पाठ १९
हाम्रो दैनिक जीवनमा प्रयोग हुने रसायनहरु
अभ्यास
1. तलका प्रश्नको सही विकल्प छनोट गर्नुहोस् :
(क) डिटरजेन्टलाई किन सोपलेस सोप भनिन्छ ?
(अ) साबुन जस्तै यसले पनि कडा पानीमा फिज दिंदैन ।
(आ) साबुनको जस्तै यसको रासायनिक प्रकृति हुन्छ ।
(इ) साबुन जस्तै यसले सफा गर्छ र यसलाई कडा पानीमा प्रयोग गर्न सकिन्छ ।
(ई) साबुन जस्तै सफा गर्छ तर यसको रासायनिक प्रकृति भने फरक हुन्छ ।
(ख) तलका मध्ये कुन कीटनाशकको समूह हो ?
(अ) पोटासियम क्लोराइड, एल्ड्रिन, बेन्जिन हेक्जा क्लोराइड
(आ) डिडिटी, सोडियम क्लोराइड, एल्ड्रिन
(इ) डायल्ड्रिन, डिडिटी, मेथोक्सि क्लोराइड
(ई) पोटासियम क्लोराइड, एल्ड्रिन, मालाथिन
(ग) Sodium stearate यौगिक दिइएका मध्ये कुनअन्तर्गत पर्दछ ?
(अ) साबुन
(आ) डिटरजेन्ट
(इ) कीटनाशक
(ई) खाद्य परिरक्षी
(घ) डिटरजेन्टको मुख्य प्रयोग केका लागि गरिन्छ ?
(अ) हात खुट्टा सफा गर्नका लागि
(इ) लुगा धुनका लागि
(आ) नुहाउनका लागि
(ई) शौचालय सफाइ गर्नका लागि
(ङ) कुन यौगिक फलफूल पकाउनका लागि प्रयोग गरिन्छ ?
(अ) क्याल्सियम कार्बाइड
(आ) क्याल्सियम कार्बोनेट
(इ) सोडियम सल्फेट
(ई) सोडियम कार्बोनेट
2. फरक लेख्नुहोस् :
(क) रासायनिक कीटनाशक विषादी र जैविक कीटनाशक विषादी
रासायनिक कीटनाशक विषादी |
जैविक किटनाशक विषादी |
i) यसले हानिकारक र फाइदाजनक दुवै प्रकारका किराहरु मार्दछ । |
i) यसले हानिकारक किराहरु मार्दछ भने फाइदाजनक किराहरुलाई खासै असर गर्दैन । |
ii) यिनीहरुको प्रयोगले प्रदुषण बढ्छ । |
ii) यिनीहरको प्रयोगले प्रदुषण बढ्दैन । |
iii) उदाहरण: मालथिवन |
iii) उदाहरण: नीमको पात |
(ख) रासायनिक खाद्य परिरक्षी र प्राकृतिक खाद्य परिरक्षी
रासायनिक खाद्य परिरक्षी |
प्राकृतिक खाद्य परिरक्षी |
i) यिनीहरुलाई मानिसहरुले निर्माण गर्दछन् । |
i) यिनीहरु प्राकृतिक रुपमा नै उत्पादन हुन्छन्। |
ii) रासायनिक खाद्य परिरक्षीहरमा सोडियमन नाइट्रेट सोडियम बेन्जोपट आदि पर्दछन् । |
ii) प्राकृतिक खाद्य परिरक्षीहरुमा नुन र अल्कोहल पर्दछन् ।
|
(ग) साबुन र डिटरजेन्ट
साबुन |
डिटरजेन्ट |
i) साबुन कुहिने वस्तु हो । |
i) डिटरजेन्ट नकुहिने वस्तु हो । |
ii) यो काडापानीमा घुलनशील हुँदैन । |
ii) डिटरजेन्ट कडा पानीमा घुलनशील हुन्छ। |
iii) साबुन वनस्पतिको तेल वा जनावरको बोसोबाट बनाइन्छ । |
iii) डिटरजेन्ट पेट्रोलियमको हाइड्रोकार्बनबाट बनाइन्छ । |
3. कारण लेख्नुहोस् :
(क) DDT पाउडरको प्रयोगले पारिस्थितिक पद्धतिमा असन्तुलन ल्याउँछ ।
उत्तरः DDT पाउडरको प्रयोगले भौतिक र जैविक वातावरण प्रदूषित गराउँछा प्रदूषित पानीले जलीय र स्थलीय जीवमा नराम्रो असर पर्छ। जीवको प्रजनन प्रणालीमा असर गर्छ । त्यसकारण DDT पाउडरको प्रयोगले पारिस्थितिक पद्धतिमा असन्तुलन
ल्याउँछ ।
(ख) रासायनिक विषादीको प्रयोग घटाउदै लैजानु पर्दछ ।
उत्तरः रासायनिक विषादीले प्रदूषण बढाउनुका साथै त्यसको असर पछि सम्म रहन्छ । यसले पारिस्थितिक पद्धतिमा असन्तुलन ल्याउँछ। त्यसकारण वातावरणलाई जोगाउन रासायनिक विषादीको प्रयोग घटाउँदै लैजानु पर्छ ।
(ग) साबुन बनाउंदा खाने नुनको प्रयोग गरिन्छ ।
उत्तरः साबुन भनेको फ्याट्टी एसिडको सोडियम वा पोटासियम लवण हो । त्यसकारण साबुन बनाउँदा खाने नुनको प्रयोग गरिन्छ ।
(घ) अचार धेरै दिनसम्म राख्न सकिन्छ ।
उत्तरः अचार बनाउँदा प्राकृतिक फुट प्रिजरभेटिभ्सहरू जस्तैः बेसार र तेल, चुक अमिलो, खानेनुन आदिको प्रयोग गरिन्छ। त्यसकारण अचार धेरै दिनसम्म राख्न सकिन्छ ।
4. तलका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) BHC र DDT को पूरा रूप लेख्नुहोस् ।
BHC – Benzene hexachloride
DDT – Dichlorodiphenyltrichloro ethane
(ख) खाद्य परिरक्षी भनेको के हो ? यसको प्रयोग किन गरिन्छ ?
उत्तरः खाद्य पदार्थहरूलाई सड्न नदिने वा सुरक्षित राख्न प्रयोग गरिने पदार्थहरूलाई खाद्य परिरक्षी भनिन्छ । खाद्य पदार्थहरू जस्तै अचारलाई लामो समयसम्म बिग्रन र सड्नबाट जोगाउन र पोषक तत्त्वहरू सुरक्षित राख्न खाद्य परिरक्षी प्रयोग गरिन्छ ।
(ग) खाद्य परिरक्षीका रूपमा प्रयोग गरिने रसायन के के हुन् ?
उत्तरः खाद्य परिरक्षीका रुपमा प्रयोग गरिने रसायनहरू निम्नलिखित छन्ः
(i) प्रथम श्रेणीका परिरक्षीः यस्ता परिरक्षीलाई खाद्य पदार्थमा आवश्यक मात्रामा प्रयोग गर्न सकिन्छ। खाने नुन, चिनी, काठको धुवाँ, मरमसला, भिनेगर, मह, आदि यसका उदाहरण हुन् ।
(ii) द्धितीय श्रेणीका परिरक्षी : निश्चित तोकिएको मात्रामा मात्र प्रयोग गर्न सकिने परिरक्षी द्धितीय श्रेणीका परिरक्षी हुन् । जस्तैः सोडियम वा पोटासियम नाइट्रेट, वेन्जोइक एसिड र त्यसका लवण सल्फर डाइअक्साइड आदि ।
(घ) प्राकृतिक रूपमा खाद्यान्नको पौष्टिक तत्त्व कायम राख्न प्रयोग गरिने उपाय के के हुन्, उल्लेख गर्नुहोस् ।
उत्तरः प्राकृतिक रुपमा खाद्यान्नको पौष्टिक तत्त्व कायम राख्न प्रयोग गरिने उपायहरू यस प्रकार छन :-
- तितेपातीको प्रयोग गरेर
- निमको तेलको प्रयोग गरेर
- चुक अमिलाको प्रयोग गरेर
- घाममा सुकाउने विधिको प्रयोग गरेर
- चिसो ठाउँ वा पानीमाथि राख्ने खरानीको प्रयोग गर्ने
- बेसार र तेल मोलेर राख्ने, आदि ।
(ङ) प्राकृतिक खाद्य परिरक्षी भनेको के हो ? रासायनिक खाद्य परिरक्षीको तुलनामा यसलाई किन राम्रो मानिन्छ, विश्लेषण गर्नुहोस् ।
उत्तरः दैनिक जीवनमा प्रयोग गरिने खाद्य पदार्थहरू निरन्तर र छोटो समयमा नै प्रयोग हुने हुँदा यिनीहरूलाई बिग्रनबाट जोगाइ राख्न प्रयोग गरिने रसायनलाई प्राकृतिक खाद्य परिरक्षी भनिन्छ । जस्तैः तितेपातीको प्रयोग, निम तेलको प्रयोग, चुक अमिलाको प्रयोग, आदि। रासायनिक खाद्य परिरक्षीले हाम्रो स्वास्थ्यमा नकारात्मक असर गर्न सक्छन् र तिनीहरू प्राकृतिक खाद्य परिरक्षीको तुलनामा महङ्गो हुन्छन् । तर प्राकृतिक खाद्य परिरक्षी स्थानीइ रुपमा नै उपलब्ध हुन्छन् र हाम्रो स्वास्थ्यलाई नकारात्मक असर पनि गर्दैनन् । त्यसकारण रासायनिक खाद्य परिरक्षीको तुलनामा प्राकृतिक खाद्य परिरक्षीलाई राम्रो मानिन्छ।
(च) कृत्रिम रूपमा फलफूललाई कसरी पकाउन सकिन्छ ? विधि तथा प्रक्रिया उल्लेख गर्नुहोस् ।
उत्तरः एसिटाइलिन, इथाइलिन, क्याल्सियम कार्बाइड जस्ता रसायनहरूको प्रयोग गरेर कृत्रिम रुपमा फलफूललाई पकाउन सकिन्छ। एसिटाइलिन, इथाइलिन, क्याल्सियम कार्बाइड जस्ता रसायनहरू फलफुलको बाहिरी भागमा दलेर केही घण्टा छोड्दा कृत्रिम रुपमा फलफूलहरू पाक्दछन् ।
(छ) रासायनिक विषादीको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा उल्लेख गर्नुहोस् ।
उत्तरः रासायनिक विषादीको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू यस प्रकार छन् :-
- विषादीको आयात, उत्पादन, किनबेच र प्रयोग कानुन बमोजिम मात्र गर्नुपर्छ।
- कृषि प्राविधिकको परामर्श बमोजिम मात्र विषादी खरिद गर्नुपर्छ ।
- विषादी राखेको भाँडामा स्पष्टसँग चिनिने गरी नाम लेखी राख्नुपर्छ ।
- विषादीलाई हावा नछिर्नेगरी एवम् नचुहिने भाँडामा राम्ररी बिकों राख्नु पर्दछ।
- विषादी छर्किएपछि अनिवार्य रुपमा नुहाउने तथा साबुन पानीले राम्ररी धुनुपर्छ । हात विषादी प्रयोग गर्ने वित्तिकै बालीनाली को बेचविखन तथा उपभोग गर्नु हुँदैन ।
(ज) तपाईंको घर वरपर सरसफाइका लागि के के सामग्री प्रयोग भइरहेका छन्, सूची तयार गर्नुहोस् । यी सामग्रीले वातावरणमा पार्ने असरका बारेमा, उल्लेख गर्नुहोस् ।
उत्तरः हाम्रो घर वरपरि सरसफाइका लागि प्रयोग हुने सामग्रीहरू निम्न लिखित छन्ः-
- साबुन (Soap)
- डिटरजेन्ट (Detergent)
- फिनाइल (Phenyl)
- डियेल. आदि।
अत: यी सफाइका सामग्रीले वातावरणमा प्रदूषण ल्याउँदछन् ।
(झ) साबुन कसरी बनाउन सकिन्छ, व्याख्या गर्नुहोस् ।
उत्तरः साबुनको निर्माण गर्ने विधिः
आवश्यक सामग्रीः तेल वा बोसो, सोडियम हाइड्रोअक्साइडको घोल, खाने नुन, तताउन प्रयोग हुने भाँडो, सोली,फिल्टर पेपर, तापको स्रोत
विधिः
• एउटा विकारमा 40ml वनस्पति तेल लिने,
• अर्को विकरमा 15gm सोडियम हाइड्रोअक्साइडलाई 50ml जति पानीमा घोल बनाउने । दुवैलाई मिसाउँदै तताउँदै चलाउने। यो बाक्लो पेस्ट बन्ने छ । त्यसमा अलिकति नुन र सोडा राखी चलाउने । नुनले साबुनलाई मिश्रणलाई छुट्याउन सहज बनाउँछ।
• फिल्टर पेपरको सहायताबाट फिल्टर गर्दा फिल्टर पेपरमा बचेको ठोस पदार्थ नै साबुन हो । त्यसलाई जुन आकारको साबुन चाहिन्छ, त्यही आरको भाँडो (वा साँचोमा) मा खन्याउने ।
• एक दिनसम्म राखेपछि चाहेको आकारको साबुन तयार हुन्छ । साबुन बनाइ बाँकी रहेको झोल पदार्थबाट ग्लिसिरिन बनाउन सकिन्छ ।
(ञ) डिटरजेन्ट भनेको के हो ? यसका कुनै दुई उदाहरण लेख्नुहोस् । डिटरजेन्टको प्रयोगबाट मानव स्वास्थ्य र वातावरणमा कस्तो असर पर्छ होला ? तर्क प्रस्तुत गर्नुहोस् ।
उत्तरः साबुनभन्दा बढी घुलनशील हुने संश्लेषित पेट्रोलियम रसायन जुन हाइड्रोकार्बन बाट प्राप्त हुन्छ, त्यसलाई डिटरजेन्ट भनिन्छ । उदाहरण: सोडियम लरिल सल्फेट, अल्काइल वेन्जिन सल्फोनेट, आदि। डिटरजेन्टको प्रयोगले छाला चिलाउने, पोल्ने, फुटने आदि समस्या देखा पर्दछन् । यसको प्रयोगले पानी र माटाको प्रदूषण हुन्छा किनकी यो पानीमा घुल्दैन ।
(ट) हरिको गाउँमा अत्यधिक मात्रामा रासायनिक किटनाशक विषादीको प्रयोग भइरहेको छ । जसका कारणले मानव स्वास्थ्यमा जटिल समस्या देखा पर्न थालेका छन् । यस्ता किसिमका समस्या समाधानका लागि के कस्ता विकल्प हुन सक्छन्, सुझाव प्रस्तुत गर्नुहोस्
उत्तरः किटनाशक विषादीको कारणले देखिने जटिल स्वास्थ्य समस्याको लागि निम्न लिखित उपायहरू अपनाउन सकिन्छः-
• किटनाशक औषधी र रासायनिक मलको प्रयोग कम गर्ने।
• जैविक मल र जैविक विषादी प्रयोग गर्ने
• अर्गानिक रुपमा फलाइएका वा उत्पादन गरिएका वनस्पतिजन्य उत्पादन प्रयोग गर्ने
• बजारबाट किनिएका सब्जी र फलफुलहरूलाई राम्रोसँग धोइ पखालेर 2/3 दिन पछि मात्र प्रयोग गर्ने ।
(ठ) रासायनिक प्रदूषण भनेको के हो ? यसका कारण र निराकरण गर्ने व्यावहारिक उपायहरू लेख्नुहोस् ।
उत्तरः हाम्रो दैनिक जीवनमा प्रयोग गरिने विभिन्न प्रकारका रासायनिक पदार्थहरूबाट हाम्रो वरपरको वातावरण दूषित र अस्वस्थ हुनुलाई नै रासायनिक प्रदूषण भनिन्छ।
रासायनिक प्रदूषणका कारणहरू निम्न छन् :-
• कीटनाशक औषधीको प्रयोग रासायनिक मलको अधिक प्रयोग
• घरबाट फालिने फोहोरमैला र प्लास्टिकहरू
• यातायातका साधन तथा उद्योग धन्दाबाट निस्कने धुँवा
• खाद्यपदार्थमा प्रयोग गरिने रङ
• सिन्थेटिक क्लिन्जरहरू
(ड) तपाईंको वरपर सिमेन्ट, सिसा, सेरामिक्स, प्लास्टिक, फाइबर, रासायनिक मल, साबुन, डिटरजेन्ट जस्ता औद्योगिक पदार्थको कारणले उत्पन्न प्रदूषणका बारेमा उल्लेख गर्दै यसका कारण र उचित व्यवस्थापनका बारेमा सुझाव प्रस्तुत गर्नुहोस् ।
उत्तरः हाम्रो वरपर सिमेन्ट, सिसा, सेरामिक्स, प्लास्टिक, फाइबर, रासायनिक मल, साबुन, डिटरजेन्ट जस्ता औद्योगिक पदार्थको कारणले माटो प्रदूषण, पानी प्रदूषण, वायु प्रदूषण गराउँछ ।
प्रदूषणका कारणहरू
- कीटनाशक औषधीको प्रयोग
- रासायनिक मलको अधिक प्रयोग
- घरबाट फालिने फोहोरमैला र प्लाष्टिकहरू
- खाद्य पदार्थमा प्रयोग गरिने रङ
- सिन्थेटिक क्लिन्जरहरू
प्रदूषण व्यवस्थापनका उपायहरू
- फोहोर मैलाहरूलाई रिसाइकल, रियुज, प्रशोधन, सङ्कलन र विस्थापन गर्ने ।
- ल्याण्डफिल डम्पिङ गर्ने
- फोहरको छनोट गरी व्यवस्थापन गर्ने ।