AK Learning Nepal

  Thursday 16 October 2025 / 01:43 PM
   |   
Posted in

मेरो देशको शिक्षा – Mero Deshko Shiksha – Class 10 Nepali Chapter 9 Exercise (2082)

मेरो देशको शिक्षा

पाठ ९ 

 शब्दभण्डार 

१. दिइएका अर्थ बुझाउने शब्द ‘मेरो देशको शिक्षा’ निबन्धबाट खोजेर लेख्नुहोस् :
(क) नयां कराको खोजी                                               :अनुसन्धान
(ख) खास विषयको गुण दोष आदिको मूल्याड्कन            :समालोचनात्मक
(ग) जीवन निर्वाहका लागि गरिने काम                            : जीविकोपार्जन
(घ) महत्त्वपूर्ण मानिएका ठूला आकारका पठनीय सामग्री   :ग्रन्थ
(ङ) शिष्ट वा सभ्य मानिसको आचरण                            :शिष्टाचार

२. दिइएका शब्द र अर्थीवच जोडा मिलाउनुहोस्
उत्तर: शब्द                      अर्थ
        मुहान                    उद्गमस्थल
      तीथर्टन                    तीर्थयात्रा
       पसिना                    परिश्रम गर्दा शरीरबाट निस्कने पानी
         मार्ग                     बाटो
          त्रुटि                     गल्ती
        खानी                    धेरै चिज उत्पन्न भएको ठाउँ
       प्राचीन                    पुसतन

३. दिइएको अनुच्छेद पढ्नुहोस् र प्राविधिक, पारिभाषिक शब्द पहिचान गरी लेख्नुहोस् : 

शिक्षण सिकाइको महत्त्वपूर्ण पक्ष शिक्षक हो । शिक्षकले पाठ्यक्रमअनुसार विषयवस्तुग आधारित भएर शिक्षण गर्नु अपरिहार्य हुन्छ । शिक्षणलाई प्रभावकारी बनाउन पाठयोज बनाउनसमेत अनिवार्य हुन्छ । पाठयोजनाभित्र विशिष्ट उद्देश्य पाठ्यवस्तु शैक्षि सामग्री, सिकाइ सहजीकरण क्रियाकलाप, मूल्याङ्कन र गृहकार्य रहन्छन् । 

उत्तरः पाठ्यक्रम, शिक्षण, पाठयोजना, गृहकार्य, मूल्याइन, शैक्षणिक सामग्री, सिकाइ सहजीकरण क्रियाकलाप 

४. ‘मेरो देशको शिक्षा’ निबन्धबाट कुनै पाँचनौटा पारिभाषिक शब्द खोजी वाक्यमा प्रपेर गर्नुहोस् । 

उत्तरः प्रशोधन      :  नेपालमा जडिवुटि प्रशोधन केन्द्र खोल्न आवश्यक छ ।
         अनादि       :  भगवान् प्रतिको आस्था अनादिकालदेखि चलिआएको हो ।
       शास्त्रार्थ       :    हामीले कहिलेकाही शास्वार्थमा सहभागी हुनु राम्रो हुन्छ ।
       सनातन        :   सबैभन्दा पुरानो धर्म हिन्दू सनातन धर्म हो ।
      परिष्करण      :   हरेक कुराको परिष्करण गरेर मात्र प्रयोगमा ल्याउँदा राम्रो हुन्छ । 

बोध र अभिव्यक्ति 

१. दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस् : 

ज्ञानचक्षु, संस्कृति, सृष्टि, सगम, आकुलव्याकुल, सिद्धार्थ, ओतप्रोत, बौद्धिक

३. दिइएका प्रश्नको उत्तर भन्नुहोस् : 

(क) मेरो देशको शिक्षा’ निबन्ध आत्मपरक वा, वस्तुपरक कुन हो ?
उत्तर : आत्मपरक 

(ख) व्यवसायमूलक शिक्षाका……..बन्नु हो’ अनुच्छेदको शीर्ष वाक्य कुन हो ?
उत्तरः शिक्षाको मूल उद्देश्य आत्मनिर्भर शिक्षामा जोड दिन हो भने आत्मनिर्भरताको लक्ष्म स्वरोजगार बन्नु हो । 

(ग) वाक्य संरचनाका दृष्टिले सबभन्दा लामो अनुच्छेद कुन हो ?
उत्तरः प्रत्येक अनुच्छेदका वाक्य गनेर सबैभन्दा बढी वाक्य भएको अनुच्छेद छान्ने । 

(घ) प्राचीन सभ्यता र संस्कृतिसंग सम्बन्धित कुरा कुन अनुच्छेदमा आएको छ ?
उत्तरः दोस्रो र तेस्रो अनुच्छेदमा 

४. दिइएको निबन्धांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

प्रश्नहरूः 

(क) दीक्षित व्यक्तिमा कस्तो क्षमता हुनुपर्छ ?
उत्तर: दीक्षित व्यक्तिमा समालोचनात्मक सोचयुक्त नयाँ नयाँ ज्ञान निर्माण गर्न सक्ने क्षमता हुनुपर्छ । 

(ख) स्वस्थ चिन्तनमा कुन कुरा पर्छ ?
उत्तरः हरेक कुरालाई पूर्वाग्रह नराखेर अरूका भरमा मात्र नपरी आफ्नै विवेकका आखाले हेर्नुपर्ने कुरा स्वस्थ चिन्तन पर्दछ । 

(ग) समालोचनात्मक चिन्तन शिक्षाकै एउटा पाटो हो भन्नुको आशय के हो ?
उत्तरः संस्कृतिका नाममा जरो गाडेर बसेका अन्धविश्वासमाथि वैज्ञानिक प्रश्न गर्दै तो प्रश्न युग सुहाउँदा छन कि छैनन् भनेर तर्क गर्नु भन्ने हो । 

(घ) निबन्धको अंशको भनाइप्रति तपाईं सहमत वा असहमत के दिनुहोस् ।
उत्तरः म यस भनाइप्रति सहमत छु किनकि समालोचनाका माध्यमबाट सबै पक्षको राम्रो नराम्रो गुण थाहा पाउन सकिन्छ । 

५ दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :

(क) ‘ मेरो देशको शिक्षा निबन्धमा कस्तो व्यवसायमूलक शिक्षाको अपेक्षा गरिएको छ ?

