AK Learning Nepal

  Thursday 16 October 2025 / 01:43 PM
   |   
Posted in

Class 10 Social Studies Unit 10 All Lesson Exercise | जनसङ्ख्या र यसको व्यवस्थापन

 

 

कक्षा १० सामाजिक अध्ययन एकाइ १०: जनसंख्या र यसको व्यवस्थापन अभ्यास

यो पोस्टले कक्षा १० सामाजिक अध्ययन एकाइ १० को लागि व्यापक अभ्यासहरू प्रदान गर्दछ, जसले जनसंख्या र यसको व्यवस्थापनमा केन्द्रित छ, जुन व्यावहारिक प्रश्नहरू मार्फत तपाईंको समझलाई बढाउन डिजाइन गरिएको छ।

कक्षा १० सामाजिक अध्ययन एकाइ १० को अवलोकन

कक्षा १० सामाजिक अध्ययनको एकाइ १० ले जनसंख्या गतिशीलता र प्रभावकारी व्यवस्थापन रणनीतिहरूको अन्वेषण गर्दछ। यो खण्डले जनसंख्या वृद्धि, वितरण र दिगो व्यवस्थापन अभ्यासहरू जस्ता मुख्य अवधारणाहरूलाई समेट्छ। यहाँ प्रदान गरिएका अभ्यासहरू PDF ढाँचामा छन्, यद्यपि यो पोस्टमा डाउनलोड उपलब्ध छैन।

जनसंख्या र व्यवस्थापनका मुख्य विषयहरू

कक्षा १० सामाजिक अध्ययन एकाइ १० को अभ्यासहरूमा जनसंख्या प्रवृत्ति, चुनौतीहरू र समाधानहरू सम्बन्धी प्रश्नहरू समावेश छन्। यी गतिविधिहरूले विद्यार्थीहरूलाई दिगो विकासका लागि जनसंख्या व्यवस्थापनको महत्त्व बुझ्न मद्दत गर्छ। थप स्रोतहरूका लागि, आधिकारिक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय वेबसाइट वा MOE पुस्तकालय हेर्नुहोस्।

थप शिक्षण स्रोतहरू

तपाईंको समझलाई गहिरो बनाउन, विस्तृत समाधानहरूका लागि सामाजिक अध्ययन गाइड हेर्नुहोस्। तपाईं कक्षा १० सामाजिक अध्ययन एकाइ १० को मुख्य अवधारणाहरूको दृश्य व्याख्याका लागि यो YouTube भिडियो पनि हेर्न सक्नुहुन्छ।

जनसंख्या व्यवस्थापन किन अध्ययन गर्ने?

जनसंख्या गतिशीलताको समझले स्रोत वितरण र शहरी योजना जस्ता विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न महत्त्वपूर्ण छ। यो एकाइका अभ्यासहरूले कक्षा १० सामाजिक अध्ययन एकाइ १० मा सिकाइएका अवधारणाहरूको आलोचनात्मक सोच र व्यावहारिक अनुप्रयोगलाई प्रोत्साहन गर्छ। सम्बन्धित सामग्रीका लागि, व्यापक समीक्षाका लागि हाम्रो एकाइ ९ अभ्यासहरू हेर्नुहोस्।

 

 

जनसङ्ख्या र यसको व्यवस्थापन

पाठ १ नेपालको जनसङ्ख्याको आकार र वृद्धिदर

अभ्यास

१. जनसङ्ख्याको आकार भन्नाले के बुझिन्छ ?

उत्तर : कुनै एक निश्चित क्षेत्रमभा निश्चित समयमा बसोबास गर्ने बालबालिका, युवायुवती, वृद्धवृद्धाको जम्मा सङ्ख्यालाई जनसङ्ख्याको आकार भनिन्छ । अर्थात् कुनै पनि ठाउँको निश्चित समयको जनसङ्ख्या नै त्यस ठाउँको जनसङ्ख्याको आकार हो । वि.सं. २०७८ को जनगणनाअनुसार नेपालको जनसङ्ख्या २,९१, ६४, ५७८ रहेको छ । यो नै नेपालको जनसङ्ख्याको आकार हो ।

२. वि.सं. १९७७ र १९८७ को जनगणनामा नेपालको जनसङ्ख्या वृद्धिदर घटेर ऋणात्मक हुनुका कारण उल्लेख गर्नुहोस् ।

उत्तर : वि.सं. १९७७ र १९८७ को जनगणनामा नेपालको जनसङ्ख्या वृद्धिदर घटेर ऋणात्मक हुनुका कारण निम्न रहेका छन् :-

(क) वैज्ञानिक किसिमले जनगणना नहुनु

(ख) महामारीका कारण धेरै जनाको मृत्यु हुनु

(ग) मृत्युदर उच्च रहनु

(घ ) प्रथम विश्वयुद्धमा गएका गोरखा सैनिक गणना हुनबाट छुट्नु ।

३. वि.सं. २०५८ देखि २०७८ सम्मको जनसङ्ख्याको अवस्था हेर्दा नेपालमा जनसङ्ख्या वृद्धिदर घट्दै गएको देखिन्छ । यसरी जनसङ्ख्या वृद्धिदर घट्नुका कारणको सूची बनाउनुहोस् ।

उत्तर : वि.सं. २०५८ देखि २०७८ सम्मको जनसङ्ख्याको अवस्था हेर्दा नेपालमा जनसङ्ख्या वृद्धिदर घट्दै गएको देखिन्छ । यसरी जनसङ्ख्या वृद्धिदर घट्नुका कारण निम्न छन् :-

(क) जन्मदरमा ह्रास आउनु

(ख) मृत्युदर कमी हुनु

(ग) स्वास्थ्य सेवा तथा सुविधाको विस्तार हुनु

(घ) विवाहको औसत उमेरमा वृद्धि हुनु

(ङ) परिवार नियोजनका साधनको प्रयोगदर बढ्नु

(च) शिक्षा र चेतनास्तर बढ्नु ।

४. वि.सं. २०१८ देखि २०७८ सम्मको नेपालको जनसङ्ख्या वृद्धिदरको अवस्थालाई रेखाचित्रमा प्रस्तुत गर्नुहोस् ।

Class 10 Social Studies Unit 10

पाठ २ नेपालको जनसङ्ख्याको बनोट

अभ्यास 

१. जनसङ्ख्याको बनोट भनेको के हो ? उदाहरणसहित प्रस्तुत गर्नुहोस् ।

उत्तर : उमेर, लिङ्ग, भाषा, धर्म, पेसा, जातजाति, शैक्षिक स्थिति आदिका आधारमा गरिएको जनसङ्ख्याको वर्गीकरणलाई जनसङ्ख्याको बनोट भनिन्छ । २०७८ को जनगणनाअनुसार नेपालमा नेपाली भाषा बोल्ने ४४.८६ प्रतिशत, मैथिली ११.०५ प्रतिशत, भोजपुरी ६.२४ प्रतिशत, थारु ५.८८ प्रतिशत, तामाङ ४.८८ प्रतिशत र बाँकी अन्य विभिन्न भाषाभाषी बोल्ने मानिसहरू रहेका छन् । यो भाषाअनुसार जनसङ्ख्याको बनोट हो ।

२. नेपालको उमेरअनुसार जनसङ्ख्या बनोटको अवस्थालाई विश्लेषण गर्नुहोस् ।

उत्तर : नेपालमा वि.सं. २०६८ को जनगणनाअनुसार १४ वर्षसम्मको उमेर समूहमा कुल जनसङ्ख्याको ३४.९१ प्रतिशत रहेको थियो । त्यस्तै १५ देखि ५९ वर्षसम्मको सक्रिय जनसङ्ख्या ५६. ९५ प्रतिशत रहेको थियो भने ६० वर्षमाथिको जनसङ्ख्या ८.१४ प्रतिशत रहेको थियो । यस जनगणनाअनुसार सक्रिय उमेरको जनसङ्ख्या बढी रहेको देखिन्छ । आश्रित जनसङ्ख्या सक्रिय जनसङ्ख्याभन्दा कम रहेको छ तर वि.सं. २०५८ को उमेरगत तथ्याङ्कअनुसार विश्लेषण गर्दा आश्रित जनसङ्ख्या वृद्धि हुँदै गएको देखिन्छ । त्यस्तै वि.सं. २०७८ को जनगणनाअनुसार १५ वर्षमुनिका उमेर समूहको जनसङ्ख्या २७.८३ प्रतिशत रहेको छ भने ६० वर्षभन्दा माथिको जनसङ्ख्या १०.२१ प्रतिशत रहेको छ । त्यस्तै १५ देखि ५९ वर्षउमेर समूहको सक्रिय जनसङ्ख्या ६१.९६ प्रतिशत रहेको छ । ६० वर्षभन्दा माथि र सक्रिय उमेरको जनसङ्ख्या बढेको देखिन्छ भने १५ वर्षभन्दा कम उमेर समूहको जनसङ्ख्या घटेको देखिन्छ। जनसङ्ख्या वृद्धिदरमा कमी आएसँगै यो अवस्था आएको देखिन्छ ।

३. शैक्षिक स्थितिअनुसार जनसङ्ख्याको बनोट भन्नाले के बुझिन्छ ? साक्षरतादर बढ्दै जाँदा देशको सामाजिक आर्थिक अवस्थामा पार्ने प्रभाव उल्लेख गर्नुहोस् ।

उत्तर : शिक्षाको अवस्थाअनुसार गरिएको जनसङ्ख्याको वर्गीकरणलाई शैक्षिक स्थितिअनुसार जनसङ्ख्याको बनोट भनिन्छ । यसमा साक्षर तथा निरक्षर र तहगत शैक्षिक अवस्थाअनुसार जनसङ्ख्याको वर्गीकरण गरिन्छ । वि.सं. २०५८ को जनगणनाअनुसार ५४.१ प्रतिशत व्यक्ति साक्षर रहेकोमा वि.सं. २०६८ को जनगणनाअनुसार साक्षरता प्रतिशत बढेर ६५. ९ पुगेको थियो । पछिल्लो जनगणना वि.सं. २०७८ अनुसार नेपालको साक्षरता प्रतिशत बढेर ७६.२ प्रतिशत पुगेको छ । साक्षरता बढ्दै जाँदा देशको सामाजिक आर्थिक अवस्थामा पार्ने सकारात्मक प्रभाव निम्न

छन् :-

(क) दक्ष र शिक्षित जनशक्तिमा वृद्धि हुन्छ ।

(ख) आयआर्जन क्षमतामा वृद्धि हुन्छ ।

(ग) सामाजिक सद्भाव कायम गर्न मदत मिल्छ ।

(घ) भेदभाव, कुरीति, कुसंस्कारमा कमी आउँछ ।

(ङ) गुणस्तरीय जीवनस्तरमा वृद्धि हुन्छ ।

(च) जनसङ्ख्या वृद्धिदर कम हुन्छ ।

४. वि.सं. २०५८ को जनगणनामा कृषि पेसामा संलग्न मानिस बढी भएकामा पछिका जनगणनामा गैरकृषि पेसामा लाग्नेको सङ्ख्या बढ्दै गएको देखिन्छ ? यसका कारण के के हुन सक्छन् ? उल्लेख गर्नुहोस् ।

उत्तर : वि.सं. २०५८ को जनगणनामा कृषि पेसामा संलग्न मानिस बढी भएकामा पछिका जनगणनामा गैरकृषि पेसामा लाग्नेको सङ्ख्या बढ्दै गएको देखिन्छ । यसका कारण निम्न हुन सक्छन् :-

(क) रोजगारीका अवसरमा वृद्धि हुनु र रोजगारीमा विविधता कामय हुनु

(ख) शिक्षित व्यक्तिहरूको सङ्ख्यामा वृद्धि हुँदा सरकारी तथा गैरसरकारी क्षेत्रमा नोकरी गर्नेको सङ्ख्यामा वृद्धि हुनु

(ग) वैदेशिक रोजगारमा जानेको सङ्ख्यामा वृद्धि हुनु

(घ) कृषिको आधुनिकीकरण र व्यावसायिकरण हुन नसक्नु

(ङ) युवाहरूमा कृषिप्रति आकर्षण नहुनु ।

पाठ ३ जनसङ्ख्याको वितरण

अभ्यास 

१. जनसङ्ख्याको वितरण भनेको के हो ?

उत्तर : जनसङ्ख्याको वितरण भनेको विभिन्न भौगोलिक क्षेत्र, प्रदेश, जिल्ला तथा स्थानीय तहअनुसारको जनसङ्ख्याको अवस्था हो ।

२. नेपालको भौगोलिक क्षेत्रअनुसार जनसङ्ख्याको वितरणको अवस्था उल्लेख गर्नुहोस् । 

उत्तर : नेपालको भौगोलिक क्षेत्रअनुसार जनसङ्ख्याको वितरणको अवस्था हेर्दा सबैभन्दा बढी जनसङ्ख्या तराई क्षेत्रमा रहेको छ । २०६८ को जनगणनाअनुसार तराईमा ५०.२७ प्रतिशत जनसङ्ख्या रहेको थियो । यो सङ्ख्या २०७८ को जनगणनामा आइपुग्दा वृद्धि भएर ५३.६१ प्रतिशत पुगेको छ । तराईमा १,५६,३४,००६ जनसङ्ख्या पुगेको छ । हिमाल र पहाडमा भने २०६८ को तुलनामा जनसङ्ख्या वितरणको अवस्था घटेको देखिन्छ । हिमालमा ६.७३ प्रतिशत रहेको जनसङ्ख्या घटेर ६.०९ प्रतिशत पुगेको छ भने पहाडी क्षेत्रमा ४३.०१ बाट घटेर २०७८ मा ४०.३१ प्रतिशत पुगेको छ। 

३. भौगोलिक क्षेत्रअनुसार र प्रदेशअनुसार जनसङ्ख्याको वितरण समान रूपमा भएको पाइँदैन । यसका कारण उल्लेख गर्नुहोस् ।

उत्तर : भौगोलिक क्षेत्रअनुसार र प्रदेशअनुसार जनसङ्ख्याको वितरण समान रूपमा भएको पाइँदैन । यसका कारण निम्न छन् :-

(क) भौगोलिक विकटता

(ख) माटोको उब्जाउपन र सिँचाइको व्यवस्था

(ग) शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार

लगायतका पूर्वाधारको निर्माणको अवस्था

(घ) रोजगारीका अवसरहरूको उपलब्धता

(ङ) सहरमुखी मानसिकता

(च) सुविधाभोगी प्रवृत्ति

(छ) कृषिको आधुनिकीकरण र व्यावसायिकरणको अभाव ।

४. नेपालमा रहेको जनसङ्ख्या वितरणको असमान अवस्थालाई कसरी न्यूनीकरण गर्न सकिन्छ ? सुझाव प्रस्तुत गर्नुहोस् । 

उत्तर : नेपालमा रहेको जनसङ्ख्या वितरणको असमान अवस्थालाई न्यूनीकरण गर्न निम्न उपाय अपनाउन सकिन्छ :

(क) सबै भौगोलिक क्षेत्र तथा प्रदेशमा विकासका पूर्वाधर गुणस्तरीय किसिमले निर्माण गर्नुपर्छ ।

(ख) गुणस्तरीय, सर्वसुलभ र निःशुल्क शिक्षा तथा स्वास्थ्यको व्यवस्था गर्नुपर्छ ।

(ग) देश तथा भूगोलअनुकूलको व्यावसायिक तथा रोजगारमूलक शिक्षाको व्यवस्था गर्नुपर्छ ।

(घ) कृषिको आधुनिकीकरण तथा व्यावसायिकरण गरी स्वरोजगार प्रवर्धनमा जोड दिनुपर्छ ।

(ङ) पर्यटकीय क्षेत्रको पहिचान, विकास र प्रवर्धन गर्नुपर्छ ।

पाठ ४ पारिवारिक योजना र गुणस्तरीय जीवन

अभ्यास 

१. पारिवारिक योजनाको परिचय दिनुहोस् ।

उत्तर : आम्दानी तथा अन्य स्रोतको उचित व्यवस्थापन तथा परिचालनबाट परिवारका सदस्यलाई सुखी जीवनयापन गराउने योजनालाई पारिवारिक योजना भनिन्छ । यस्तो योजना पारिवारिक जीवनलाई स्वस्थ र व्यवस्थित बनाउनका लागि आवश्यक पर्छ । परिवारका सदस्यहरूका बिचको सुमधुर सम्बन्धले उपयुक्त र व्यवस्थित पारिवारिक योजना निर्माण गर्न सहयोग गर्छ । यस्तो योजनाले नै स्वस्थ, सुखी र गुणस्तरीय जीवनयापन गर्न सहयोग पुग्छ ।

२. पारिवारिक योजनाअन्तर्गत गर्नुपर्ने कार्यको सूची बनाउनुहोस् ।

उत्तर : पारिवारिक योजनाअन्तर्गत गर्नुपर्ने कार्य :-

(क) आर्थिक स्रोत जुटाउने र उक्त स्रोतको उचित र सही परिचालन गर्नुपर्छ ।

(ख) आवश्यकताअनुसार बच्चा जन्माउने र उचित जन्मान्तर कायम गर्नुपर्छ ।

(ग) सामाजिक परिवेशमा समायोजन हुनु सामाजिकीकरणका क्रियाकलापमा सहभागी हुनुपर्छ ।

(घ) आपसी सरसल्लाह र निर्णयका आधारमा पारिवारिक जिम्मेवारी पूरा गर्नुपर्छ ।

(ङ) छोराछोरीको हेरचाह तथा शिक्षादीक्षाको व्यवस्था गर्नुपर्छ ।

(च) जेष्ठ नागरिकप्रति उचित स्याहार, हेरचाह र सम्मान गर्नुपर्छ ।

३. पारिवारिक योजनाले गुणस्तरीय जीवन प्राप्तिमा कसरी सहयोग पुऱ्याउँछ ? उल्लेख गर्नुहोस् ।

उत्तर : व्यवस्थित पारिवारिक योजना नै गुणस्तरीय जीवनको मुख्य आधार हो । परिवारमा प्राप्त स्रोतलाई योजनाबद्ध र व्यवस्थित ढङ्गले उपयोग गर्न सकेमा खुसी र सुखी परिवार बनाउन सकिन्छ । खुसी र सुखी परिवारबाट परिवारका सदस्यका बिचमा सुमधुर सम्बन्ध कायम हुन्छ । यसबाट परिवारमा अनावश्यक खर्च घटाउँदै परिवारका सदस्य र आर्थिक स्रोतबिच समन्वय कायम गर्न मदत गर्छ । परिवारका सदस्य उद्यमशील बन्ने, परिवारको आकारप्रकार उचित रूपमा हुने, छोराछोरीको उचित पालनपोषण र रेखदेख हुने जस्ता कुरामा सहयोग पुगी सुखी र आरामदायी परिवार बनाउनमा सहयोग पुग्छ । त्यसैले व्यवस्थित पारिवारिक योजना नै गुणस्तरीय जीवनको आधार हो । यसले गुणस्तरीय जीवन प्राप्तिमा सहयोग पुयाउँछ ।

४. गुणस्तरीय जीवनका आधार उल्लेख गर्दै कुनै दुई आधारको छोटकरीमा व्याख्या गर्नुहोस् ।

उत्तर : गुणस्तरीय जीवनका आधार निम्न छन् :-

(क) आधारभूत आवश्यकता परिपूर्ति

(ख) भोतिक जीवनस्तरका सूचक

(ग) मानव विकास सूचकाङ्क

(घ) स्वस्थ र दीर्घ जीवन

(ङ) खुसीपन वा आनन्दीपन

(च) सन्तानको भरणपोषण र शिक्षा

(क) आधारभूत आवश्यकता परिपूर्ति : व्यक्तिका आधारभूत आवश्यकता पूरा भएमा जीवनमा सुधार आउँछ । यसअन्तर्गत खाद्यान्न, आवास, लत्ताकपडा, शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता कुरा पर्दछन् । आधारभूत आवश्यकताअन्तर्गत यी आवश्यकताको परिपूर्ति भएको हुनुपर्छ ।

(ख) भौतिक जीवनस्तरका सूचक : यसअन्तर्गत पाँच वर्षमूनिको बाल मृत्युदर, औसत आयु र साक्षरता दर पर्दछन् । यस सूचकअनुसार ० देखि १०० अङ्कलाई आधार मानी बढी अङ्क प्राप्त गर्ने देशलाई उच्चस्तरको गुणस्तरीय जीवन भएको मानिन्छ ।

५. सन्तानको उचित भरणपोषण र शिक्षादीक्षाले कसरी गुणस्तरीय जीवनमा प्रभाव पार्छ ? उल्लेख गर्नुहोस् ।

उत्तर : सन्तान परिवारको महत्वपूर्ण पक्ष हो । गुणस्तरीय जीवन प्राप्तिका लागि परिवारको आकारलाई महत्वपूर्ण रूपमा लिइन्छ । तसर्थ आवश्यकताअनुसार बच्चा जन्माउने, जन्मान्तर कायम गर्ने, उचित रूपमा पालनपोषण गर्ने, शिक्षा, स्वास्थ्यको व्यवस्था गर्ने प्रमुख जिम्मेवारी आमाबुबाको हुन जान्छ । यससम्बन्धी महत्वपूर्ण निर्णयले छोराछोरीको भरणपोषण र शिक्षामा सहयोग पुग्छ । सन्तान जन्माएपछि उनीहरूको भरणपोषण र उचित शिक्षादीक्षाको व्यवस्था गर्नु आमाबुबाको पहिलो कर्तव्य हो । यसले गर्दा आफ्नो परिवारले गुणस्तरीय जीवन व्यतीत गर्छ भने भविष्यमा आफ्नो छोराछोरीको परिवारले गुणस्तरीय जीवन व्यतीत गर्दछ ।

पाठ ५ जनसङ्ख्या र वातावरणबिचको अन्तरसम्बन्ध

अभ्यास

१. जनसङ्ख्या र वातावरणबिचको अन्तरसम्बन्धको व्याख्या गर्नुहोस् ।

उत्तर: जनसङ्ख्या र वातावरण बीचमा घनिष्ट सम्बन्ध रहेको पाइन्छ । मानिसका लागि आवश्यक पर्ने स्वच्छ हावा, पानी, खानेकुरा सबै कुराहरू वातावरणबाट नै प्राप्त हुन्छ । साथै वातावरणबिना मानव जीवन अस्तित्वमा नै आउन सक्दैन । त्यसैगरी मानवविना वातावरणको अस्तित्व रहँदैन । वातावरणमा रहेको वस्तुहरूको उपयोग मानिसमा निर्भर रहन्छ । साथै वातावरणको संरक्षण गर्ने कार्यमा समेत मानिसको।महत्त्वपूर्ण भूमिका रहन्छ । मानिसका हरेक क्रियाकलापबाट वातावरणमा प्रत्यक्ष प्रभाव पर्दछ । मानिसले वातावरणमा रहेका विभिन्न तत्वहरूलाई सही र आदर्श ढंगले उपयोग गर्न सकेको खण्डमा मानिसको जीवन सकारात्मक प्रभाव पर्दछ भने मानिसले वातावरणीय वस्तुको जथाभावी ढंगले उपयोग गरेको खण्डमा वातावरणमीय ह्रास हुन गड्डू मानव जीवनमा नकारात्मक असर निम्त्याउँछ। मानिसले भौतिक वातावरणलाई आफू अनुकूल प्रयोग गर्ने भएकोले त्यसको उपयोग गर्दा संरक्षणका पक्षमा समेत ध्यान दिनु पर्छ । वातावरण संरक्षण गर्ने कि विनास गर्ने भन्ने कुरा मानिसको व्यवहारमा नै भर पर्दछ । त्यसले मानिसको जीवनमा नै प्रभाव पार्दछ । त्यसैले जनसङ्ख्या र वातावरणबीच घनिष्ट सम्बन्ध रहेको छ भन्न सकिन्छ ।

२. जनसङ्ख्या वृद्धिका कारणले कसरी वातावरण प्रदूषण हुन्छ, उल्लेख गर्नुहोस् ।

उत्तर: जनसङ्ख्या वृद्धिको कारणले वातावरण प्रदूषण हुने कारणहरूलाई तल बुँदागत रूपमा प्रस्तुत गरिएको छ :-

१. जनसङ्ख्या वृद्धिसँगसँगै मानिसको आवश्यकता वृद्धि हुँदै जाने भएकोले आवश्यकता परिपूर्तिका लागि वातावरणीय स्रोत साधनको अनियन्त्रित रूपमा उपयोग हुन्छ । जसले गर्दा जनसङख्या र वातावरणबीच असन्तुलन भई वातावरण प्रदुषण हुन्छ ।

२. जनसङ्ख्या वृद्धिसँगसँगै शहरीकरण र औद्योगिकरणको वृद्धि हुँदै जान्छ । सहरी क्षेत्रबाट निस्कने धुँव धुलो तथा उद्योगधन्दाबाट निस्कने धुवा धुलो तथा रासायनिक पदार्थले वातावरण प्रदुषण हुन्छ ।

३. जनसङ्ख्या वृद्धिसँग मानिसहरूले घर समुदाय, अस्पताल, उद्योग धन्दाबाट निस्कने फोहरको मात्रा बढ्न गई वातावरण प्रदुषण हुन्छ ।

४. जनसङ्ख्या वृद्धिसँग मानिसले जमिनमा जथाभावी ढंगले खेती गर्ने, रासायनिक मल तथा किटनाषक औषधिको प्रयोग गर्दा समेत वातावरण प्रदुषण हुन जान्छ ।

अन्त्यमा जनसङ्ख्या वृद्धिको कारण वातावरणमा रहेको वस्तुहरूको अत्याधिक उपयोग र प्रयोगबाट बढ्न गई त्यसको कारणले वातावरण प्रदुषण हुन्छ ।

३. वातावरण प्रदुषण नियन्त्रणका लागि व्यक्ति, परिवार, समुदाय र स्थानीय सरकारले कस्तो भूमिका निर्वाह गर्नुपर्छ, सुझाव प्रस्तुत गर्नुहोस् ।

उत्तर: वातावरण प्रदुषण नियन्त्रणका लागि व्यक्ति, परिवार, समुदाय र स्थानीय सरकारले निर्वाह गर्नुपर्ने भूमिकालाई निम्नानुसार प्रस्तुत गरिएको छ :-

व्यक्तिको भूमिका

• वातावरण संरक्षणका कार्यमा सहभागी हुने

• वातावरण संरक्षण सम्बन्धी जनचेतना जगाउने

• जथाभावी रूपमा फोहोर नफाल्ने

परिवारको भूमिका

• परिवारमा वातावरण संरक्षणका समबन्धमा छलफल गर्ने

• वातावरण संरक्षणका कार्यमा परिवारका सदस्य सहभागी हुने

• घर परिवारबाट निस्कने फोहोरलाई उचित तरिकाले

व्यवस्थापन गर्ने

समुदायको भूमिका

• समुदायको सरसफाई र फोहोरमैला व्यवस्थापनलाई ध्यान दिने

• वातावरण प्रदुषणको असर सम्बन्धी जनेचतनामूलक कार्यक्रम सञ्चालन गर्ने

स्थानीय सरकारको भूमिका

• वनजङ्गल संरक्षण तथा वृक्षारोपण कार्यमा सहभागी हुने ।

• व्यवस्थित सहरीकरणको लागि योजना बनाई कार्यान्वयन गर्ने

• स्थानीय तहबाट लिएको फोहोरहरूलाई व्यवस्थापन गर्ने

• उद्योग तथा कलकारखाना मानव बस्तीबाट टाढा राख्नुपर्ने र कानुन व्यवस्था गरी कार्यान्वयन गर्ने

४. वातावरण संरक्षणका उपायको सूची बनाउनुहोस् ।

उत्तर : वातावरण संरक्षणका उपायहरु यसप्रकार रहेका छन:-

• वातवरण विनाश तथा प्रदूषणबट पुग्ने असरका बारेमा जनचेतामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ ।

• वायु प्रदूषण नियन्त्रणका लागि वनजङ्गल फँडानी नगर्ने र खाली जमिनमा वृक्षारोपण गर्ने गर्नुपर्छ।

• उद्योग, कलकारखाना मानव बस्तीबाट टाढा स्थापना गर्नुपर्छ ।

• व्यवस्थित सहरीकरणको विकास गर्नुपर्छ ।

• खोला, नदी जस्ता जल सम्पदामा जथाभावी फोहोर फाल्नु हुँदैन ।

पाठ ६ सामुदायिक स्वास्थ्य

अभ्यास

प्रश्नहरू

(क) माथि दिइएका कुन कुन स्वस्थ्य जीवनशैलीको अवलम्बन गर्ने गर्नुभएको छ ?

उत्तर:

• दैनिकरूपमा सन्तुलित आहार खानुपर्छ ।

• बेलुका समयमै सुत्ने र बिहान चाँडै उठ्ने बानी बसाल्नुपर्छ ।

• बजारको तयारी प्याकिङ गरिएका खानेकुरा र पेय पदार्थ खानुहुँदैन् ।

• दैनिकरूपमा प्रशस्त पानी पिउनुपर्छ ।

• पर्याप्त मात्रामा फलफूल र हरिया सागसब्जी खानुपर्छ ।

(ख) स्वस्थ्य जीवनशैलीको आवश्यकता किन पर्छ ?

उत्तर:

• मानिसको स्वास्थ्य स्थिति राम्रो बनाउन,

• विभिन्न किसिमका रोगहरूबाट मुक्त हुन,

• तनावबाट मुक्त रहन,

• सकरात्मक सोच र व्यवहार विकास गर्न,

• व्यक्तित्व विकासमा सहयोग पुयाउन

(ग) हाम्रो आहारविहार स्वस्थ्य र सन्तुलित हुनुपर्दछ, किन ?

उत्तर: हाम्रो आहार विहार र स्वास्थ्य र सन्तुलित हुनुपर्ने कारणहरू निम्नानुसार प्रस्तुत गरिएको छ :-

• शरीरको वृद्धि र विकासमा सहयोग पुयाउँछ ।

• शरीरलाई शक्ति प्रदान गर्दछ ।

• शरीरलाई विभिन्न रोग लाग्नबाट बचाउँछ ।

• देशका नागरिकहरूको स्वास्थ्य अवस्थामा सुधार हुन्छ ।

(घ) “स्वस्थ्य जीवनशैली र आहार, दीर्घायुको आधार” भन्ने शीर्षकमा आधारित भई वक्तृत्वकला प्रतियोगिता सञ्चालन गर्नुहोस् ।

उत्तर : क्लासमा आँफै गर्नुहोस्।

अभ्यास 

१. सामुदायिक स्वास्थ्य भनेको के हो ? यसको महत्त्व उल्लेख गर्नुहोस् ।

उत्तर: समुदायका लागि समुदायकै व्यक्तिहरूले समुदायमा रहेका स्वास्थ्य समस्या पहिचान गरी त्यसको समाधान गर्न एवम् व्यक्तिगत तथा वातावरणीय सुधार ल्याउन गरिने क्रियाकलापलाई सामुदायिक स्वास्थ्य भनिन्छ । समुदायमा रहेका मानिसहरूको स्वास्थ्य रक्षा तथा रोगबाट बच्नका लागि गरिने संगठित प्रयास सामुदायिक स्वास्थ्य हो ।

सामुदायिक स्वास्थ्यको महत्त्वलाई निम्नानुसार प्रस्तुत गरिएको छ :-

• समुदायको वातावरण सफा र स्वच्छ राख्न सहयोग पुयाउँछ ।

• व्यक्तिको स्वास्थ्य अवस्थामा सुधार ल्याउन सहयोग पुयाउँछ ।

• देशमा स्वस्थ जनशक्ति तयार गर्न सहयोग पुयाउँछ।

• देशका विभिन्न भागमा स्वास्थ्य सेवा सुविधा विस्तारमा सहयोग पुग्छ।

• समुदायमा स्वास्थ्य शिविर सञ्चालन, जनचेतना अभिवृद्धि लगायत कार्यक्रम मार्फत् समाजसेवाको भावना जगाउन सहयोग पुयाउँछ ।

२.सामुदायिक स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने उपाय उल्लेख गर्नुहोस् ।

उत्तर: सामुदायिक स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने उपायहरू तल बुँदागत रूपमा उल्लेख गरिएको छ :-

• समुदायमा वितरण हुने खाद्या पदार्थ, पानी, दुध आदि वस्तुहरू प्रयोग गर्नुपूर्व निरीक्षण गरी गुणस्तर यकिन गरेर मात्र उपभोग गर्नुपर्छ।

• व्यक्तिगत सरसफाई र स्वच्छ वातावरणको व्यवस्था गरी सरुवा रोग तथा महामारी नियन्त्रण र रोकथाम गर्नुपर्छ ।

• समुदायका व्यक्तिहरूको सहभागितामा आफ्नो घर वरिपरिको वातावरणीय सरसफाइका कार्यक्रमहरू अभियानका रूपमा सञ्चालन गर्नुपर्छ ।

• समुदायलाई रोगबाट बचाउन समुदायको पहलमा खोप कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ ।

• समुदायमा हुन सक्ने दुर्घटना तथा चोटपटकबाट बच्नको लागि रोकथामका उपायहरू अपनाउनु पर्छ ।

माथि उल्लेखित उपायहरूको अतिरिक्त स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन पोषण सम्बन्धी शिक्षा, विपत व्यवस्थापनको तयारी सम्बन्धी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ ।

३. नेपालमा विद्यमान स्वास्थ्य समस्या समाधानका लागि सामुदायिक स्वास्थ्य सेवाले खेल्न सक्ने भूमिकाको चर्चा गर्नुहोस् ।

उत्तर:नेपालमा विद्यमान स्वास्थ्य समस्या समधानको सामुदायिक स्वास्थ्य सेवाले खेल्न सक्ने भूमिकाहरू निम्नानुसार प्रस्तुत गरिएको छ :-

• स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन : समुदायका मानिसहरूलाई स्वास्थ्य सम्बन्धी ज्ञान तथा सूचना प्रदान गरी व्यक्तिका व्यवहारमा परिवर्तन ल्याउन स्वास्थ्य शिक्षा कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्छ ।

• सरसफाई अभियान : हाम्रो वरपरको वातावरण प्रदूषणले झिँगा, लामखुट्टे लगायत रोगबाहक किराहरूको वृद्धि गर्छ ।

यिनीहरूले एक ठाउँबाट अर्को ठाउँमा र एक व्यक्तिबाट अर्को व्यक्तिमा रोग सार्छन् । त्यसैले सरुवा रोगहरूबाट बच्नको लागि समय समयमा सरसफाई अभियान चलाउनु पर्छ।

• स्वास्थ्य सेवाको विस्तार : देशको सबै स्थानमा स्वास्थ्य सेवा सुविधा विस्तार गरी स्वास्थ्य सेवाबाट वञ्चित रहेका नागरिकहरूलाई सामुदायिक स्वास्थ्य कार्यक्रममा सहभागी गराउनु पर्छ ।

• पोषण शिक्षा विस्तार : हाम्रो देशको प्रमुख स्वास्थ्य समस्या कुपोषण पनि हो । अशिक्षा, सामाजिक परम्परा, गरिबी लगायतका कारणले कुपोषणका शिकार भएका छन् । बालबालिकाहरूलाई कुपोषणबाट मुक्त गराउन समुदायमा पोषण शिक्षाको विस्तार गर्नुपर्छ ।

अन्त्यमा माथि उल्लेख गरिएका कार्यक्रमका साथसाथै सामुदायिक स्वास्थ्य सेवाले समुदायमा स्वास्थ्य जीवनशैली, सन्तुलित आहार, मातृ तथा शिशु स्वास्थ्य सम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सक्छ ।

निष्कर्ष

कक्षा १० सामाजिक अध्ययन एकाइ १० को अभ्यासहरूमा निपुणता हासिल गर्नाले तपाईंलाई जनसंख्या व्यवस्थापनको ज्ञानले सुसज्जित बनाउँछ। प्रदान गरिएका स्रोतहरू, बाह्य लिंकहरू र आन्तरिक गाइडहरू प्रयोग गरेर आफ्नो शिक्षालाई बढाउनुहोस्। निरन्तर संलग्न रहनुहोस् र अन्वेषण गर्नुहोस्!

Leave a Reply

Your email address will not be published. Required fields are marked *