पाब्लो पिकासो
पाठ १२
शब्दभण्डार
१. दिइएका अर्थसँग मिल्ने शब्द ‘पाब्लो पिकासो जीवनीबाट खोजेर लेख्नुहोस् :
(क) सय वर्षको समय वा पिरियड : शताब्दी
(ख) मूर्त नभएको : अमूर्त
(ग) अत्यन्त धेरै मोल पर्ने : अनमोल
(घ) कहिल्यै नमर्ने : अमर
(ङ) कलापूर्ण ढंगले सजाइएको : कलात्मक
(च) प्राचीन महत्त्वका वस्तु राखिने ठाउँ : सङ्ग्रालय
२. ‘पाब्लो पिकासो’ जीवनिका आधारमा वाक्यको सन्दर्भ बोध गरी दिइएका शब्दको अर्थ लेख्नुहोस् :
अदभूत, शैशवावस्था, पूर्णकालीन, बहुमुखी, सिर्जना, मनस्थिति, आकृति, बिसङ्गत,
अदभूत : अचम्मको
शैशवावस्था : बालककाल
पूर्णकालीन : सदाकालीन
बहमुखी : धेरै कुरा जान्ने
सिर्जना : रचना
मनस्थिति : मनको अवस्था
आकृति : तस्विर
विसङ्गत : सङ्गति भएको
कृति : कुनै पुस्तक चित्र आदिको रचना
३. दिइएको अनुच्छेदबाट आगन्तुक शब्द पहिचान गरी लेख्नुहोस् :
किताब, कापी, कलम बोकेर सधैँ विद्यालय जाने हामी आज परियोजना कार्यका नार निस्किने भौं । बिहान करिव नौ बजे साथीको फोन आएपछि माइक्रोबस चढ्न घरबाट निस्के । गाडी चढेपछि भयालनेरको सिटमा बसें। पेम्बाले बसमा रमाइलो गर्न लागि डम्फु र मादल ल्याएका रहेछन् । हाकमायाले खाजाका लागि समयबजी, योमरी बारा आदि ल्याएकी रहिछन् । दिपसनले थर्मसमा चिया बोकेका रहेछन् । केहीबेरमा धर्न सेती किनारको रक गार्डेनमा पुग्यौ र त्यहांका दृश्य क्यामेरामा कैद गरी नास्ता खाएस घर फर्कियौं ।
उत्तरः फोन, माइक्रोबस, भयान, सिट, डम्फु, पेम्बा, हाकुमाया, समयबजी, योमरी, वारा, धर्मन,
रक गार्डेन, क्यामेरा, नास्ता
४. पाब्लो पिकासो’ जीवनीबाट कुनै पाँचमोटा आगन्तुक शब्द टिपी तिनलाई पाठमा भन्दा भिन्न तरिकाले वाक्यमा प्रयोग गर्नुहोस् ।
अक्टोबर : मलाई अक्टोबर महिनाको मौसम मन पर्छ ।
टेबुल : आजभोलि खाना खान पनि टेबुल चाहिँछ ।
पेन्टिङ : एक कलाकारले पेन्टिङवाट नै आफ्नो सम्पूर्ण भाव झल्काउन सक्छ ।
क्यानभास : मलाई क्यानभासमा चित्र कोर्न मन पर्छ ।
सर्कस : सर्कसमा नाच देखाउन केटाकेटीको प्रयोग भएको मलाई मन पर्दैन ।
बोध र अभिव्यक्ति
३. दिइएका प्रश्नको उत्तर भन्नुहोस् :
(क) ‘पाब्लो पिकासो’ जीवनिको पहिलो अनुच्छेदमा कतिओटा वाक्य रहेका छन् ?
उत्तरः अनुच्छेद पढेर वाक्य गन्ने ।
(ख) जीवनिको तेस्रो अनुच्छेदको शीर्षवाक्य भन्नुहोस् ।
उत्तरः सन् १८९७ मा सिर्जित उनका चित्रकलाबाट विश्वकलाको आधुनिक कान मुरु भएको मनिन्छ ।
(ग) जीवनिको ‘पिकासोका कलाकृति…………बिक्री भए। अशको विषयवस्तु भन्नुहोस् ।
उत्तरः पिकासोले चित्र बनाउँदा आफूले देखेको र भोगेको समाजको चित्र बनाए जुन सम्भ्रान्त परिवारमा भन्दा गरिब परिवारमा बढी रुचाइए।
(घ) जीवनीको तेस्रो अनुच्छेदका घटना क्रमबद्ध रूपमा भन्नुहोस् ।
उत्तरः आफ्ना बुबाबाट कलायात्राको आरम्भ,
सन् १८९२ मा उनको परिवार ला कोरुनामा बसाई सर्नु ।
ललित र व्यावहारिक कला अध्ययनका लागि विद्यालयमा भर्ना ।
सन् १८९४ को प्रारम्भमा १३ वर्षको उमेरमा प्रारम्भिक तैल चित्रहरू सिर्जना ।
सन् १८९५ देखि उनले आफ्ना चित्र प्रदर्शन गर्न र बेच्न धातु ।
सात वर्षकी बहिनी कोन्विटाको मृत्यु हुनु ।
बहिनिको मृत्युपछि उनको परिवार बार्सिलोनामा सर्नु ।
सन् १८९० तिरका उनका चित्रमा यथार्थवादी शैलीको प्रयोग हुनु ।
सन् १८९७ मा सिर्जित उनका चित्रकलाबाट विश्वकत्ताको आधुनिक काल सुरु हुन्।
१९०० मा पेरिस प्रस्थान गर्नु ।
म्याक्स ज्याकवसँग भेट हुनु ।
म्याक्स ज्याकवले भाषा र साहित्य सिक्न मद्दत गर्नु ।
४. पाब्लो पिकासो’ जीवनी पढी दिइएका घटना कुन कुन मितिमा भएका हुन्, लेख्नुहोस् :
(क) स्पेनको सामान्य मध्यमवर्गीय परिवारमा पिकासोको जन्म हुनु
उत्तरः सन् १८८१ अक्टोबर २५
(ख) पिकासोको ‘वुमन अफ अल्जियर्स’ ले संसारको सबैभन्दा महंगो पेन्टिङका रूपमा विश्व कीर्तिमान राख्नु
उत्तर : सन् १९५५
(ग) अन्तर्राष्ट्रिय लेनिन पुरस्कारवाट पिकासो सम्मानित हुनु
उत्तर : सन् १९५० र १९६१
(घ) पिकासोको भौतिक शरीरको अवसान हुनु
उत्तर : सन् १९७३ अप्रिल ८
(ङ) पिकासोको परिवार ला कोरुनामा बसाई सर्नु
उत्तरः सन् १९८२
(च) पिकासोले आफ्ना चित्र प्रदर्शन गर्न र बेच्न थाल्नु
उत्तरः सन् १८९५
५. दिइएको जीवनिको अंश मौन पठन गर्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
प्रश्नहरू :
(क) पिकासोले जीवनमा कस्ता कठिनाइको सामना गर्नुपरेको थियो ?
उत्तर. पिकासोले जीवनमा आर्थिक तथा पारिवारिक कठिनाइको सामना गर्नुपरेको थियो।
(ख) पिकासोलाई कुन कुराले अमर बनायो ?
उत्तर. पिकासोलाई आफ्नो अनमोल कलाले अमर बनायो ।
(ग) अनुच्छेदमा कलाकारको जीवनबारे कस्तो धारणा पाइन्छ ?
उत्तरः भौतिक शरीरको अवसान भएपनि आफ्ना अनमोल कलामार्फत अजर र बन्दछन् भन्ने धारण पाइन्छ ।
(घ) पिकासों सादा जीवन उच्च विचारका अनुयायी थिए भन्ने कुरा पुष्टि गर्नुहोस् ।
उत्तरः म धेरै पैसा कमाएर गरिबको रूपमा बाँच्न चाहन्छु भन्तु वाट नै विकास जीवन उच्च विचारका अनुयायी थिएभन्ने कुरा पुष्टि हुन्छ ।
६. दिइएको जीवनिको अंश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
प्रश्नहरू
(क) पिकासोका कलाकृतिमा कस्ता विषयवस्तुले स्थान पाएका थिए ?
उत्तरः पिकासोका कलाकृतिमा भिखारी, जेलमा बनिएका, दुःख पाएका, हेपिएका र सीमान्तर मान्छेका साथै गम्भीर मानसिक समस्या भएका व्यक्ति र तिनीहरू भित्र रहेकोवेदन संवेदना, संवेग, मर्म र सौन्दर्य आदि विषयवस्तुले स्थान पाएका थिए ।
(ख) पिकासोका कलाकृतिमा पाइने विशेषता लेख्नुहोस् ।
- मानव वेदनाको जीवन्त चित्रण,
- बन्दुकभन्दा कलम र कुची बलियो हुन्छ भन्ने दसी प्रस्तुत
- युद्धलाई खरो रूपमा व्यङ्ग्य
७. व्याख्या गर्नुहोस् :
(क) हरेक बालबालिकामा विशिष्ट सिर्जना शक्ति र प्रतिभा हुन्छ, उचित अवसर र लगनशीलता भए ऊ एउटा कलाकार बन्न सक्छ, जीवनलाई सार्थक बनाउन सक्छ र संसारलाई चहकिलो ज्योति छर्न सक्छ ।
उत्तर : माथिका हरफहरू हाम्रो कक्षा १० को नेपाली पाठ्यपुस्तकको पाठ १२ मा समेटिएको ‘पाब्लो पिकासो’ को जीबनीबाट लिइएको हो। पिकासोको जीवनी एक प्रेरणदायी जीवनी हो माथिको प्रसङ्ग पिकासोकी आमाले भोलि गएर तिमी सिपाही बन्यौ भने जनरल हुनेछौ, धर्मगुरु बन्यौ भने पोप हुनेछौ भन्ने गरेको सम्मद आफू आमाले भन्नुभएका मन्त्रे नबने पनि त्यस्तै लगनशील भए र पिकासो बनें भन्ने क्रममा आएको हो ।
वालवालिका कुमालेले भांडा बनाउन मुछेर ठिक्क पारेको माटो जस्तै हुन्। जस्तै हरेका बालवालिकामा विशेष क्षमता हुन्छ । कतिले आफ्नो क्षमताको सदुपयोग गर्छन् भने कतिले गर्न सक्दैनन् । कतिको क्षमता वाल्यकालमै हराएर जान्छ कसैले उसको क्षमताको बारेमा जानकारी पाउनै सक्दैनन् । यहां सम्मकि उसले आफैले पनि आफ्नो क्षमता पहिचान गर्न सक्दैन । बालवालिकामा भएको विशष्ट सिर्जना शक्ति र प्रतिभालाई प्रस्फुटन गर्न उचित अवसर र लगनशीलता भयो भने अवश्य सकिन्छ । जीवनलाई सार्थक बनाउन आफूमा भएको क्षमतालाई पूर्ण लगनशीलताका साथ बाहिर निकाल्न प | पिकासोको बाबा पनि एक कलाकार भएकोले पिकासोलाई कलाकारिता गर्ने वातावरण राम्रो मिल्यो । उनले पाएको वातावरणलाई एकदम दत्तचित्त भएर सदपयोग गरे । उनको लगनशीलताले सफलता हासिल गन्यो । उनको जीवन सार्थक भयो र संसारलाई उत्कृष्ट कलाहरू पस्कन सके ।
माथिको प्रसङ्गमाहरेक बालबालिकामा हुने विशिष्ट सिर्जना शक्ति र प्रतिभा कलाकार पिकासोमा पनि भएको र उनले अवसर अनि लगनशीलता दुवैको परिणामस्वरूप उनी विश्वविख्यात चित्रकारको बन्न सफल भए भन्ने बुझाउन आएको हो । समाजको वास्तविकता बोल्ने भएकाले उनको कलाकारिताले विश्वमा परिवर्तनको ज्योति फैलाउन सफल भएको कुरा उल्लेख गरिएको छ ।
(ख) बन्दुकभन्दा कलम र कुची बलियो हुन्छ । उत्तरः बन्दुक हुन्छ ।
माथिको हरफ हाम्रो कक्षा १० को नेपाली पाठ्यपुस्तकको पाठ १२ मा समेटिइएको ‘पाब्लो पिकासो को जीवनीबाट लिइएको हो। पिकासोको जीवनी एक प्रेरणदायी जीवनी हो । माथिको प्रसङ्ग परिवर्तनका लागि हुने गरेका विसाल विसाल आन्दोलन भन्दा पिकासोको कलाकारिता नै बढी शक्तिशाली भयो भन्ने जनाउने क्रममा माथिको प्रसङ्ग आएको हो।
माथिको जीवनीअंशमा भौतिक युद्धमात्र परिवर्तनको प्रत्याय होइन । कलामार्फत पनि परिवर्तन ल्याउन सकिन्छ । भिखारी, जेलमा थुनिएका, दुःख पाएका, हेपिएका र सीमान्तकृत मान्छेका साथै गम्भीर मानसिक समस्या भएका व्यक्तिका चित्र बनाउने भएकाले नाजीहरूले पिकासोलाई जर्मनीमा चित्र प्रदर्शन गर्न दिएनन् । जसको मतलब एउटा कलम र कुचीसित उनीहरू डराए। पिकासोले बनाएका महिलाका मार्मिक र
प्रेमिल चित्रले ठुला ठुला महिला आन्दोलनहरूलाई पछि पारेको छ। पिकासोले मान्छेको बाहिरी आवरण मात्र नभएर ती व्यक्तिका भित्री वेदना, संवेदना, संवेग, मम र सौन्दय मूर्त बनेर उनका अमूर्त चित्रभित्र चित्रित हुन्थे । जुन एउटा कान्ति भन्दा कम थिएन । पिकासोले बनाएका चित्र जजसने हेथे ती व्यक्तिको हृदयमा करुणा, दया, माया, आक्रोशका भाव समाज र दाहदै ती चित्रमा नै हराउथे । यसरी आफूले । खोजेको कुरामा अरूलाई समर्पित गराउन सक्नु नै एउटा क्रान्ति हो ।
बराएर जर्मनीमा प्रदर्शन गर्न नदिइएको कुरा प्रस्तुत गर्ने क्रममा आएको हो । कुनै प माथिको प्रसङ्ग नाजी जस्तो शक्तिशाली व्यवस्थाले पिकासोका परिवर्तकारी चित्रहरू शक्ति कलम र कुचीको शक्तिभन्दा बलियो हुन सक्दैन ।
९. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) पिकासोको बाल्यकाल कस्तो परिवेशमा बित्यो ?
उत्तर : विश्वविख्यात कलाकार पाब्लो पिकासोको जन्म सन १८८१ अक्टोबर २५ का दिन स्पेनको मालागामा मध्यम वर्गीय परिवारमा भएको थियो । पिकासोका पिता स्थानीय स्कूलमा कलाका एक कुशल शिक्षक थिए । उनका बुबाले घरमा पनि चित्र बनाउने गये। बाबुले चित्र बनाएको ध्यान दिइएर हेर्ने पिकासोले बाबुकै प्रेरणाबाट उनीभि कलाकारिताको पहिचान गर्ने मौका पाएकी हुन् ।
मध्यम वर्गीय परिवारमा जन्मेका हुनाले पिकासोको बाल्यकाल गरिबीमै बित्यो । सानैदेखि चित्र बनाउने उनले सानैमा बनाएका चित्रले दर्शकलाई मोहित पार्दथे । उनका चित्र आफ्ना भन्दा राम्रा भएपछि पिकासोका वावुले चित्रकलाबाट सन्यास लिइएका थिए । र छोरालाई राम्रो चित्रकार बनाउने उद्देश्यले चित्रकलामा उच्च शिक्षा हासिल गरे पिकासोलाई म्याड्रिड एकेडेमीमा पठाइयो । तर उनलाई त्यहाँको वातावरण मन नपर औपचारिक शिक्षा लिन नै छोइदिए । सानैमा उनले बहिनिको वियोग पनि सहनु परेको थियो । त्यस्तै उनले बसाई पनि सरिरहेको देखिन्छ ।
पिकासोको बाल्यकाल पारिवारिक तथा आर्थिक सडकटका कारण मानसिक तथा असमान्य अवस्थाको पनि सिर्जना भएको थियो। उनमा देखिएको समस्याको चित्रण उनका चित्रम पाइन्थ्यो ।
(ख) पिकासोने चित्रमा कुन कुन पक्ष समेटेका छन् ?
उत्तर : पाब्लो पिकासो जीवनी विश्वविख्यात प्रेरणादायी कलाकार पाब्लो पिकासोको जीवनी हो १६८१ अक्टोबर २५ का दिन स्पेनको मालागामा मध्यम वर्गीय परिवारमा पिकासोका जन्म भएको थियो । पिकासोका पिता स्थानीय स्कुलमा कलाका एक कुशल शिक्षक थिए। बाबुकै प्रेरणाबाट उनीभित्रको कलाकारिताले फस्टाउने मौका पाएको हो । पिकासोका चित्रमा निम्न तथा पिछडिएका वर्गको पीडा समेटिइएको पाइन्छ ।
पिकासोका बाल्यकालका चित्रमा विशेष गरी समाजका गरिब र बहिष्कृतहरूका शान्त व्यग्र मनस्थिति, एक्लोपन, गरिबी र चरम अभाव, गरिबीले आक्रान्त महिला, दुधे बालकसँगका आमाका चित्र र दृष्टिविहीनका चित्र, आदि विषयवस्तु अटाएको छ । पिकासोका चित्रमा धनवादको पनि प्रचुर मात्रामा प्रयोग भएको पाइन्छ । धनबाद प्रोग भएको काललाई निग्रो काल भनिन्छ । त्यस्तै उनका चित्रमा उनले भिखारी, जेलमा थुनिएका, दुःख पाएका, हेपिएका र सीमान्तकृत मान्छेका साथै गम्भीर मानसिक समस्या भएका व्यक्तिका चित्रसमेत बनाउथे । उनले महिलाका मार्मिक र प्रेमिल चित्र पनि बनाएका थिए । उनी मान्छेको बाहिरी आवरणको मात्र नभएर, व्यक्तिका भित्री वेदना, संवेदना, संवेग, मर्म र सौन्दर्यलाई पनि आफ्ना चित्रभित्र समेदथे ।
(ग) पिकासोले आफ्नो जीवनको लक्ष्य पूरा गर्न कस्ता सङ्घर्ष गर्नुपरेको थियो ।
उत्तर : विश्वविख्यात प्रेरणादायी कलाकार पाब्लो पिकासोको जन्म १८८१ अक्टोबर २५ का दिन स्पेनका मालागामा मध्यम वर्गीय परिवारमा जन्म भएको थियो । पिकासोका पिता स्थानीय स्कूलमा कलाका एक कुशल शिक्षक थिए । बाबुकै प्रेरणाबाट उनीभित्रको कलाकारिताले फस्टाउने मौका पाएको हो । सामान्य परिवारमा जन्मेका विकासक चाल्यकाल एकदमै सङ्घर्षपूर्ण रहेको थियो । सानैमा बहिनीको मृत्यले पारिवारिक वियोगको दुखद घटना पनि बेहोर्नु पार्यो।
जन्मदा नै औसत शिशुभन्दा साना भएकाले नर्सले यो बालक जीवित छैन भन्ने खतर आमाको शैया नजिकको टेबुलमा छोडिन्छन् । उनका काळा इन साल्भाडोरले त्यो बालक जीवित छ भनी नर्सलाई सूचित गरेपछिमात्र विकासाने जीवन प्राप्त गरेका छन । राम्रो चित्रकार बनाउने उद्देश्यले परिवारले उनलाई चित्रकलामा उच्च शिक्षाका लागि म्याड्रिड एकेडेमी पठायो पिकासो त्यहांको बातावरणबाट बिरक्तिएर आफ्नो औपचारिक पढाइ छोडे र पूर्णकालीन रूपमा कलाकारितामा नै आफूलाई समर्पित गरे । यसैबि पिकासोकी सात वर्षकी बहिनी कोन्चिटाको मृत्यु भयो जुन पिकासोको जीवनमा एउटा कहालीलाग्दो घटना बन्न पुग्यो । बहिनिको मृत्युपछि उनको परिवार बार्सिलोनामा सन्या पारिवारिक तथा आर्थिकसकटजन्य परिस्थितिकाकारण उनमा एकप्रकारको मानसिक तनाव र असामान्य अवस्था सिर्जना भयो । यसैको प्रभावस्वरूप उनले मुख्य रूपमा नर ब्लुसँगै हरियो कठोर रडका धर्काहरूमा अन्य केही रङसमेत मिश्रित मोनोक्रानेटिक चित्रकला प्रस्तुत गरे । एक्लोपन, गरिबी र चरम अभाव उनका चित्रकलाका विषयवस्तु बने । गरिवीले आक्रान्त महिला, दुधे बालकसंग आमाका चित्र र दृष्टिविहीनका चित्रले उनका क्यानभासमा प्राथमिकता पाउन थाले । उनका चित्र सर्वसाधारणबाट निकै रुचाइए पनि सम्पन्न वर्गले भने त्यति रुचाएनन् । जसका कारण उनका चित्र तत्काल बिक्री भएन । तर कालान्तरमा अनमोल बनेका यिनै चित्र करोड़ों मूल्यमा बिक्री भए ।
यसरी पिकासोले आफ्नो लक्ष पूरा गर्न धेरै सङ्घर्ष गर्नु परेको पुष्टि हुन्छ ।
(घ) पिकासोको जीवनबाट पाइने जीवनोपयोगी सन्देश उल्लेख गर्नुहोस् ।
उत्तर : विश्वविख्यात प्रेरणादायी कलाकार पाब्लो पिकासोको जन्म १८८१ अक्टोबर २५ का दिन स्पेनको मालागामा मध्यम वर्गीय परिवारमा भएको थियो । पिकासोका पिता स्थानीय स्कुलमा कलाका एक कुशल शिक्षक थिए । उनैको प्रेरणाबाट पिकासो भित्र रहेको कलाकारिता बाहिर आउने मौका पाएको हो । निरन्तरको अथक प्रयासवाट मात्र सफलता हासिल गर्न सकिन्छ भन्ने सोच राख्ने पिकासोले आफ्नो सम्पत्तिको कहिल्यै घमण्ड गरेनन् । कलम र कुची विश्वका सबैभन्दा ठुला हतियार हुन् यी सित सबै डराउँछन् भन्ने सन्देश उनको जीवनीमा पाइन्छ ।
पिकासोको जीवनीमा पाइने जीवनोपयोगी सन्देश भनेको बालबालिका कुमालेको माटो जस्तै हुन्छन् जसलाई जसरी जता बाल्न पनि सकिन्छ भन्ने हो । हरेका वालवालिकामा विशेष क्षमता हुन्छ । कतिपय बालबालिकाले उसको क्षमताको बारेमा जानकारी पाउने सक्दैनन् । अभिवावक तथा गुरुहरूले बालबालिकामा भएको विशष्ट सिर्जना शक्ति र प्रतिभालाई पहिचान गर्न सहयोग गर्नुपर्छ । हामीले हाम्रो जीवनलाई सार्थक बनाउन आफूमा भएको क्षमतालाई पूर्ण लगनशीलताका साथ बाहिर निकाल्नु पर्छ। पिकासोको बाबा पनि एक कलाकार भएकोले पिकासोलाई कलाकारिता गर्ने वातावरण राम्रो मिल्यो । उनले पाएको बातावरणलाई एकदम दत्तचित्त भएर सदुपयोग गरे । उनको लगनशीलताले सफलता हासिल गन्यो । उनको जीवन सार्थक भयो र संसारलाई उत्कृष्ट कलाहरू पस्कन सके ।
पिकासोको जीवनीबाट पाउने अर्को सन्देश सामाजिक परिवर्तनको लागि हुने आन्दोलनमा घातक हतियार भन्दा कलम र कुची ठुलो हुन्छ भन्ने हो । कलम र कुचीसंग सबै डराउने भएकाले नै नाजी जस्तो शक्तिशाली व्यवस्थाले पिकासोका परिवर्तकारी चित्रहरूसँग डराएर जर्मनीमा प्रदर्शन गर्न नदिइएको प्रसङ्गने पुष्टि हुन्छ । यसरी जीवनीमा सबैकाे बलियो कुची र कलम हुने सन्देश पिकासोको जीवनीमा पाइन्छ ।
१०. पाब्लो पिकासोले कलाकारिताको क्षेत्रमा पुन्याएका योगदानको चर्चा गर्नुहोस् ।
उत्तरः पाब्लो पिकासो जीवनी विश्वविख्यात प्रेरणादायी कलाकार पाब्लो पिकासोको जीवनी हाे।१८८१ अक्टोबर २५ का दिन स्पेनको मालागामा मध्यम वर्गीय परिवारमा जन्मिएका पिकासोका पिता स्थानीय स्कुलमा कलाका एक कुशल शिक्षक थिए। पिकासोले चित्र बनाउने प्रेरणा बाबुबाटै पाएको बताउने गरेका थिए ।
मानव वेदनाको जीवन्त चित्रण भएका कला सिर्जनामा पिकासोले आफ्नो सम्पूर्ण जीवन चित्रकलामा समर्पण गरे । उनले कलामार्फत बन्दुकभन्दा कलम र कृची बलियो हुन्छ भन्ने प्रमाणित गरेर युद्धमाथि खरो रूपमा व्यङ्ग्य गरेका छन् । त्यसैले त नाजीहरू पिकासोलाई जर्मनीमा चित्र प्रदर्शन गर्न दिएनन् । उनले भिखारी, जेलमा थुनिएका, दू पाएका, हेपिएका र सीमान्तकृत मान्छेका साथै गम्भीर मानसिक समस्या भएका व्यक्तिव चित्रसमेत बनाएका छन् । उनले महिलाका मार्मिक र प्रेमिल चित्र पनि बनाएका छन्। उनले मान्छेको बाहिरी आवरणको मात्र नभएर व्यक्तिका भित्री वेदना, संवेदना, संवेग मर्म र सौन्दर्यलाई पनि आफ्ना चित्रभित्र समेटेका छन् । चित्र हेर्नेहरूको हृदयमा करणा दया, माया, स्नेह, आक्रोशका भाव उत्पन्न हुन्छन् र हेदहिर्दे ती चित्रमा नै हराउछन्। उनका कलामा त्यस्तो जादु भएर नै उनका कला आजसम्म पनि अनमोल भएका छन् आज पिकासोका कलाकृति संसारभरिका विख्यात कला सङ्ग्रहालयमा फेला पार्न सकिन्छ ।
११. दिइएको अनुच्छेदबाट मुख्य मुख्य चारओटा बुँदा टिपी सारांश लेख्नुहोस् :
प्रेरक व्यक्तित्वका जीवनका महत्त्वपूर्ण घटना समेटेर तयार पारिने गद्य विधा नै जीवनी हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा ख्याति प्राप्त व्यक्तित्वको जीवनीबाट विद्यार्थीले सत्प्रेरणा प्राप्त गर्छन् । जीवनीमा व्यक्तिका चारित्रिक विशेषतालाई तथ्यपरक रूपमा प्रस्तुत गरिन्छ । व्यक्तिका सङ्घर्ष वा जीवनका उतारचढाव तथा उल्लेख्य कार्यको वर्णन गरिएको हुन्छ । विद्यार्थीमा मनोबल विकास गर्नु, सच्चरित्र विकास गर्नु जीवनको लक्ष्य निर्धारण गर्न सहयोग गर्नु आदि यसका प्रयोजन रहन्छन् । विद्यार्थीमा विभिन्न विषयक्षेत्रका शब्दभण्डार क्षमता विकास अनि भाषाका बोध र अभिव्यक्ति सिप विकास गर्न चाहि जीवनी शिक्षणको भाषिक प्रयोजन हो । जीवनी पठनवाट विद्यार्थीमा सकारात्मक सोच, इमानदारिता, सामाजिक व्यवहार, मानवीय भावना आदिको समेत विकास हुन्छ। यसले असल व्यक्तित्व निर्माणका साथै सार्थक जीवनको मार्गमा अग्रसर हुन सघाउछ ।
उत्तरः प्रेरक व्यक्तित्वका जीवनका घटेका महत्त्वपूर्ण घटना समेटेर तयार पारिने गद्य विधा,
जीवनीमा व्यक्तिका सङ्घर्ष वा जीवनका उतारचढाव जस्ता चारित्रिक विशेषतालाई तथ्यपरक रूपमा प्रस्तुत विद्यार्थीको मनोबल, सच्चरित्र, शब्दभण्डार क्षमता र भाषाका बोध र अभिव्यक्ति सिप विकास अनि जीवनको लक्ष निर्धारण गर्न सहयोग, कजीवनी पठनवाट विद्यार्थीमा सकारात्मक सोच, इमानदारिता, सामाजिक व्यवहार, मानवीय भावना आदिको विकास हुने,
सारांश :
कुनै प्रेरक व्यक्तित्वका जीवनका घटेका महत्त्वपूर्ण घटना समेटेर तयार पारिने जीवनीमा व्यक्तिका सङ्घर्ष वा जीवनका उतारचढाव जस्ता चारित्रिक विशेषतालाई तथ्यपरक रूपमा प्रस्तुत गरिन्छ । जीवनी पठनवाट विद्याथीमा सकारात्मक सोच, इमानदारिता, सामाजिक व्यवहार, मानवीय भावना आदिको विकास गरी विद्यार्थीको मनोबल सच्चरित्र, शब्दमण्डार क्षमता, भाषाका बोध र अभिव्यक्ति सिए आदिमा विकास भई जीवनको लक्ष निर्धारण गर्न सहयोग गर्दछ ।
१२. कदिइएको नमुनाको सूचकका आधारमा तपाईले आफ्नो व्यक्तिवृत्त तयार गरी कक्षामा प्रस्तुत गर्नुहोस् :
उत्तरः
नाम : सन्तोष अर्याल
जन्ममिति : वि.सं. २०५२ मङ्सिर २१
जन्मस्थान : कोशी प्रदेश, भोजपुर जिल्ला, अरूण गाउँपालिका, बडा न. ५. अस्थायी
ठेगाना : बाग्मती प्रदेश, काठमाडौं
आमाबुबा : अञ्जलीथापा र जगन्नाथ अर्याल
राष्ट्रियता: नेपाली
सम्पर्क मोबाइल नं. ९८४१४१
क्र.स. | तह | संस्था | वर्ष | मुख्य विषय | श्रेणी |
१. | एस.एल.सी | विश्वज्योति मावि चरम्वी | २०६६ | गणित | प्रथम |
२. | कक्षा १२ | विश्वनिकेतन माथि, काठमाडौं | २०६८ | जीवविज्ञान | प्रथम |
३. | स्नातक | अमृत साइन्स क्याम्पस, कठमाडौं | २०७२ | जीवविज्ञान | प्रथम |
४. | स्नातकोत्तर | विश्वविद्यालय क्याम्पस, त्रि.वि. कीर्तिपुर | २०८५ | सुक्ष्म जीवविज्ञान | विशिष्ट |
तालिम तथा पुरस्कार
(क) नेतृत्व विकाससम्बन्धी तीन महिने तालिम
(ख) जिल्लास्तरीय अन्तरविद्यालय वक्तत्वकला प्रतियोगितामा प्रथम स्थान हासिल, २०६३
अनुभव
(क) कुलेश्वर पिसिआर ल्याबमा प्राविधिकका रूपमा कार्य गरेको दुई वर्षको अनुभव
१३. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
प्रश्नहरू
(ञ) पत्रकारिता भनेको के हो ?
उत्तरः समाजका सत्यतथ्य घटना र सूचना सम्प्रेषण गर्ने शसक्त माध्यम नै पत्रकारिता हो ।
(आ) प्रेस जगत्ले कोबाट शक्ति आर्जन गरेको हुन्छ ?
उत्तरः प्रेस जगत्ले जनताबाट शक्ति आर्जन गरेको हुन्छ ।
(इ) पत्रकारिताले के काम गर्छ ?
उत्तरः पत्रकारिताले कुनै पनि विषयको पक्ष, विपक्षमा जनमत सिर्जना गर्ने काम गर्छ ।
(ई) प्रजातान्त्रिक राज्य व्यवस्थामा प्रेस जगत्को भूमिका किन अपरिहार्य हुन्छ ?
उत्तरः जनताको प्रत्यक्ष मत पाएर सरकार चुनिने र जनताबाट प्रेस जगत्ले पनि शक्ति आर्जन गरेको हुन्छ । त्यस्तै प्रजातन्त्रमा जनता र सरकारविच प्रत्यक्ष सम्बन्ध भए जस्तै जनता र प्रेस जगत्त्वच पनि सोझो सम्बन्ध हुने भएकाले प्रजातान्त्रिक राज्य व्यवस्थामा प्रेस जगत्को भूमिका अपरिहार्य हुन्छ ।
(ख) भाषिक संरचना र वर्णविन्यास पहिचान गर्नुहोस् :
(अ) लेखकले भने, ‘पत्रकारितालाई समाजको दर्पण भनिन्छ ।” यो वाक्य अप्रत्यक्ष कथनमा परिवर्तन गर्नुहोस् ।
उत्तर: पत्रकारितालाई समाजको दर्पण भनिन्छ भनेर लेखकले भने ।
(आ) प्रजातन्त्रमा जनता र सरकारविच प्रत्यक्ष सम्बन्ध हुन्छ भनेर विज्ञले भने वाक्यलाई प्रत्यक्ष कथनमा परिवर्तन गर्नुहोस् ।
उत्तरः विज्ञले भने, “प्रजातन्त्रमा जनता र सरकारविच प्रत्यक्ष सम्बन्ध हुन्छ ।”
(इ) अनुच्छेदबाट ‘ज्ञ’ र ष प्रयोग भएका एक एकओटा शब्द खोजी लेख्नहोस ।
उत्तरः सुयोग्य, ज्ञान
सुनाइ र बोलाइ
सुनाइ पाठ १२ सुन्नुहोस् र दिइएका खाली ठाउँ भर्नुहोस् :
क) दशैं आउनु केही समय अघिदेखि नै लिङ्गे पिङ हालेर खेलिने चलन नेपालीको ……….परम्परा हो ।
उत्तरः दसैँ आउनु केही समयअघिदेखि नै लिङ्गे पिङ हालेर खेलिने चलन नेपालीकाे मौलिक परम्परा हो ।
(ख) यो संस्कृतिक परम्पराको जगेर्ना र …….. कायम राख्ने माध्यम हो ।
उत्तरः यो संस्कृतिक परम्पराको जगेर्ना रसामाजिक सद्भाव कायम राख्ने माध्यम हो ।
(ग) अहिलेका ……….. लाई आफ्ना परम्परागत मान्यता, सिप र प्रविधितर्फ वप आर्पित गर्नुपर्छ । उत्तरः अहिलेका युवापुस्तालाई आफ्ना परम्परागत मान्यता, सिप र प्रविधितर्फ थप आकर्षित गर्नुपर्छ ।
(घ) आजभोलि विज्ञान र प्रविधिको युगसँगै पिडका लागि वावियोको सट्टा नाइलजस्ता साधनको प्रयोग गरी ……… बनाउने चलन छ ।
उत्तरः आजभोलि विज्ञान र प्रविधिको युगसँगै पिडका लागि बाबियोको सट्टा नाइलजस्ता साधनको प्रयोग गरी आधुनिक पिङ बनाउने चलन छ ।
सुनाइ पाठ १२ सुनी दिइएका प्रश्नको उत्तर भन्नुहोस्
(क) दसैंका सन्दर्भमा कस्तो परम्परागत कथन छ ?
उत्तरः दसैँको टीकाको दिन एकछिन भए पनि धर्ती छोड्नुपर्छ अर्थात् धर्तीमा टेक्नुहुदैन भन्ने परम्परागत कथन छ ।
(ख) नाइ पाठअनुसार पिङ बनाउने प्रक्रिया के के हुन् ?
उत्तरः खरबारीमा गई बाबियो काटेर ल्याउने, बाबियोको लड्डा बाट्ने, काठ वा बाँसका खांबा हाल्ने र पिङ बनाउने ।
(ग) पिडका कुनै तीनओटा फाइदा भन्नुहोस् ।
- साथीहरूसँग रमाइलो गरिन्छ ।
- शरीरिक व्यायम हुन्छ ।
- हाम्रो संस्कृतिको संरक्षण हुन्छ ।
(घ) अहिलेका पुस्ताले पिडको परम्परालाई जीवन्त राख्न के गर्नुपर्छ ?
उत्तर: अहिलेका पुस्ताले पिडको परम्परालाई जीवन्त राख्नपिङ बनाउने सिप सिक्न र
सथीहरूसँग खेल्ले यानिको विकास गर्नुपर्छ ।
अधिक संरचना र वर्णविन्यास
२. दिइएको अनुच्छेदबाट प्रत्यक्ष र अप्रत्यक्ष कथनका वाक्य पहिचान गरी लेख्नुहोस् :
चित्रमाया बिहान १० बजेतिर पवनप्रसादको पसलमा पुगिन् । उनले भनिन्, “शखधर साख्वाको यो तैलचित्रको मूल्य कति हो ?” पवनप्रसादले भने, “यो चित्रको मूल्य ७५ हजार हो ।” चित्रमायाले यो चित्र त निकै महंगो रहेछभनिन् । पसले पवनले यो चित्र लैजाने भए मिलाएर दिउँला भने । चित्रमायाले भनिन्, “७० हजारमा दिनुहुन्छ ?’ पवनप्रसादले भने, “हुन्छ लैजानुहोस्, बिहानको पहिलो ग्राहक भएकाले यति रकममा पाउनुभयो ।”
उत्तर : प्रत्यक्ष कथन : उनले भनिन्, “शइखधर साख्वाको यो तैलचित्रको मूल्य कति हो ?”,
पवनप्रसादले भने, “यो चित्रको मूल्य ७५ हजार हो ।
चित्रमायाले भनिन, “७० हजारमा दिनुहुन्छ ?
पवनप्रसादले भने, ‘हुन्छ, लैजानुहोस्, विहानको पहिलो ग्राहक भएकाले यति रकममा पाउनुभयो ।”
अप्रत्यक्ष कथन : चित्रमायाले यो चित्र त निकै महंगो रहेछ भनिन् ।
पसले पचनले यो चित्र लैजाने भए मिलाएर दिउँला भने ।
४. दिइएको मुगु र पाल्पाको फोनमा भएको कुराकानीलाई अप्रत्यक्ष कथनमा परिवर्तन गर्नुहोस् :
मुगु : हेलो पाल्याज्य, सन्चै हुनुहुन्छ ।
पाल्पा : सन्चै छ, तपाईंलाई कस्तो छ ?
मुगु : मलाई सन्चै छ । अहिले के गर्दै हुनुहुन्छ ?
पाल्पा : म त पाल्पाली ढाका बुन्दै छ। तपाईं के गर्दै हुनुहुन्छ नि ?
मुग : अॅ म पनि राडीपाखी बन्दै छ ।
पाल्पा : ए कति राम्रो होलान् है मुगुका राडीपाखी ?
मुग : राम्रा छन्, रारा घुम्न आउनु अनि राडीपाखी लिएर जानू ।
पाल्पा : हुन्छ, म ढाकाका कपडा लिएर आउँछ । ढाकाको टोपी, पछयौरा र बानी लिएर आउँछ ।
मुगु : हुन्छ आउनु, मलाई पाल्पाका ढाकाका कपडा गाह मन पर्छन।
पाल्पा : हुन्छ हजुर, भेटमा थप कुरा गरौला, अहिलेलाई फोन राख है।
मुगु : हवस नमस्ते ।
उत्तर. मुगुले पाल्पालाई हेलो पाल्पाज्यू सन्चै हुनुहुन्छ भनेर सोध्यी ।
पाल्पाले आफू सन्चै छु र तपाईंलाई कस्तो छ भनेर सोध्यो ।
मुगुले आफूलाई सन्चै छ भन्यो अनि अहिले के गर्दै हुनुहुन्छ भनेर सोध्यो ।
पाल्पाले आफू त पाल्पाली ढाका बुन्दै गरेको बतायो र तपाईं के गर्दै हुनुहुन्छ नि भनेर सोध्यो।
मुगुले आफू पनि पनि राडीपाखी बुन्दै गरेको बतायो ।
पाल्पाने कति राम्रो होलान् है मुगुका राडीपाखी भनेर सोध्यो ।
मुगले राम्रा छन्, रारा घुम्न आउनू अनि राडीपाखी लिएर जानू भनेर भन्यो । पाल्साले आफू ढाकाका कपडा ढाकाको टोपी, पछ्यौरा र चोली लिएर आउछु भन्ने जवाफ दियो ।
मुगुले हुन्छ आउन आफूलाई पाल्पाका डाकाका कपडा साह्रै मन पर्छन् भन्ते उत्तर दियो । पाल्पाले हुन्छ हजुर, भेटमा थप कुरा गरौंला, अहिलेलाई फोन राखौं है भन्यो । मगले पनि हवस् नमस्ते भन्यो ।
५. दिइएको अनुच्छेदलाई शुद्ध गरी पुनर्लेखन गर्नुहोस् :
ग्यानप्रसाद ज्ञालेन लिएर विग्यान ग्यवालीको पसलमा मटितेल लिन गएछन् । विग्यान सर भने गाडीको एसीमा ज्ञास सकिएर जारेजमा गएका रहेछन्। उनले मिस्त्रीलाई गाडीबारे सोधेछन् । मिस्त्रीले भनेछ, “गाडीमा ज्ञास सकिएछ । गाडी चलाउने मान्छेमा गाडीसम्बन्धी ग्यान पनि हुनुपर्छ । अग्यानी भइयो भने दुःख पाइन्छ । त्यसैले ग्यानप्रसादको विग्यान ग्वालीसंग भेट भएनछ ।
उत्तर: ज्ञानप्रसाद ग्यालेन लिएर विज्ञान ज्ञवालीको पसलमा मटितेल लिन गएछन् । विज्ञान सर भने गाडीको एसीमा ग्यास सकिएर ग्यारेजमा गएका रहेछन् । उनले मिस्त्रीलाई गाडीबारे सोधेछन् । मिस्त्रीले भनेछ “गाडीमा ग्यास सकिएछ । गाडीचलाउने मान्छेमा गाडीसम्बन्धी ज्ञान पनि हुनुपर्छ । अज्ञानी भईयो भने दुःख पाइन्छ । त्यसैले ज्ञानप्रसादको विज्ञान ज्ञवालीसँग भेट भएनछ ।
६. ‘ग्य’ र ‘ज्ञ’ प्रयोग भएका शब्द प्रयोग गरी एउटा अनुच्छेद लेख्नुहोस् ।
उत्तरः यज्ञराजले ग्याँसको सिलिण्डर बोक्ने मान्छे अज हुन् किनकि उनीहरूलाई विज्ञान विषय आउदैन भन्यो ।
सिर्जना र परियोजना कार्य
१. दिइएका बुँदाका आधारमा मोतिराम भट्टको छोटो जीवनी तयार पार्नुहोस् :
(क) युवाकविका रूपमा नेपाली साहित्यमा परिचित
(ख) कवि, गजलकार, जीवनिकार, समालोचकका रूपमा परिचित बहुमुखी व्यक्तित्व
(ग) वि.सं. १९२३ भाद्र, काठमाडौंमा जन्म
(घ) पितामाता दयाराम भट्ट र रिपुमर्दिनी देवी
(ङ) फारसी, उर्दू अङ्ग्रेजी, हिन्दी र संस्कृत भाषाको ज्ञान
(च) वि.सं. १९३७ मा विवाह
(छ) नेपालीमा गजल र समस्यापूर्ति कविताका आरम्भकर्ता
(ज) नेपालमा छापाखाना स्थापना पत्रिका प्रकाशन
(झ) काठमाडौं र बनारसमा मोती मण्डलीको स्थापना
(ञ) भानुभक्तीय रामायणको बालकाण्ड प्रकाशन
(ट) वि.स. १९५३ मा देहावसान
उत्तरः मोतीराम भट्टको जन्म वि.स. १९२३ भाद्र कुशेऔंसीका दिन, भोसीको टोलमा दयाराम भट्ट र माता रिपुमर्दिनीदेवीका कोखबाट भएको हो । साहित्यका विभिन विधामा कलम चलाएका मोतीराम भट्टकवि, गजलकार, जीवनिकार, समालोचक रूपमा परिचित बहुमुखी व्यक्तित्व हुन् ।
‘फारसी, उर्दू अङ्ग्रेजी, हिन्दी र संस्कृत भाषाका ज्ञाता मोतीराम भट्टको विवाह वि.सं. १९३७ मा भएको हो । नेपालीमा गजल र समस्यापूर्ति कविताका आरम्भकर्ता मोतिराम बनारसमा मोती मण्डलीको स्थापना गरेका थिए । उनले काठमाडौ भट्टले भानुभक्तीय रामायणको बालकाण्ड प्रकाशन पनि गरेका थिए ।
उनको वि.सं. १९५३ मा देहावसान भएको हो ।
२. पुस्तकालयमा रहेका सामग्रीको सहयोग लिई वा आफूले चिने जानेका कुनै एक जन गीतकारको जीवनी तयार पार्नुहोस् ।
उत्तरः गितकार सञ्जय राईको जन्म भोजपुरको हिलेपानी भन्ने ठाउँमा २०५० भाद्र २५ बुवा गोकुल राई आमा सिता राई को माहिलो सन्तानको रूपमा भएको हो । सानै देखि गीत सङ्गीतमा रुचि राख्ने राई गाएक पनि हुन् । सुरुमा गायनबाट सङ्गीत क्षेत्रमा प्रवेश गरेका राईले विस्तारै गीत लेखन तिर पनि आफूलाई समर्पित गरे ।
विशेष गरी व्याप गीत लेख्ने राई कलिलै उमेरमा युवा पुस्तामा निकै चिनिएका व्यक्तित्व हुन् । उनका गीतमा वर्तमान परिस्थितिको तीखो व्यङ्ग्य पाइन्छ । उनका गीत रचनाएँ स्थानीय स्तरमा थुप्रै पुरस्कारहरू पनि पाइसकेका छन् ।
उनलाई जिल्लाको उत्कृष्ट गीतकारको रूपमा सम्मानित गरिएको छ । उनका प्रमुख गीता बोलहरू विकास गर्छु देशको भन्छौ आफ्नै पेट सधै भछ, चुरोट नख भन्ने अनि आफै लुकि तान्ने, आदि प्रख्यात छन् । सानै उमेरमा गीतकारको रूपना परिचित राई मौलि गएर एक उत्कृष्ट गीतकारको रूपमा सम्मानित हुने पक्का छ।