उत्तर: ‘मेरो देशको शिक्षा निबन्ध एक आत्मपरक निबन्ध हो यसमा म पात्रले देशमा प्रचलित प्राचीनकालदेखि हालसम्मको शिक्षाको अवस्थाको वर्णनका साथै आगामी दिनमा नेपालले • शिक्षाका क्षेत्रमा अपनाउनुपर्ने सिद्धान्तकोउल्लेख गरिएको छ ।

यस निबन्धमा व्यवसायमूलक शिक्षाका लागि हाम्रो परम्परागत र आधुनिक प्रविधिलाई सँगसँगै अगाडि लैजानुसान्दर्भिक हुने उल्लेख गरिएको छ । कृषिमा आधुनिक प्रविधि तथा अत्याधुनिक औजारको प्रयोग गर्ने व्यावसायिकशिक्षा विद्यालय तहदेखि नै प्रदान गर्न आवश्यक छ । यसका साथै परम्परागत कृषि औजारका बारेमा पनि ज्ञान रसिप उत्तिकै आवश्यक हुन्छ । यस्ता प्राविधिक ज्ञान र सिप प्राप्त गरेका विद्यार्थी व्यवसाय सन्चालन गर्न सक्ने गरीआत्मनिर्भरहुन उत्प्रेरित हुन्छन् । शिक्षाको मूल उद्देश्य स्वरोजगार बन्नु हो । त्यसैले नवीनतम् र प्राविधिक सिपयुक्तशिक्षाको अपेक्षा गरिएकोछ । यस निबन्धमा स्थान विशेष शिक्षालाई बढी जोड दिइएको छ । मनाङ मुस्ताङमा उत्पादन हुने स्याउ खेतिको बारेमा जानकारी तराइका विद्यार्थीलाई दिएर केही फाइदा नहुने त्यस्तै मनाङ मुस्ताङका विद्यार्थीलाई माछा पालन सिकाएर केही उपलब्धि हासिल नहुने भन्दै स्थानीय उत्पादनको लागि उपयुक्त हुने खालको शिक्षा दिएर नेपालको बेरोजगारी समस्याको अन्त्य हुने किसिमको शिक्षा दिनुपर्छ 

(ख) शिक्षाले मानव जीवनका कुन कुन कुरामा सुधार ल्याउँछ ? 

उत्तरः ‘मेरो देशको शिक्षा’ निबन्ध एक आत्मपरक निबन्ध हो यसमा म पात्रले देशमा प्र प्राचीनकालदेखि हाल सम्मको शिक्षाको अवस्थाको वर्णन गरेका छन् । साथै दिनमा नेपालले शिक्षाका क्षेत्रमा अपनाउनुपर्ने पद्धतिको पनि उल्लेख गरेका छन् । शिक्षालाई मानव जातिको तेस्रो आँखा मानिन्छ । यसलाई हाम्रो भित्री हृदयको नयन भनिन्छ । यो हाम्रा बाहिरी आँखाभन्दा पृथक, महान् र तेववान् हुन्छ । शिव माध्यमबाट नै हामीले कुनै कुरा सुन्छौँ र सिक्छौं, समाज र प्रकृतिमार्फत सैदानिक व्यावहारिक ज्ञान निरन्तर आर्जन गरिरहन्छौं। प्रकृति, संस्कृति र सभ्यताका दृ सृष्टिको उषाकालदेखि सुसम्पन्न मेरो देश आज शिक्षाका दृष्टिले समेत प्रगतिपत लम्कदो छ। शिक्षाले नै मानवलाई सम्मान, खुसी र सुखपूर्वक जिउने ज्ञान र सिप गर्छ । यसले समाज र राष्ट्रमा प्रचलित मान्यता र विश्वासलाई मानवताका आंखाने र तिनका बारे समालोचनात्मक चिन्तन गर्ने सोच प्रदान गर्छ । यसले सकारात्मक मूल्यवान् विषयलाई ग्रहण गर्ने र कतिपय असान्दर्भिक कुराबारे आलोनवात्मक क राख्ने चेत प्रदान गर्छ । विज्ञान र सूचना प्रविधिलगायत युग सुहाउँदा जे जति प्रयोग र मान्यता स्थापित भएका छन् तिनलाई आत्मसात् गर्दै समयानुकूल परिष्कृत लैजाने काम शिक्षाले गर्छ । 

(ग) विज्ञान र प्रविधिमा आधारित शिक्षाको महत्त्व लेख्नुहोस् । 

उत्तरः आजको युग भनेको विज्ञान र प्रविधिको वरिपरि घुमेको युग हो । आज हामी विज्ञान प्रविधिवाट टाढा बस्छौं भनेर कल्पना पनि गर्न सक्दैनौं । अस्ति भरखर आएको मोबाइल फोन आजको यस्तो आवश्यकता बनी सकेको छ कि मान्छेन्छेका न्युनतम आवश्यकत भित्र यो पर्न थालिसकेको छ । त्यसैले शिक्षामा विज्ञान र प्रविधिको विशेष महत्त्व प्रविधिको प्रयोग सिकाइमा आमूल परिवर्तन ल्याउन र बृहत्तर राष्ट्रिय लक्ष्य हासिन प्रभावकारी सिद्ध भएको छ । वर्तमान परिवर्तित सन्दर्भमा विश्वका हरेक मुलुक आफूलाई सूचना तथा सन्चारको क्षेत्रमा अझ परिष्कृत बनाउँदै गएका छन् । २४ शताब्दीको जीवनयात्रा र जीवनपद्धतिसँग समायोजन हुन प्रत्येक मूलुकले आफ्नो शा क्षेत्रमा सूचना तथा सन्चार प्रविधिलाई विशेष स्थान दिइएका छन् । प्रविधिको प्रयोग विद्यार्थीको सिकाइ, शिक्षकको क्षमता विकास र विद्यालयको व्यवस्थापन प्रक्रियाल सहज र प्रभावकारी बनाएको छ । रेडियो, टेलिभिजन, इमेल, इन्टरनेट, डिजिटल क्यामेराजस्ता सूचना सन्चार प्रविधिका उपकरण शिक्षण सामग्रीका रूपमा परम् सामग्रीभन्दा बढी उपयोगी एवं प्रभावकारी भएका छन् । व्यापक रूपमा आत्मसात नगर्ने हो भने उत्पादन शैक्षिक बेरोजगारमा परिणत हुन सक्छन् । यही अवस्थाले गर्दा सिकाइको सूचना तथा सन्चार प्रविधि प्रयोगको भविष्यलाई सुनिश्चित गर्दै वर्तमान नेपा विद्यालय तहदेखि उच्च तहसम्म सूचना तथा सन्चार प्रविधिको प्रयोगलाई बढा देखिन्छ । यदि यसो नगर्ने हो भने नेपाल विश्वमा हमेसाका लागि एक पिछडिएको भएर रहने छ । 

(घ) निबन्धको मुख्य सन्देश के हो ? 

उत्तर मेरो देशको शिक्षा निबन्ध एक आत्मपरक निबन्ध हो । यस निबन्धमा शिक्षालाई कसरी व्यावसायमूलक बनाउन सकिन्छ भन्ने कुराको विशेष चर्चा बोकेको छ। म रात्र प्राचीनकालदेखि हाल सम्मको नेपालको शिक्षाको अवस्थाको वर्णन गर्नका साथै आगामी दिनमा नेपालले शिक्षाका क्षेत्रमा खल्नुपर्ने भूमिकाको बारेमा पनि निबन्धमा जाल्लेख गरेका छन् ।

मेरो देशको शिक्षा निबन्धको सन्देश शिक्षा ज्ञान र विज्ञानको सङ्ग्राम बन्नुपर्छ भन्ते हो यस्तो शिक्षाबाट पाइने ज्ञान वा चेतनाले मानिसलाई कर्तव्य, दायिन्द, सद्गुण आदि सिकाउँछ । मानवीय स्वभाव र कर्मलाई सही मार्गमा लाग्न प्रेरित गर्ने कर्ने कुराका फाइदा र बेफाइदाको व्याख्या गर्न सिकाउँछ । यसले मानिसलाई नैतिकवान्, सहिष्णु ह विवेकशील बनाउन आवश्यक पर्ने नैतिक, सांस्कृतिक र वैज्ञानिक शिक्षाका सन्तुलनमा जोड दिन्छ । शिक्षाले व्यक्तिमा सकारात्मक गुण सिकाउँछ । त्यसैले शिक्षित व्यक्तिमा शिष्टाचार, प्रतिवद्धता, सांस्कृतिक सद्भाव, सामाजिक सद्यबहारका क्षमता हुन्छ । शिक्षित व्यक्तिमा प्रतिकल परिस्थितिमा शान्त रहने, संवेग र भावनाका विभिन्न अवस्थालाई आफैँ व्यवस्थापन गर्ने र परिस्थितिलाई धैर्यपूर्वक सामना गर्ने विशेष क्षमता हुन्छ । साथै नेतत्व गर्ने अनुशासन, सत्य र त्रुटि बुझ्ने क्षमता, निरन्तर सुधार गर्ने क्षमता पनि ह देशमा आधुनिक वैज्ञानिक शिक्षा प्रदान गर्नु पर्छ । त्यसो त हाम्रो देशमा पका रहेको ज्ञानलाई आधुनिक विज्ञानसँग एक अर्काका पर्यायका रूपमा दाज्न सकिन्छ नेपाली माटामा सुन फलाउने गरी व्यावसायिक र आधुनिक कृषि शिक्षा दिने शिक्षामा अझै लगानी र पहुँच विस्तारमा जोड दिनुपर्छ । मूलुकका उत्पादनलाई विश्वबजारमा पस्कने गरी हाम्रा विद्यार्थी उत्पादनलाई संसारमा चिनाउन सक्षम हुने परिस्थिति पैदा गर्न जरुरी छ । भोजपत्र, धुलौटे पाटी, खरी, चक, डस्टर र मार्कर युगबाट हाम देशको शिक्षामा सूचना र प्रविधिको सहज पहुँच पुग्दै छ । आज नेपालको शिक्षाले आफ्नो मौलिकतासहितको युग सुहाउँदो वैज्ञानिक युगमा थप फड्को मार्दै छ । यसरी नेपालकोशिक्षामा प्राचीन ज्ञान र आधुनिक विज्ञानसहित ज्ञानको नयाँ सगरमाया बडा हुने छ । भन्ने सन्देश यस निबन्धले दिएको छ ।

६.  व्याख्या गर्नुहोस् : 

(क) आत्मनिर्भरताको लक्ष्य स्वरोजगार बन्नु हो । 

शिक्षित ……………….जरुरी छ । 

उत्तरः माथिको वाक्य हाम्रो कक्षा १० को नेपाली पाठ्यपुस्तकको पाठ ९ मा समावेश गरिएको ‘मेरो देशको शिक्षा’ शीर्षकको निबन्धबाट लिइएको हो। मेरो देशको शिक्षा निवन्ध एक आत्मपरक निबन्ध हो यसमा म पात्रले देशमा प्रचलित पाचीनकालदेखि हाल सम्मको शिक्षाको अवस्थाको वर्णनका साथै आगामी दिनमा नेपालले शिक्षाका क्षेत्रमा अपनाउनुपर्ने भूमिकाको बारेमा उल्लेख गरेका छन् । शिक्षाले व्यक्तिलाई आत्मनिर्भर बनाउँछ र आत्मनिर्भरताको लक्ष्य स्वरोजगार बन्नु हो भन्ने प्रसङ्गमा माथिको निबन्धाशमी आएको हो । 

माथिको निबन्धाशमा व्यवसायमूलक शिक्षाका लागि हाम्रो परम्परागत र आधुनिक प्रविधिलाई संगसंगै अगाडि लैजान बढी सान्दर्भिक हुने उल्लेख गरिएको छ । कृषिमा आधुनिक प्रविधि तथा अत्याधुनिक औजारको प्रयोग गर्ने व्यावसायिक शिक्षा विद्यालय तहदेखि नै प्रदान गर्न आवश्यक छ । यसका साथै परम्परागत कृषि औजारका बारेमा पनि ज्ञान र सिप उत्तिकै आवश्यक हुन्छ । यस्ता प्राविधिक ज्ञान र सिप पाप्त गरेका विद्यार्थी व्यवसाय सन्चालन गर्न सक्ने गरी आत्मनिर्भर हुन उत्प्रेरित हुन्छन् । शिक्षाको मूल उद्देश्य स्वरोजगार बन्नु हो । भन्ने कुरा उल्लेख गरिएको छ । 

उपर्युक्त वाक्य में पात्रले ठाउँ अनुकूल शिक्षा प्रदान गर्ने व्यवस्था मिलाउन सकिय प्रयोग गरी स्वरोजगार बन्न सक्छ भन्ने प्रसङ्गमा आएको हो । 

(ख) शिक्षित व्यक्तिमा शिष्टाचार, प्रतिवद्धता, सांस्कृतिक सद्भाव, समाजिक सद्व्यवहरका हुनु जरुरी छ ।

उत्तरः माथिको वाक्य हाम्रो कक्षा १० को नेपाली पाठ्यपुस्तकको पाठ ९ मा समावेश ग ‘मेरो देशको शिक्षा’ शीर्षकको निबन्धबाट लिइएको हो । मेरो देशको शिक्षा निवन्ध आत्मपरक निबन्ध हो यसमा म पात्रले देशमा प्रचलित प्राचीनकालदेखि हाल सम्म शिक्षाको अवस्थाको वर्णनका साथै आगामी दिनमा नेपालले शिक्षाका क्षेत्रमा अप पद्धतिको उल्लेख गरिएको छ । शिक्षाले सकरात्मक गुणको विकास गर्नमा सहयोग क भएकोले शिक्षित व्यक्तिमा शिष्टाचार प्रतिबद्धता, सांस्कृतिक सद्भाव, सामाजि सद्व्यवहार जस्ता क्षमता हुनु पर्छ भन्ने प्रसङ्ग माथिको निबन्धांशमा उल्लेख गरिए छ। 

शिक्षा त्यस्तो सम्पत्ति हो जुन जति खर्च गरे पनि सकिदैन र जसले जीवन जीने सम्पूर्ण कला सिकाउंदछ । जस्तोसुकै परिस्थितिबाट पनि सहजरूपमा बाहिर आउन ह बनाउनु नै शिक्षाको मुख्य काम हो । शिक्षाले व्यक्तिको सम्पूर्ण व्यवहारमा परिवर ल्याउँछ । शिक्षाले एक अर्कामा गर्नुपने शिष्टाचार सिकाउँछ । आफ्नो जिम्मेवारी प्रति हुन सिकाउने काम पनि शिक्षाले गर्दछ । हाम्रो जस्तो सांस्कृतिक विविधता भएको देशम शिक्षाले समाजमा सांस्कृतिक सदभाव कायम राख्न प्रोत्साहन गर्दछ । मान्छे सामाजिक प्राणी भएकाले समाजमा कसरी सामाजिक सद्व्यवहार प्रस्तुत गर्ने भन्ने कुरा पर शिक्षाले सिकाउँछ । समग्रमा शिक्षाले हाम्रो जीवनको सम्पूर्ण मार्गनिर्देशन गर्ने काम गर्दछ । 

मयिको प्रसङ्ग शिक्षा हाम्रो दैनिक त्रियाकलापमा कत्तिको महत्त्वपूर्ण छ भन्ने प्रस्ट्याउले क्रममा आएको हो । शिक्षाले नै हामीले अरूसित गर्ने व्यवहारमा मिठास ल्याउन सहयोग गर्दछ ।

७. ‘मेरो देशको शिक्षा’ निबन्धको अन्तिम अनुच्छेद शिक्षकबाट सुनेर लेख्नुहोस् । 

उत्तर : कक्षामा अभ्यास गर्ने । 

८. तल दिइएको चित्र वर्णन गर्नुहोस् । 

उत्तरः दिइएको चित्रमा सिकाइ उपलब्धि अथवा शिक्षा सम्बन्धी अन्य कुनै कार्यका लागि अभिभावक भेला हुँदैछ । आमाले छोरीको पढाइबारे बुझ्न छोरीलाई पनि बोकेर आएकी छन् । यहाँ कक्षाकोठाको दृष्य देखाइएको छ । 

९. शिक्षालाई भूगोल ……….पाउने छ निबन्धको अंश मौन पठन गर्नुहोस् र चारओटा बुँदा टिपोट गरी सारांश लेख्नुहोस् । 

उत्तर :
(क) शिक्षालाई भूगोल र पर्यावरण अनुकूल व्यवसायमूलक शिक्षाप्रदान गर्ने व्यवस्था मिलाउनु पर्ने,
(ख) सिपयुक्त शिक्षालाई प्राथमिकतासाथ अघि बढाउनु पर्ने,
(ग) शिक्षाको मूल उद्देश्य आत्मनिर्भर बन्ने भएकाले आत्मनिर्भरताको लक्ष्य स्वरोजगार बन्नु हुनु पर्ने,
(घ) विद्यार्थीले यो देशमा पसिना बगाउने अवसर पाउने खालको शिक्षाको व्यवस्था गर्ने, 

सारांशः

शिक्षालाई प्रभावकारी बनाउनु छ भने भूगोल र पर्यावरण अनुकूल व्यवसायिक शिक्षा प्रदान गर्ने व्यवस्था मिलाउनुपर्छ । त्यसो भयो भने आफ्नो गाउंघरमा स्थानीय वातावरण अनुकूलको शिक्षा दिइएर त्यही अनुसारको उत्पादन गर्न सकिनछ । जस्तो मुस्ताङमा स्याउ उत्पादनका साथै त्यसबाट बन्न जाम, जय र जली उत्पादन गर्न सम्बन्धी शिक्षा दिनुपर्छ । सिपयुक्त शिक्षालाई अघि बढाएर सबैलाई आतनिर्भर बन्ने बाटो देखाउनु पर्छ । आत्मनिर्भर स्वरोजगार बने पछि भइन्छ जसको लागि यो देशको शिक्षा विद्यार्थीले भोलि गएर यही देशमा पसिना बगाउने अवसर पाउने खालका हुनुपर्छ । 

१०. तपाईंलाई नेपालको भावी शिक्षा कस्तो हुनुपर्छ भन्ने लाग्छ, ‘मेरो देशको शिक्षा’ निबन्धका आधारमा समीक्षात्मक उत्तर लेख्नुहोस् । 

उत्तर: नेपालको शिक्षा आज पनि पुरानै शैलीमा घुमिरहेको छ। जतिसुकै व्यवहारिक शिक्षा दिने भनेर नारा लगाए पनि सैद्धान्तिक शिक्षा नै अघि बढी रहेको छ । आजको युग सूचना सन्चार प्रविधिको युग हो । विश्वले प्रविधिमा कत्रो फड्को मारिसकेको छ । संवेदनशील रोवर्ट बनिसकेको वर्तमान परिप्रेक्षमा हामी भने हलो जोतेर अन्न फलाई रहेका छौं । काम गरेर आफ्नो ग्रड वृद्धि गरिरहेको विश्वमा हामी किताब घोकेर कक्षा चढिरहेका श्री त्यसैले अब नेपालको भावी शिक्षा पनि प्रविधिमैत्री हुनुपर्छ । शिक्षालाई सिपसँग, सिपलाई श्रमसंग अनि श्रमलाई आधुनिक प्रविधिसँग जोडने खालको हुनुपर्दछ । हाम्रो देशको शिक्षा सीपमूलक भन्दा पनि ज्ञानमूलक छ जुन अहिलको प्रतिस्पर्धी समयमा उपयुक्त हुँदैन । नेपाल एक कृषि प्रधान देश भएकाले यहाका शिक्षा पनि कृषिलाई विस्तार गर्ने खालको हुनुपर्छ । इलामका विद्यार्थीलाई चिया खेती देखि प्रशोधन सम्मको सम्पूर्ण जानकारी दिने किसिमको शिक्षा हनुपर्छ भने तराइका विद्यार्थीलाई अन्नबाली र तरकारी उत्पादनको प्राविधिक शिक्षा दिन सान्दर्भिक हुन्छ । आजको युग सूचना र प्रविधिको युग हो । शिक्षामा सूचना र प्रविधिले युगान्तकारी परिवर्तन ल्याइदिएको छ। ती परिवर्तनलाई आत्मसात् गर्न सक्ने नागरिक उत्पादनमा जोड दिने शिक्षाको खाँचो छ । आज हामी मोबाइल एप्सबाट दैनिक जीवनमा गर्नुपर्ने धेरै काम घरमै बसीबसी गर्न सक्छौं जस्तो जहाज, गाडी, रेल आदिको टिकट फाइन अनलाइनबाटै बैंक खाता खोल्न र घरमै सामान मगाउन आदि गर्न सकिन्छ । आज जागिरका विज्ञापन अनलाइनबाटै बुल्छन् । व्यापार व्यवसाय अनलाइनबाटै गरिन्छन् । घरमा उत्पादन गरेका कृषिजन्य वस्तु अनलाइनबाटै बजारीकरण गरी आय बुद्धिमा सघाउ पुन्याउन सकिन्छ । चिठीपत्र विद्युतीय माध्यमबाट प्रेषण गरिन्छ । विश्वभरिको सूचना र जानकारीको अजस्र स्रोत इन्टनेटभित्रै छ । मेरो देशको शिक्षाले हामा विद्यार्थीलाई यी र यस्ता कुरामा दक्ष बनाउदै युगीन आवश्यकता र आविष्कारसँग अभ जोड्न सक्नुपर्छ । 

११. मेसे सोच मेरो भविष्य’ शीर्षकमा आत्मपरक अनुच्छेद लेख्नुहोस् । 

उत्तरः म जेहेन्दार विद्यार्थी हुँ । म बाबुआमाको आज्ञाकारी छोरो पनि हु । मैले मेरा गुरु र अभिभावकमा परेको यो जेहेन्दार र आज्ञाकारीको उपाधि खेर फाल्नु हुँदैन । त्यसैले धेरै मेहनत गर्नु छ । म अरूले जस्तो डक्टर इन्जिनीयर बन्छु भन्दिन । मेरो घर एक विकट गाउँमा छ त्यसैले म मेरो गाउँ जस्ता विकट गाउको विकास गर्ने ठाउमा पुग्न चाहन्छु । म राजनीति शास्त्र पढ्छु । पढ्न नसकेर राजनीतिमा लाग्ने हाम्रो नेपालको वर्तमान परिपाटीलाई बदल्न चाहन्छु । म राजनीति बुझेर राजनीतिज्ञ बन्छु। मलाई थाहा छ बुझेर बनेको राजनीतिज्ञले देशको लागि धेरै गर्न सक्छ । देशलाई खोको पार्ने प्रमुख कारक तत्व भ्रष्टाचारलाई म जरै देखि फाल्न चाहन्छु । म स्वयं भ्रष्टचारीलाई जेल हाल्छु भन्दिन । म यस्तो कानुन ल्याउने छु कि जसले भ्रष्टचार गर्छ त्यसको नेपाली नागरिकता स्वतः रद्ध हुन्छ र उसका सन्तानले पाँच वर्षसम्म नागरिकता विहीन हुने अवस्थाको सिर्जना गर्छ । छोरा छोरीलाई चाहिँ किन भन्नुहोला बाबुआमाका प्राय सबै काम छोराछोरी केन्द्रित नै हुन्छन् । छोराछोरीलाई नै सजाय दिइन्छ भनेपछि भ्रष्टाचारी स्वतः सतर्क हुन्छन् । पाँच वर्ष चाहिँ बाबुआमाको कर्मको सजाय हो । 

१२. दिइएको अनुच्छेद पढ्नुहोस र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : 

प्रश्नहरू 

(अ) कानून भन्नाले के बुझिन्छ ?
उत्तरः कानून भन्नाले राज्यको शासन सन्चालन गर्ने कार्य विधि, पद्धति एवम् नियमों समष्टिलाई बुझिन्छ । 

(आ) कानुनका स्रोत के के हुन ?
उत्तरः विधायन, नजिर प्रथा तथा परम्परां संप्रतिज्ञा अन्तर्राष्ट्रिय अदालतबाट भएको फैसला, अन्तर्राष्ट्रिय सन्धि, सम्झौता, कानुनविद्का राय र संहिताकरणलाई कानुनका स्रोत हुन् । 

(इ) कानुनलाई किन बाध्यकारी शक्ति मानिन्छ ?
उत्तरः कानुनको अवज्ञा दण्डनीय हुने भएकाले कानुनलाई बाध्यकारी शक्ति मानिन्छ ।

(ई) कानुनको महत्त्व लेख्नुहोस् ।
उत्तर: मानवीय आचरण तथा व्यवहारलाई नैतिक, सामाजिक तथा कानुनी आयामबाट परिभाषित गर्दै के गर्ने वा नगर्ने विषयमा मार्ग निर्देश गर्नु । सभ्य र सुसंस्कृत समाज निर्माण गर्नु । 

(ख) भाषिक संरचना र वर्णविन्यास पहिचान गर्नुहोस् 

(अ) अनुच्छेदबाट कतृवाच्यका दुईओटा वाक्य टिप्नुहोस् ।
उत्तरः यसले मानवीय आचरण तथा व्यवहारलाई नैतिक, सामाजिक तथा कानुनी आयामबाट परिभाषित गर्दै के गर्ने वा नगर्ने विषयमा मार्ग निर्देश गर्छ । यसले सत्य, न्याय, अधिकार र सुरक्षाको सुनिश्चितता खोजी गर्छ । 

(आ) ‘यसले समाजमा शान्ति सुव्यवस्था कायम गरी सुशासन र विधिको शासनलाई संस्थागत गर्छ’ बाक्यलाई कर्मवाच्यमा रूपान्तरण गर्नुहोस् ।
उत्तर: ‘यसद्वारा समाजमा शान्ति सुव्यवस्था कायम गरी सुशासन र विधिको शासनलाई संस्थागत गरिन्छ ।

(इ) अनुच्छेदबाट ‘य’ प्रयोग भएका दुईओटा र ‘ए’ प्रयोग भएका दुईओटा शब्द पहिचान गरी अर्थ लेख्नुहोस् ।
उत्तरः वाध्यकारी दण्डनीय, ऐन, एवम् 

बाध्यकारी : परीक्षामा यति नम्बर ल्याएमात्र पास भईन्छ भन्ने बाध्यकारी नियम हटाइएको छ ।
दण्डनीय : विद्यार्थीलाई राम्ररी पढेन भनेर कुट्नु दण्डनीय अपराध मानिन्छ ।
ऐन : देश विकासको लागि कडा ऐन कानुन लागु गर्नुपर्छ ।
एवम्    : देश विकासको लागि कडा ऐन कानुन एवम् नीति नियम लागु गर्नुपर्छ । 

१३. दिइएको सन्दर्भ पढ्नुहोस् र तोकिएको कार्य गर्नुहोस् : 

एक जना मान्छे प्रसिद्ध चिकित्सक कहाँ पुगेछन । उनले आफ्नो सानो छोरालाई गुलियो कम खान भन्दिनु पच्यो भनेर ती चिकित्सकलाई आग्रह गरेछन् । चिकित्सकले त्यसो भन्ने मान्छेलाई भोलि आउन भनेछन् । भोलि छोरा चिकित्सककहाँ पुगेपछि चिकित्सकले सानो बालकलाई गुलियो कम खानुका फाइदा बताउदै गुलियो कम खान भन्छन् । त्यति कुरा भन्न किन भोलि पर्खेको त भनेर ती मान्छेले चिकित्सकसँग जिज्ञासा राखेछन् चिकित्सकले भनेछन्, “हिजोसम्म म आफैँ चिनी धेरै खान्थे । आफै गुलियो बनी खाने गरेको मैले अरूलाई कसरीगुलियो कम खान सल्लाह दिन सक्छु र अरूलाई उपदेश दिन आफू उदाहरण बन्नुपर्ने यो प्रेरक प्रसङ्गले एउटा असल मानिसमा हुनुपर्ने गुण देखाउछ । हामी ती चिकित्सक जस्तै हुन नसकिएला तर कमसेकम त्यो मार्गमा चले प्रयास गर्न सक्छौं । अरूलाई सल्लाह दिन पहिला आफू दृष्टान्त बन्नुपर्छ ।

चिकित्सकको दृष्टान्तबाट तपाईंले पनि अरूलाई कुनै विषयको सुधारका लागि सल्लाह दिनुपर्यो भने कसरी सल्लाह दिनुहुन्छ, आफनो दृष्टिकोण कक्षामा प्रस्तुत गर्नहोस् । 

उत्तरः आफैले भोगेको वा सुनेको कुनै अनुभव बताउने 

सुनाइ र बोलाइ 

सुनाइ पाठ ९ सुन्नुहोस् र दिइएका विकल्पमध्ये उपयुक्त विकल्प भन्नुहोस् : 

(क) इन्टरनेट बजारका लागि कुन कुरा आवश्यक हुन्छ ? 

(अ) कम्प्युटर                (आ) मध्यस्थ कर्ता

(इ) पसल                     (ई) बैंक

उत्तरः (अ) कम्प्युटर 

(ख) नेटवर्क सञ्जालले क्रेता र विक्रेताविच केको काम गर्छ । 

(अ) इन्टरनेट                  (आ) सन्चार माध्यम

(इ) आवतजावत              (ई) प्रविधि

उत्तरः (आ ) सञ्चार माध्यम 

(ग) इन्टरनेट बजारमा कमिसन दिनु नपर्ने कारण के हो ? 

(अ) सामान धेरै सस्तो पाइनाले                 (आ) ग्राहक आफैँ बजार जाने भएकोले

(इ) सामानलाई प्रशस्त छनोट गरिनाले         (ई) मध्यस्थता कर्ता नभएकाले

उत्तरः (ई ) मध्यस्थता कर्ता नभएकाले 

(घ) इन्टरनेट बजारका मुख्य सीमा कुनलाई मानिन्छ 

(अ) सहज सम्पर्क                 (आ) छनोटको अवसर

(इ) सीमित ग्राहक                  (ई) अव्यवस्थित भण्डारण

उत्तरः (इ) सीमित ग्राहक 

सुनाइ पाठ ९ का आधारमा दिइएका प्रश्नको उत्तर भन्नुहोस् : 

(क) इन्टरनेट बजार भनेको के हो ? 

उत्तरः इन्टरनेट बजार भनेको विद्युतीय उपकरणबाट गरिने व्यवसाय हो । 

(ख) इन्टरनेट व्यवसाय कसरी सन्चालन गरिन्छ ? 

उत्तरः विद्युतीय उपकरण, प्रविधि र सञ्जालका माध्यमद्वारा व्यवसाय सन्चालन गरिन्छ ।’ 

(ग) इन्टरनेट बजारका कुनै दुई विशेषता भन्नुहोस् । 

उत्तरः तथ्याङ्कको व्यवस्थित भण्डारण हुनु, 

        ग्राहकसँग सोझा सम्बन्ध रहनु 

(घ) इन्टरनेट बजारका मुख्य फाइदा भन्नुहोस् । 

  • बृहत छनोटको अवसर रहनु,
  • प्रशस्त सूचना पाउनु
  • उपभोक्ताका लागि फाइदाजनक हुन् 

भाषिक संरचना र वर्णविन्यास 

२. दिइएका कर्तृवाच्यका वाक्यलाई कर्मवाच्यमा बदल्नुहोस् : 

(क) विविधा कम्प्युटर किन्थिन् । 

उत्तर: विविषाद्वारा कम्प्युटर किनिन्थ्यो । 

(ख) दर्शन लेखाशास्त्र पढदै छन् । 

उत्तरः दर्शनद्वारा लेखाशास्त्र पदिँदै छ । 

(ग) समीक्षाले गीत गाइन् । 

उत्तर समीक्षाद्वारा गीत गाइयो । 

(घ) विद्यार्थीले शिक्षक भेटे । 

उत्तर: विद्यार्थीद्वारा शिक्षक भेटियो । 

(ङ) भाइले फुटबल किन्यो । 

उत्तरः भाइद्वारा फटबल किनियो । 

(च) उसले थप्रै किताब खोजेको छ । 

उत्तरः ऊद्वारा थुप्रै किताब खोजिएको छ । 

(छ) मामाले भान्जीलाई बोलाउनुभयो । 

उत्तरः मामाद्वारा भान्जीलाई बोलाइयो । 

३. दिइएका कर्मवाच्यका वाक्यलाई कर्तृवाच्यमा बदल्नुहोस् : 

(क) मेनुकाद्वारा नेपाली पढाइन्छ । 

उत्तरः मेनुकाले नेपाली पढाउँछिन् । 

(ख) आफू त लेख लेखिदै छ । 

उत्तरः म त लेख लेख्दै छ । 

(ग) भोलि त गीत गाइएला । 

उत्तरः भोलि त गीत गाउँछुहोला । 

(घ) मद्वारा अनुस्का पुस्तकालयमा भेटिइन् । 

उत्तर मैले अनुस्कालाई पुस्तकालयमा भेटें । 

(ङ) हामीद्वारा खेलकुदमा सहभागी भइयो । 

उत्तर हामी खेलकुदमा सहभागी भट्टी 

(च) विश्वकप फुटबल खुब हेरियो । 

उत्तर विश्वकप फुटबल खुब हरे ।

४. दिइएका कर्तृवाच्यका वाक्यलाई भाववाच्यमा बदल्नुहोस् : 

(क) म बिहाने उदछ ।

उत्तरः विहान उठिन्छ । 

(ख) उनीहरू घरबाट हिडेछन्। 

उत्तरः घरबाट हिँडिएछ । 

(ग) हामी पोखरातिर घुम्न जान्छ । 

उत्तरः पोखरातिर घुम्न गइन्छ । 

(घ) उनीहरू यहीं बसे । 

उत्तरः यहीं बसिन्छ । 

(ड) साथीहरू मस्तसंग हाँस्थे । 

उत्तरः मस्तसँग हाँसिन्थ्यो । 

(च) म दिक्तेल बजार घुम्ने छ । 

उत्तरः दिक्तेल बजार घुमिने छ । 

५. दिइएका भाववाच्यका वाक्यलाई कर्तृवाच्यमा बदल्नुहोस् : 

(क) तिजमा मस्तसँग नाचिन्छ । 

उत्तर: हामीहरू तिजमा मस्तसँग नाच्छौं । 

(ख) कहाँबाट आइदै छ ।

उत्तर: तिमी कहाँबाट आउदै छो 

(ग) मैदानमा कुदियो । 

उत्तरः हामी मैदानमा कयौं 

(घ) सानो हुँदा करै नबुझी रोइन्थ्यो । 

उत्तरः म सानो हुँदा करै नवकी रुन्थे । 

(ङ) पढ्दा पढ्दै निदाइएछ । 

उत्तरः म पढ्दा पढ्दै निदाएँछु । 

(च) पर्सि साफेबगर पुगिने छ । 

उत्तरः म पर्सि साफेबगर पुग्ने छ । 

६. ‘मेरो देशको शिक्षा’ निबन्धको पहिलो र दोस्रो अनुच्छेदबाट पांचजोटा क्रियापद टिप्नुहोस र तिनको वाच्य परिवर्तन गरी पाठको भन्दा अलग वाक्यमा प्रयोग गर्नुहोस् । 

उत्तर: पहिलो अनुच्छेद : मानिन्छ,भनिन्छ, सुन्छौं, गर्छ, सिक्छौं 

हामी गुरुले भनेको मान्छौं । 

गुरुले असल मान्छे बन्नुपर्छ भन्नुहुन्छ । 

आफू त आज गीत सुनिन्छ । 

सिताद्वारा सधैँ गृहकार्य गरिन्छ । 

हामी परेर धेरै कुरा सिक्छौं । 

दोस्रो अनुच्छेद : पारेको छ, दिएका छन् गरे, त्यागेका, फिंजाए 

सामाजिक सञ्जालद्वारा हाम्रो समाज प्रभावित पारिएको छ । 

लक्ष्मीप्रसाद देवकोटाद्वारा नेपाली साहित्मा ठूलो योगदान दिइएको छ । 

आज खुब रमाइलो गरियो । 

आजभोलि कति धेरै आमा बुबाहरू सन्तानबाट त्यागिएका छन् । 

रमाको बारेमा नानाभाँती करा फिंजाइएका छन् । 

७. ‘मेरो देशको शिक्षा’ निबन्धबाट ‘य’ र ‘ए’ प्रयोग भएका तीन तीनछोटा शब्द टिपेर कक्षामा सुनाउनुहोस् । 

उत्तरः युगान्तकारी, व्यापार, व्यवसायिक भएका, एप्सबाट भएको 

८. दिइएको अनुच्छेदका ‘य’ र ‘ए’ प्रयोगसम्बन्धी अशुद्धि सच्याएर लेख्नुहोस् 

यउटा विद्यार्थी पढ्न विद्यालए गयछ। उसलाई प्रशासनिक कार्यालय खोज्न समए नागेछ । एसरी खोज्ने क्रममा साथीले सहयोग गरेछन् । उसले साथीलाई धन्यवाद दिषछ । 

उत्तर: एउटा विद्यार्थी पढ्न गएछ । उसलाई प्रशासनिक कार्यालय खोज्न समय लागेछ । यसरी खोज्ने क्रममा साथीले सहयोग गरेछन् । उसले साथीलाई धन्यवाद दिएछ । 

सिर्जना र परियोजना कार्य 

१. दिइएका शीर्षकमा १५० शब्दसम्मको निबन्ध लेख्नुहोस्, 

(क) नेपालको आर्थिक विकासमा कृषिको भूमिका 

उत्तरः

        नेपालको आर्थिक विकासमा कृषिको भूमिका 

नेपालको आर्थिक विकासमा कृषिको भूमिका अत्यन्त महत्त्वपूर्ण छ । कुल गार्ह उत्पादनमा कृषि क्षेत्रको योगदान एक तिहाइभन्दा बढी रहेको छ । नेपालको आर्थिक वृद्धिदरको निधारण मुख्यतः कृषि क्षेत्रको उत्पादनमा भरपर्ने गरेको छ । देशको कुल 

जनशक्तिको दुई तिहाइभन्दा बढी श्रमसाधन कृषि क्षेत्रमा नै खर्च हुने गरेका छ । नेपाली अर्थतन्त्रमा उद्योग क्षेत्रको योगदान घट्दै गएको छ भने सेवा क्षेत्रले कृषि र उद्यो क्षेत्रको कम योगदानलाई समेत उछिनेको छ । तर रोजगारीको दृष्टिबाट हेदा हालसम्म पनि कृषि क्षेत्रकै उल्लेख्य योगदान रहेको हुनाले कृषि क्षेत्रको उत्पादकत्वमा वृद्धि नहुन अर्ध-बेरोजगारी उच्च हुनुको मूल कारण हो । 

वर्ल्ड रिसोर्सेज इन्ष्टिच्यूटका अनुसार, नेपालमा कृषि उपजका लागि एक हेक्टरमा खेती गर्न ३.४ कामदार आवश्यक भई प्रतिहेक्टर आवश्यक कामदारको सूचीमा नेपाल पाँच स्थानमा छ । छिमेकी देश भारत भने प्रति हेक्टर १.६ कामदारका आधारमा तीसी स्थानमा पर्छ । परम्परागत खेती प्रणालीले एकातिर धेरै श्रमशक्तिको खपत गरेको छ भने कुल उत्पादन समेत बढ्न सकेको छैन । उद्योग क्षेत्रको अपेक्षित विकास नहुनु र सेवा क्षेत्रमा आवश्यक मात्रामा रोजगारी सिर्जना हुन नसक्नाले दैनिक सरदर १५ सय नेपाली कामको खोजीमा विदेशिइरहेका छन् । 

नेपालको आर्थिक बढिको तथ्याङ नियाल्दा मौसममा आधारित पाइएको छ । अर्थतत्वमा कृषि क्षेत्रको योगदान उच्च रहेबाट अनुकूल मौसम भएको वर्ष देशले सन्तोषजनक आर्थिक वृद्धि हासिल गरेको छ भने प्रतिकूल मौसमका कारण वृद्धिदरमा उल्लेख्य हास आएको छ विश्वका अन्यमूलुकलाई समेत हेर्ने हो भने अर्थतन्त्रमा उद्योग र सेवा क्षेत्रको तुलनामा कृषि क्षेत्र परिवर्तनशील हुनाले पनि यो क्षेत्र आर्थिक वृद्धि हासिल गर्नका लागि बढी संवेदनशील हुने गर्छ। नेपालमा खडेरी परेमा एकातिर कृषि क्षेत्र नराम्ररी प्रभावित त हुन्छ नै अर्कोतिर चलायमान नदीमा आधारित जलविद्युत नै देशको ऊर्जाको मु स्रोत भएबाट विद्युत उत्पादन उल्लेख्य रूपमा घट्न सक्ने र उद्योग एवं सेवा क्षेत्रलाई समेत असर पार्नसक्ने निष्कर्ष निकालिएको छ । 

कृषि क्षेत्रको आधुनिकीकरण गरी कृषिमा उत्पादकत्व बढाउन मेसिनरी तथा उपकरणको अधिक प्रयोग, कृषि विशेषज्ञको विकास, किसानहरूलाई उल्लेख्य मात्रामा तालिम र कृषि सडक, सिंचाई, बाढी-पहिरो नियन्त्रण जस्ता पूर्वाधार विकासमा जोड दिएमा नेपालले केही 

दुई अइकको आर्थिक वृद्धि हासिल नगर्ला भन्न सकिन्न । 

(ख) अभिभावकप्रति मेरो जिम्मेवारी 

उत्तर : 

अभिभावकप्रति मेरो जिम्मेवारी 

सबैको जीवनमा कोही न कोही आदर्श भए जस्तै मेरो जीवनको आदर्श मेरा अभिभावक हुनुहुन्छ । मलाई आजको अवस्थासम्म ल्याउन उहाहरूले धेरै स्नेहले भरिएको दुःख कष्ट बिताउनु भएको छ । आफू भोकै बसेर मलाई अघाउनु भएको छ । उहाँहरू दिनरात बदनु मात्र भएन मलाई पनि पसिनाको मूल्य सिकाउनु भयो । 

उहाँहरूले मेरानिम्ति बगाएको पसिनाको उपहार स्वरूप म मेरा अभिभावकलाई खुसी र सुखी बनाएर राख्ने लक्षमा अघि बढ्नेछु । म उहाँहरूले गर्व गर्न लायक बनेर देखाउने छ । म मेरा अभिभावकको सपना पूरा गर्नेछु । डक्टर बनेर गरिब दुःखीको सेवा गरेर नाम सबैले आआफ्नो कामप्रति गर्व गर्नु पर्छ । हामीले कामलाई अवसरका रूपमा लिनु पर्छ । चलाओस भन्ने उहाँहरूको चहानालाई पूरा गर्नु नै मेरो एक मात्र कर्तव्य हुनेछ । हामी अति आत्मविश्वास बोकेर कार्यक्षत्रमा खटियो भने हातमा सफलता मिल्नेछ । कामप्रति न्याय गर्न सकिनेछ । 

म आफ्नो पेसा र आमाबाबु प्रतिको कर्तव्य दुवै इमान्दारिताका साथ निभाउने छ । बाआमाको चाहनालाई नै आफ्‌नो चाहाना ठानेर जिन्दगीभर उहाहरूको सेवामा समर्पित हुनेछ । भोलि विवाह भएपछि पनि म अर्काको कुरा सुनेर वाआमालाई गलत ठहयाउने छुइन । दुवै पक्षको कुरा सुनेर बिचको बाटो अपनाउने छु र विशेष गरेर ख्याल गर्नेछु कि मेरो निर्णयले मेरा अभिभावकको मन नदुखोस् । 

(ग) सिकाइमा प्रविधिको उपयोग 

उत्तरः 

सिकाइमा प्रविधिको उपयोग 

आजको युग सूचना र सञ्चार प्रविधिको युग हो । वर्तमान परिप्रेक्षमा प्रविधिविनाको जीवन कल्पना पनि गर्न सकिँदैन । दिगो विकासका बृहत्तर लक्ष्य हासिल गर्न अपनाइएका रणनीतिको केन्द्रमा सूचना तथा सञ्चार प्रविधि रहदै आएको छ । विश्वव्यापी रूपमा सूचना तथा सञ्चार प्रविधिको बढ्दो प्रयोगले सामाजिक अन्तरक्रिया तथा सेवा प्रवाह सहज र सरल भएका छन् । प्रविधिको प्रयोगले विकासका अन्य पूर्वाधार व्यवस्थापनमा समेत सहजता ल्याएको छ । 

प्रविधिको प्रयोग सिकाइमा आमूल परिवर्तन ल्याउन र बृहत्तर राष्ट्रिय लक्ष्य हासिल गर्न प्रभावकारी सिद्ध भएको छ । वर्तमान परिवर्तित सन्दर्भमा विश्वका हरेक मूलकले आफूलाई सूचना तथा सञ्चारको क्षेत्रमा अझ परिष्कृत बनाउदै गएका छन् । २ शताब्दीको जीवनयात्रा र जीवनपद्धतिसंग समायोजन हुन प्रत्येक मुलुकले आफ्नो शिक्षा क्षेत्रमा सूचना तथा सञ्चार प्रविधिलाई विशेष स्थान दिइएका छन् । प्रविधिको प्रयोगले विद्यार्थीको सिकाइ, शिक्षकको क्षमता विकास र विद्यालयको व्यवस्थापन प्रक्रियालाई सहज र प्रभावकारी बनाएको छ । रेडियो, टेलिभिजन, इमेल, इन्टरनेट, डिजिटल क्यामेराजस्ता सूचना सञ्चार प्रविधिका उपकरण शिक्षण सामग्रीका रूपमा परम्परागत सामग्रीभन्दा बढी उपयोगी एवं प्रभावकारी भएका छन् । 

विद्यालय र माथिल्लो तहको शिक्षाको प्रभावकारिताका लागि आवश्यक शैक्षिक सामग्री जस्तै सफ्टवेयर, ई-बुक्स, भिडियो, अडियोजस्ता शिक्षण सामग्री तयार पारी प्रभावकारी रूपमा शिक्षण सिकाइमा प्रयोग गर्न सकिन्छ । विश्वभर शिक्षा क्षेत्रमा सूचना र सञ्चारक्षेत्र शिक्षाको विस्तार गर्ने, परिमार्जन गर्ने, नयाँपन दिने र प्रतिस्पर्धी बनाउन सहयोग गर्ने साधनका रूपमा प्रमाणित भईसकेको छ । 

अतः विश्वमा व्यापक रूपमा फैलिएका अवसरलाई आत्मसात नगर्ने हो भने शैक्षिक उत्पादन शैक्षिक बेरोजगारमा परिणत हुन सक्छन् । यही अवस्थाले गर्दा सिकाइको क्षेत्रमा सूचना तथा सञ्चार प्रविधि प्रयोगको भविष्यलाई सुनिश्चित गर्दै वर्तमान नेपालको विद्यालय तहदेखि उच्च तहसम्म सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई बाउनुपर्ने देखिन्छ । 

२. पुस्तकालय वा विद्युतीय सञ्चार माध्यमबाट कानुनसँग सम्बन्धित कुनै एउटा लेख खोजी कक्षामा प्रस्तुत गर्नुहोस् । 

उत्तर: सामाजिक विषयबाट संविधान सम्बन्धी लेख पढ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *