी केही भागमा सूर्यको उत्तरायण र दक्षिणायनका कारण दिन र रातको लम्बाइमा धेरै अन्तर हुन्छ । सूर्य उत्तरायण भएको वेलामा दक्षिणी ध्रुवीय क्षेत्र प्रायः अन्धकार हुन्छ भने सूर्य दक्षिणायन भएको बेलामा उत्तरी ध्रुवीय क्षेत्र प्रायः अन्धकार हुन्छ । तसर्थशीत प्रदेशको अति उत्तरी र दक्षिणी केही भागमा छ महिना दिन र छ महिना रात हुन्छ ।

पाठ – ६

विश्वको हावापानी : धरातलीय विविधता र प्रभाव

१. धरातलीय स्वरूपले जनजीवनमा प्रभाव पार्दछ भन्ने तथ्यलाई नेपालको दृष्टान्त दिई प्रमाणित गर्नुहोस् ।

उत्तर : मानव जीवनमा हावापानी र धारातलीय विविधताले प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । यसबाट खानपान, भेषभूषा, सभ्यता, पेसा, धर्म, संस्कार, विकासका कार्य, आर्थिक क्रियाकलापलगायतका पक्षहरू प्रभावित भइरहेका हुन्छन् । नेपालको हिमाली, पहाडी र तराई क्षेत्रको जनजीवन फरक हुनाको कारण हावापानी र धरातलीय स्वरूपको प्रभावले गर्दा हो । हिमाली क्षेत्र चिसो भएकाले त्यहीअनुसारको खानपान, रहनसहन र अन्य गतिविधि छन् भने तराई क्षेत्र गर्मी भएकाले त्यहीअनुसारको खानपान, रहनसहन र अन्य गतिविधि छन् । तसर्थ धरातलीय स्वरूपले जनजीवनमा प्रभाव पार्दछ ।

२. सभाना क्षेत्रमा धेरै प्रजातिका जनावर पाइन्छन् । किन ? कारण दिनुहोस् ।

उत्तर : सभाना क्षेत्र उष्ण तृणभूमिको क्षेत्र हो । ग्रीष्म र हिउँद ऋतु हुने तथा वर्षा स्थान र अवस्थाअनुसार ५० देखि १५० से.मि. सम्म हुन्छ । यहाँ वर्षाको अवस्थाअनुसार वनस्पति पाइए पनि मुख्य रूपमा लामा र बाक्ला घाँसे वनस्पतिहरू प्रशस्त मात्रामा पाइन्छन् । घाँसेभूमि हुनाले यो क्षेत्रमा शाकाहारी, मांसाहारी र सर्वहारी जीवजन्तुहरू ठुलो सङ्ख्यामा पाइन्छ । हजारौं प्रकारका जीव जनावर पाइने हुनाले सभाना क्षेत्रलाई संसारको चिडियाघर पनि भनिन्छ।

३. नेपालको उत्तरी क्षेत्र पाँच हजार मिटर माथिको उचाइमा बोटबिरुवा पाइँदैन, किन ?

उत्तर : नेपालको उत्तरी क्षेत्र पाँच हजार मिटर माथिको उचाइमा वर्षैभरि हिउँ जम्छ । त्यस्तै यहाँको तापक्रम पनि अत्यन्त न्यून रहन्छ। यस क्षेत्रमा वर्षा निकै कम हुने र हिमवर्षा हुने गर्दछ । तसर्थ यस क्षेत्रमा बोटबिरुवा पाइँदैन ।

४. संस्कृति र संस्कारलाई हावापानी र धरातलले प्रभाव पारेको हुन्छ भन्ने तथ्यलाई आफ्नो परिवेशको उदाहरण दिई प्रस्ट पार्नुहोस् ।

उत्तर : भाषा, भेषभूषा, रहनसहन, खानपिन, मूल्यमान्यता, चाडपर्व, जीवनशैली, घर निर्माणका तरिका आदि संस्कृति र संस्कारअन्तर्गत पर्दछन् । यस्ता कुरालाई हावापानी र धरातलले प्रभाव पारेको हुन्छ । तराईमा गर्मी धेरै हुने भएकाले यहाँको भेषभूषा, खानपिन, चाडपर्व, जीवनशैली र घर निर्माणको तरिका हावापानीअनुसारको रहेको छ । हिमाली क्षेत्रमा चिसो मौसम हुने भएकाले मौसम र भूगोलअनुसारको भेषभुषा, खानपिन, चाडपर्व, जीवनशैली र घर निर्माणको तरिका रहेको छ । त्यस्तै पहाडमा पनि हावापानी र धरातल अनुसारको संस्कृति र संस्कार रहेको छ ।

 

पाठ – ७ अमेरिका महादेश

१. उत्तर अमेरिकाका विकसित राष्ट्र र नेपालबिच आर्थिक सामाजिक अवस्थाको तुलना गर्नुहोस् ।

उत्तर : अमेरिकाका विकसित राष्ट्र क्यानाडा र अमेरिका हुन् । यहाँ अतुलनीय पूर्वाधारको विकास भएको छ । कृषि कार्यमा कम मानिसको संलग्नता भए पनि कृषिमा आत्मनिर्भर रहेका छन् । यी राष्ट्रहरू अधिक प्रतिव्यक्ति आय भएका मुलुकमा पर्दछन् । यो निकै विकसित महादेश हो र संसारका मानिसको गन्तव्यका रूपमा समेत रहेको छ। यहाँ दक्ष जनशक्तिको उपलब्धता र स्रोतसाधनको अधिकतम परिचालन भएकाले आर्थिक अवस्था निकै मजबुत रहेको छ । सप्ताहको अन्तमा साङ्गीतिक उत्सव, पारिवारिक जमघट र विभिन्न भ्रमण गरी बिदा मनाउने गर्छन् । तर नेपालको आर्थिक अवस्था भने निकै कमजोर रहेको छ । पूर्वाधारको विकास हुन सकेको छैन । आत्मनिर्भर अर्थतन्त्रको विकास हुन सकेको छैन । जनशक्तिको अभाव र स्रोतसाधनको अधिकतम परिचालनको अवस्था पनि छैन । प्रतिव्यक्ति आय निकै कम भएका राष्ट्रको सूचीअन्तर्गत पर्छ । सामाजिक विकृति र विसङ्गति विस्तारै न्यूनिकरण हुँदै गएका छन् । शिक्षाको अवस्था पनि सुधारोन्मुख रहेको छ ।

२. अमेरिकाको क्यालिफोर्निया क्षेत्रमा हिउँदमा र दक्षिण पूर्वी क्षेत्रमा ग्रीष्ममा पानी पर्छ । एउटै देशमा पनि यस्तो भिन्नता किन भएको होला ? कारण दिनुहोस् ।

उत्तर : अमेरिकाको क्यालिफोर्निया क्षेत्रमा हिउँदमा र दक्षिण पूर्वी क्षेत्रमा ग्रीष्ममा पानी पर्छ । एउटै देशमा पनि यस्तो भिन्नता हुनुका कारण निम्न छन् :-

  • अमेरिकाको दक्षिण पूर्वी क्षेत्र समशीतोष्ण मौसमी हावापानीको क्षेत्रमा पर्छ । यस हावापानीको क्षेत्रमा सामुद्रिक मनसुनद्वारा ग्रीष्ममा वर्षा गराउँछ ।
  • अमेरिकाको क्यालिफोर्निया क्षेत्र भूमध्य सागरीय हावापानीको क्षेत्रमा पर्छ । यहाँ हिउँदमा समुद्री सतह भई आउने बाफिलो वायुले वर्षा गराउँछ ।

३. मानौँ तपाईं उत्तर अमेरिकाको उत्तरी क्यानाडाको बासिन्दा हुनुहुन्छ । तपाइँले गर्ने आर्थिक क्रियाकलाप के के हुन्छन् ? सामाजिक रहनसहन र त्यहाँको वनस्पति कस्तो हुन्छ ? विवरण प्रस्तुत गर्नुहोस् ।

उत्तर : ध्रुवीय शीत मण्डलमा पर्ने हुनाले यस क्षेत्रमा सधैँ चिसो भइरहन्छ । यस क्षेत्रमा बसोबास गर्ने बासिन्दाले गर्ने आर्थिक गतिविधि निम्न छ :-

हिउँभालु र सिल माछाको सिकार गर्नु, फिरन्ते जीवन बिताउनु, सिकार गर्नु, कन्दमूल खोज्नु, अस्थायी बसोबास गर्नु जस्ता सामाजिक रहनसहन हुन्छ र त्यहाँ घना कोणधारी जङ्गल पाइन्छ । यसलाई टाइगा भनिन्छ ।

४. अमेरिकाका पूर्वी क्षेत्रमा पश्चिमी क्षेत्रभन्दा ठुला सहर विकास भएका छन् । यसका कारण उल्लेख गर्नुहोस् ।

उत्तर : अमेरिकाका पूर्वी क्षेत्रमा पश्चिमी क्षेत्रभन्दा ठुला सहरहरू विकास भएका छन्। यसको कारणमा कई कारणहरू हुन सक्छन्:-

ऐतिहासिक राजनीतिक केन्द्र: पश्चिमी क्षेत्रलाई उत्तर अमेरिकाका ऐतिहासिक राजनीतिक केन्द्रहरूले ठिक ठिक पठाएको छ। यसले पश्चिमी क्षेत्रलाई अधिक सत्यापित, विकसित र आकर्षक बनाएको छ।

वाणिज्यिक केन्द्र: पश्चिमी क्षेत्रलाई वाणिज्यिक केन्द्रहरूले प्रभावित गरेको छ। यसको कारणले उत्पादन, विपणन र वाणिज्यिक गतिविधिहरूलाई आकर्षक बनाएको छ।

प्रविधि र अनुसन्धानका केन्द्र: पश्चिमी क्षेत्रले विज्ञान, प्रविधि र अनुसन्धानमा महत्वपूर्ण केन्द्रहरू बनाएको छ। उत्तर अमेरिकाका उच्च शिक्षा संस्थाहरू, अनुसन्धान केन्द्रहरू र प्रविधि उद्योगहरू पश्चिमी क्षेत्रमा अवस्थित छन्।

पर्यटन आकर्षण: पश्चिमी क्षेत्रले पर्यटनमा ठूलो आकर्षण रखेको छ। राष्ट्रिय निकुञ्ज, प्राकृतिक सुन्दरता, ऐतिहासिक स्थलहरू, बिग शहरहरू, खेलकुद क्षेत्र आदि पश्चिमी क्षेत्रको पर्यटन आकर्षणमा योगदान गर्दछ।

अर्थव्यवस्था: पश्चिमी क्षेत्रले आर्थिक विकासका क्षेत्रहरूमा प्रमुख भूमिका निभाएको छ। वित्तीय सेवाहरू, वित्तीय बाजार, उद्योग, वित्तीय सेवा संस्थाहरू, वाणिज्यिक कम्पनीहरू, अर्थव्यवस्थाका मुख्य केन्द्रहरू पश्चिमी क्षेत्रमा अवस्थित छन्।

यी सब कारणहरूले पश्चिमी क्षेत्रलाई उत्तर अमेरिकाका पूर्वी क्षेत्रभन्दा ठुलो सहरहरूको विकास गराएको छ।

पाठ ८ दक्षिण अमेरिका महादेश

अभ्यास

१. अमेजन बेसीमा पाइने जङ्गलको आर्थिक महत्त्व लेख्नुहोस् ।

उत्तर : अमेजन बेसीमा पाइने जङ्गलको आर्थिक महत्त्व :-

(क) फर्निचर उद्योग सञ्चालन गर्न सकिन्छ ।

(ख) निकुञ्ज तथा आरक्षको विकास गरी पर्यटक आकर्षित गर्न सकिन्छ ।

(ग) काठसँग सम्बन्धित विभिन्न उद्योग सञ्चालन गर्न सकिन्छ ।

(घ) पशुपालनका लागि घाँस उपलब्ध गर्न सकिन्छ ।

२. दक्षिण अमेरिकी राष्ट्रहरूले त्यहाँ उपलब्ध खनिजको प्रयोग गरी समृद्धि ल्याउन के गर्नुपर्छ ? सुझाव प्रस्तुत गर्नुहोस् ।

उत्तर : दक्षिण अमेरिकी राष्ट्रहरूले त्यहाँ उपलब्ध खनिजको प्रयोग गरी समृद्धि ल्याउन निम्न कार्य गर्नुपर्छ :-

(क) खनिजको अन्वेषण र उत्खनन्को कार्य तीव्रताका साथ गर्नुपर्छ ।

(ख) खनिजसँग सम्बन्धित उद्योगधन्दा स्थापनामा जोड दिनुपर्छ ।

(ग) अन्य महादेशमा उच्च माग भएका वस्तुको निर्माण गरी निर्यातमा जोड दिनुपर्छ ।

३. दक्षिण अमेरिकी मानिसको जीवनशैली किन मौलिक नभई युरोपको प्रभाव रहेको छ ? कारण दिनुहोस् ।

उत्तर : दक्षिण अमेरिका लामो समयसम्म युरोपेली उपनिवेशबाट गुज्रिएको थियो । कोलम्बसले अमेरिका पत्ता लगाएपछि युरोपबाट स्पेनिस र पोर्चुगालीहरू बसाइँ सरी दक्षिण अमेरिका पुगेका थिए । यिनीहरूले दक्षिण अमेरिकाका आदिवासीलाई परास्त गरी त्यहाँको इन्का सभ्यता लोप गराए र आफ्नो सभ्यता तथा शासन स्थापित गरे । त्यसैले दक्षिण अमेरिकी मानिसको जीवनशैली मौलिक नभई युरोपको प्रभाव रहेको छ ।

४. नेपाल र दक्षिण अमेरिकी राष्ट्रहरूबिच प्राकृतिक र आर्थिक क्षेत्रका समानता र भिन्नता छुट्याउनुहोस् ।

उत्तर : नेपाल र दक्षिण अमेरिकी राष्ट्रहरूबिचको प्राकृतिक र आर्थिक क्षेत्रका भिन्नता :- दक्षिण अमेरिकामा सबैभन्दा लामो एन्डिज पर्वत शृङ्खला भए जस्तै नेपालमा पनि लामो हिमालय शृङ्खला रहेको छ । दक्षिण अमेरिकामा अजेजन बेसीमा विस्तृत क्षेत्रमा फैलिएको जगल भए जस्तै नेपालमा पनि चारकोसे झाडी रहेको छ । दक्षिण अमेरिकामा विभिन्न खानी भए जस्तै नेपालमा पनि विभिन्न खानीहरू रहेका छन् ।

पशुपालन, खनिज उत्खनन्, पर्यटन आदिबाट दक्षिण अमेरिकाले उन्नति गरेजस्तै नेपालले पनि कृषि, पशुपालन, खनिज उत्खनन् र पर्यटनबाट फाइदा लिन सक्छ । नेपाल र दक्षिण अमेरिकी राष्ट्रहरूबिचको प्राकृतिक र आर्थिक क्षेत्रका समानता :- दक्षिण अमेरिकी राष्ट्रहरू प्राकृतिक स्रोत साधनको उपयोग गर्दै आर्थिक समृद्धि हासिल गरिरहेका छन् । नेपालले भने प्राकृतिक स्रोत साधनको सही सदुपयोग गर्न सकिरहेको छैन । त्यस्तै दक्षिण अमेरिकी राष्ट्रले खेल पर्यटनको समेत विकास गरी पर्यटनको विकास गरेका छन् । नेपालमा पनि खेल पर्यटनको सम्भावना हुँदाहुँदै पनि विकास हुन सकेको छैन । पशुपालन, भेडा पालन जस्ता व्यवसायबाट दक्षिण अमेरिकाले राम्रो आर्थिक प्रगति हासिल गरेको छ । कृषि प्रधान राष्ट्र भएर पनि नेपालले कृषिको विकास गर्न सकेको छैन । झन्डै उस्तै उस्तै आर्थिक अवस्था भए पनि नेपाल भन्दा दक्षिण अफ्रिका निकै अगाडि बढ्ने क्रममा छ ।

पाठ ९ अफ्रिका महादेश

अभ्यास

१. ‘भौगोलिक स्वरूप र अवस्थितिको प्रभावले गर्दा अफ्रिका महादेशको अधिकांश क्षेत्रमा हावापानी विषम छ । यस भनाइलाई कारणसहित पुष्टि गर्नुहोस् ।

उत्तर : अफ्रिका महादेशलाई भूमध्यरेखाले लगभग बिचबाट काटेर गएको छ । यो क्षेत्रफलका हिसाबले दोस्रो ठुलो महादेश र सबैभन्दा धेरै राष्ट्र भएको महादेश हो । यसको चारैतिरबाट महासागरले घेरेको छ । भौगोलिक स्वरूप र अवस्थितिको प्रभावले गर्दा यो महादेशको अधिकांश क्षेत्रको हावापानी विषम छ । यहाँ सात प्रकारको हावापानी पाइन्छ । भूमध्यरेखीय भूभाग तथा कङ्गो बेसीमा उष्ण तथा ओसिलो हावापानी पाइन्छ भने सहारा मरुभूमि रहेको उत्तरतर्फको हावापानी अत्यन्त गर्मी र शुष्क छ । दक्षिण पूर्वी भागमा उष्ण मौसमी हावापानी रहेको छ भने दक्षिण अफ्रिकी उच्चसमस्थलीय क्षेत्रमा ग्रीष्ममा धेरै गर्मी र हिउँदमा धेरै जाडो हुन्छ । त्यस्तै पश्चिमोत्तर क्षेत्र र दक्षिण पश्चिम क्षेत्रमा भूमध्यसागरीय हावापानी पाइन्छ भने दक्षिण पूर्वका टापु क्षेत्रमा मौसमी हावापानी पाइन्छ ।

२. सभाना क्षेत्रलाई संसारको चिडियाखाना किन भनिन्छ ? कारणहरू दिनुहोस् ।

उत्तर : हावापानीको विविधताले गर्दा अफ्रिका महादेशमा वनस्पतिमा पनि विविधता पाइन्छ । यस महादेशको भित्री मध्य भागमा कम वर्षा हुनाले विशाल रूपमा फैलिएका घाँसे मैदान छ । यसलाई सभाना भनिन्छ । यहाँ जेब्रा, जिराफ, हात्ती, जलगैंडा, अस्ट्रिच, इमु जस्ता विभिन्न जीवजन्तु पाइन्छ । संसारमा पाइने अधिकांश प्रकारका जीवजन्तुहरू यहाँ प्रशस्त मात्रामा पाइने हुनाले यस क्षेत्रलाई विश्वको चिडियाखाना भनिन्छ ।

३. ‘अफ्रिका पर्यटनको प्रचुर सम्भावना भएको महादेश हो ।’ यस भनाइलाई उदाहरणसहित प्रस्ट पार्नुहोस् ।

उत्तर : अफ्रिका महादेशमा आठ सयभन्दा बढी जातजातिका मानिसको बसोबास रहेको छ र यहाँ दुई हजारभन्दा बढी भाषा बोलिन्छ । यो महादेश विविधता स्थल हो । मिश्र, गिजाको पिरामिड, नाइल नदीको सभ्यता यहाँका प्राचीन सभ्यता हुन् । सभाना संसारकै चिडियाखानाका रूपमा प्रसिद्ध छ । सभाना र भेल्ड जस्ता विशाल घाँसे मैदान र सयौँ प्रजातिका वन्यजन्तुको वासस्थान, इजिप्टको पिरामिड र भिक्टोरिया भरना यहाँका पर्यटन आकर्षण गर्न सम्पदा हुन् । त्यसैले अफ्रिका पर्यटनको प्रचुर सम्भावना भएको महादेश हो ।

४. अफ्रिका महादेशमा पाइने प्रमुख हावापानी बुँदागत रूपमा उल्लेख गर्नुहोस् ।

उत्तर : अफ्रिका महादेशमा पाइने प्रमुख हावापानी निम्न छन् :-

(क) भूमध्यरेखीय भूभाग र कङ्गो बेसीम उष्ण तथा ओसिलो हावापानी पाइने

(ख) उत्तरतर्फ सहारा मरुभूमि रहेको क्षेत्रमा अत्यन्त गर्मी र शुष्क हावापानी पाइने

(ग) दक्षिण उच्चसमस्थलीय क्षेत्रमा ग्रीष्ममा धेरै गर्मी र हिउँदमा धेरै जाडो हावापानी पाइने

(घ) पश्चिमोत्तर क्षेत्रमा भूमध्यसागरीय हावापानी पाइने

(ङ) दक्षिण पूर्वका टापु क्षेत्रमा मौसमी हावापानी पाइने

५. नेपालको लेकाली घाँसे क्षेत्र र अफ्रिकाको भेल्डबिच तुलना गर्नुहोस् ।

उत्तर : नेपालको लेकाली घाँसे क्षेत्र ११०० फिटदेखि १६०० फिटसम्मको उचाइमा लेकाली हावापानीको क्षेत्रमा पाइन्छ । आठ नौ महिनासम्म हिउँ रहनु, वर्षा हिमपातका रूपमा रहनु यहाँको विशेषता हो । कृषि कार्य नभए पनि मुख्य पेसाका रूपमा पशुपालन रहेको छ । यहाँ उपत्यका क्षेत्रमा ठुला घाँसे मैदान रहेका छन् । ग्रीष्ममा यहाँ गोठ राख्ने गरिन्छ । भेल्ड अफ्रिकाको खुला क्षेत्र हो । घाँस र साना साना झाडीले ढाकेको मैदानी क्षेत्रलाई अफ्रिकामा भेल्ड भनिन्छ ।

पाठ १० प्राकृतिक प्रकोप भूकम्प

अभ्यास

१. भूकम्प भनेको के हो ?

उत्तर : पृथ्वीको भित्री भागमा हुने भौगर्भिक वा सतहमा हुने विशेष गतिविधिहरूको प्रभावले पृथ्वीको सतह काँप्ने वा थर्कने क्रियालाई भूकम्प भनिन्छ ।

२. ‘भूकम्पलाई रोक्न सकिँदैन तर क्षतिको न्यूनीकरण गर्न सकिन्छ ।’ यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस् ।

उत्तर : भूकम्पीय सम्भावनालाई भविष्यवाणी गर्न सकिँदैन । पृथ्वीको मध्यमण्डलको माथिल्लो भागमा पातलो तह वा प्लेट हुन्छ । करिब १०० किलोमिटरको बाहिरी सतहमा यस्ता सातओटा ठुला र अरू दर्जनौं ससाना टुक्रा प्लेटहरू हुन्छन्। यी प्लेटहरू चलायमान भई एकआपसमा धसिने र घर्षण भइरहने हुँदा ऊर्जा भण्डारण भई भूकम्प जान्छ । त्यस्तै ज्वालामुखीका कारण पनि भूकम्प जान्छ । तसर्थ भूकम्मलाई रोक्न सकिँदैन । यसबाट बच्ने पूर्व तयारी गरेको खण्डमा भने क्षतिको न्यूनीकरण गर्न सकिन्छ।

३. नेपाल भूकम्पीय जोखिमको क्षेत्र हुनुका कारण प्रस्तुत गर्नुहोस् ।

उत्तर : नेपाल हिमालय पहाडको काखमा रहेको क्षेत्र हो । नेपालको भूखण्डमुनि दक्षिणतर्फको इन्डियन प्लेट निरन्तर रूपमा उत्तरतर्फ रहेको तिब्बत प्लेटको दक्षिणी भागमा प्रतिवर्ष २ से.मि. का दरले घुसिरहेको पाइएको छ । यसरी चट्टान वा प्लेटहरूको घुस्ने वा जुध्ने क्रममा केही अवरुद्ध हुँदा नेपालमा भूकम्प जान्छ । यसरी भूकम्प जाने क्रमसँगै हिमालय पर्वत शृङ्खला अग्लो हुँदै गइरहेको अनुसन्धानले बताएको छ । २५०० कि.मि. लामो हिमालय शृङ्खलामध्ये मध्य भागको ८०० कि.मि. खण्ड नेपालमा पर्छ । तसर्थ नेपाल भूकम्पीय जोखिमको क्षेत्र हुनुको कारण हो ।

४. भूकम्पको उद्गमबिन्दु र केन्द्रबिन्दुबिच फरक छुट्याउनुहोस् ।

उत्तर : पृथ्वीको सतहभन्दा ठिकमुनि भूकम्पको उत्त्पत्ति हुने भागलाई उद्गमबिन्दु भनिन्छ भने उद्गमबिन्दुभन्दा ठिकमाथि पृथ्वीको सतह जहाँ हलचलको पहिलो झड्का महसुस हुन्छ, त्यस भागलाई केन्द्रबिन्दु भनिन्छ ।

५. भूकम्प कसरी मापन गरिन्छ ? तरिका उल्लेख गर्नुहोस् ।

उत्तर : भूकम्प मापन गर्ने यन्त्र सिस्मोग्राफ वा सिस्मोमिटरमा स्केल जडित ग्राफ रहेको हुन्छ । यसको तल्लो भाग अर्थात् आधारलाई जमिनमा मिलाएर राखिएको हुन्छ र एउटा भारी तौल झुन्ड्याइएको हुन्छ । भूकम्पले जमिन हल्लाउँदा सिस्मोग्राफको आधार पनि हल्लिन पुग्छ र त्यहाँ रहेको स्प्रिङले भूकम्पको मापन गर्दछ । यसबाट भूकम्पको वेग, उद्गमबिन्दु र केन्द्रबिन्दु पत्ता लगाउन सकिन्छ।

पाठ ११ नक्सा कार्य

अभ्यास

१. नक्सा भनेको के हो ? नक्साका आधारभूत तत्त्व के के हुन् ?

उत्तर : पृथ्वीको कुनै अंश वा पूरै भाग कागज वा अन्य वस्तुमा निश्चित नापसहित उतारिएको आकृतिलाई नक्सा भनिन्छ । नक्साका आधारभूत तत्त्व निम्न छन् :-

(क) दिशा

(ख) सङ्केत

(ग) स्केल वा नापो

२. कार्टोग्राफी भनेको के हो ?

उत्तर : कार्टोग्राफी भनेको नस्सा बनाउने सिप हो ।

३. नक्साको उपयोगिताबारे चर्चा गर्नुहोस् ।

उत्तर : नक्सा भौगोलिक तथा राजनीतिक तथ्यहरूको प्रस्तुति हो । नक्सामा सङ्केतको सहायताले विभिन्न तथ्य र तथ्याङ्क सहज ढङ्गबाट प्रस्तुत गरिएको हुन्छ । वर्तमान समयमा भौगोलिक सूचना र तथ्याङ्कहरूको प्रस्तुतिका लागि नक्सा आवश्यक छ । नक्सामा सिमाना, भौगोलिक स्वरूप, उचाइ, वनस्पति, बस्ती, खनिज, वन, माटो, जनसङ्ख्या वितरण, धार्मिक स्थल र सम्पदा, बाली र उत्पादन, विकासका पूर्वाधार आदि देखाउन सकिन्छ । जग्गाको किनबेच, सैन्य प्रयोजन लगायत विभिन्न कामका लागि नक्सा अति आवश्यक मानिन्छ । तसर्थ नक्साको उपयोगिता आधुनिक सन्दर्भमा धेरै नै रहेको छ ।

४. नक्सा कोर्ने विधि उल्लेख गर्दै तरिकासमेत प्रस्तुत गर्नुहोस् ।

उत्तर : नक्सा कोर्ने तथा उतार्ने विभिन्न विधि वा तरिका प्रचलनमा रहेका छन् । विभिन्न विधि तथा तरिकामध्ये केही प्रमुख निम्नानुसार उल्लेख गरिएका छन् :-

(क) स्वतन्त्र नक्साङ्कन विधि : वास्तविक नक्सालाई हेर्दै स्वतन्त्र रूपमा आकृति कोर्ने काम स्वतन्त्र नक्साङ्कन विधि हो । पटक पटकको प्रयासपछि यो विधिबाट दुरुस्त नक्सा बनाउन सकिन्छ । शिक्षण क्षेत्रमा यसै विधिबाट नक्सा बनाउने गरिन्छ ।

(ख) ट्रेसिङ विधि : यस विधिमा वास्तविक नक्सामाथि ट्रेसिङ पेपर राखेर उक्त पेपरमा नक्सा बनाइन्छ ।

(ग) कार्बन विधि : नक्साको मुनि कार्बन र पेपर राखेर नक्सामा सिसाकलम वा अन्य कलमले कोरेर यस विधिबाट नक्सा बनाइन्छ ।

(घ) टेम्प्लेट विधि : नक्सालाई बाक्लो कागज वा काठमा उतारेर उक्त कागज वा काठलाई काटेर फ्रेम बनाइन्छ । उक्त फ्रेमलाई कागजमाथि राखेर वरिपरिबाट कोरेर नक्सा बनाइन्छ । दृष्टिविहीनका लागि यो विधि उपयोगी हुन्छ ।

(ङ) ग्राफिक विधि : यसमा पहिला वास्तविक नक्सामाथि ग्राफ तयार पारिन्छ । नक्साको फैलावट र आकारप्रकारका आधारमा वर्ग बनाई नक्सा तयार पारिन्छ ।

(च) जिपिएस र जिआएस विधि : यी विधिहरू आधुनिक नक्सा बनाउने विधि हुन् । कम्प्युटरमा सेटेलाइट र सफ्टवेयरका माध्यमबाट नक्सा बनाउन यसको प्रयोग हुन्छ ।

५. नक्सा र चित्रबिचका भिन्नता लेख्नुहोस् ।

उत्तर : नक्सामा निश्चित नाप वा स्केल प्रयोग गरिएको हुन्छ भने चित्रमा फरक फरक नाप प्रयोग गरिएको हुन्छ । त्यस्तै नक्सामा विभिन्न स्थान वा वस्तुका लागि अन्तर्राष्ट्रिय प्रचलनअनुसारका सङ्केत प्रयोग गरिएको हुन्छ भने चित्रमा कुनै निश्चित सङ्केत प्रयोग गरिएको हुँदैन । चित्र सिर्जनात्मक प्रस्तुति हो भने नक्सा भौगोलिक र राजनीतिक तथ्यको प्रस्तुति हो ।

पाठ – १२ नक्सासम्बन्धी आधुनिक प्रविधि

अभ्यास

१. GPS ले कस्ता सूचना प्राप्त गर्न सहयोग गर्दछ ?

उत्तर : GPS ले भूस्थान जानकारी, जुन पृथ्वीमा सत्य प्रदान गर्ने वस्तुहरू र घटनाहरूको स्थान र स्थानिय विशेषताहरू बारे डाटा। यो जानकारी अक्षांश, देशान्तर, उचाइ, गति र दिशा समावेश गर्न सक्छ।

२ .जी.आई.एस. (GIS) र जी.पी.एस. (GPS) नक्साबिच के के भिन्नता छन्‌, लेख्नुहोस्‌ ।

जी.आई.एस. (GIS)

जी.पी.एस. (GPS)

GIS नक्साहरू भू-स्थानिक डेटा, जस्तै भू-उपयोग, जनसांख्यिकी, र वातावरणीय अवस्थाहरू विश्लेषण र कल्पना गर्न प्रयोग गरिन्छ।

GPS नक्साहरू तपाईँको फोनमा Google नक्सा एप जस्तै तपाईँको वरिपरि आफ्नो बाटो फेला पार्न मद्दत गर्न प्रयोग गरिन्छ।

तिनीहरू ढाँचा र प्रवृतिहरू पहिचान गर्न, भविष्यवाणी गर्न, र निर्णय लिने समर्थन गर्न प्रयोग गर्न सकिन्छ।

तिनीहरूले तपाईंलाई सडकहरू, स्थलचिन्हहरू, र तपाईंको हालको स्थान देखाउँछन्।

३. सूचना प्रवाहमा परम्परागत नक्साभन्दा गुगल अर्थलगायतका आधुनिक व्यावहारिक प्रविधि बढी प्रभावकारी हुन्छन्‌, कसरी ? प्रस्ट पार्नुहोस्‌ ।

उत्तर : गुगल अर्थ परम्परागत नक्सा भन्दा राम्रो छ किनभने यो हो गुगल अर्थमा जूम इन र आउट गर्न, झुकाउन र ग्लोब घुमाउन सक्नुहुन्छ। यसले ठाउँहरू कहाँ छन् र तिनीहरू एकअर्कासँग कसरी सम्बन्धित छन् भनेर बुझ्न सजिलो बनाउँछ। Google Earth मा उपग्रह इमेजरी, हवाई फोटोग्राफी, र भवनहरू र अन्य संरचनाहरूको 3D मोडेलहरू समावेश छन्। यसले तपाइँलाई परम्परागत नक्साबाट प्राप्त गर्न सक्नुहुने भन्दा कुनै पनि स्थानको थप पूर्ण तस्वीर दिन्छ।

Class 10 Social Studies Unit 6 को लागि अतिरिक्त स्रोतहरू

Class 10 Social Studies Unit 6 को तयारीको लागि तलका अतिरिक्त स्रोतहरू पनि उपयोगी हुन सक्छन्:

Class 10 Social Studies Unit 6 को लागि महत्वपूर्ण तथ्यहरू

पाठ मुख्य विषयवस्तु अभ्यास प्रकार
पृथ्वीको संरचना पृथ्वीको तहहरू, संरचना वस्तुनिष्ठ, लघु उत्तर
पृथ्वीको गति घुर्णन, परिक्रमण, ऋतु परिवर्तन व्याख्यात्मक प्रश्न
वायुमण्डल वायुमण्डलको संरचना, तहहरू तथ्यात्मक प्रश्न
जलमण्डल सागरीय जल, प्रवाह, धाराहरू वर्णनात्मक प्रश्न

निष्कर्ष

Class 10 Social Studies Unit 6: हाम्रो पृथ्वी नेपाली माध्यमको लागि महत्वपूर्ण एकाइ हो जसले विद्यार्थीहरूलाई पृथ्वीको संरचना, गति, वायुमण्डल, र जलमण्डलको बारेमा जानकारी प्रदान गर्दछ। यस एकाइको अभ्यास समाधानहरू विद्यार्थीहरूको लागि उपयोगी साबित हुनेछन् र तिनीहरूको परीक्षाको तयारीमा सहयोगी हुनेछन्।

यी समाधानहरू शिक्षा मन्त्रालय, नेपालको आधिकारिक सामग्रीहरूको आधारमा तयार पारिएका हुन् र विद्यार्थीहरूको शैक्षिक उद्देश्यको लागि मात्र उपलब्ध छन्।

शिक्षा मन्त्रालयको वेबसाइट भ्रमण गर्नुहोस्


यस पोष्टमा उल्लेखित सबै सामग्रीहरू शैक्षिक उद्देश्यको लागि मात्र हुन्। सबै अधिकारहरू सम्बन्धित मालिकहरूसँग सुरक्षित छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *