AK Learning Nepal

  Thursday 16 October 2025 / 01:43 PM
   |   
Posted in

ज्यालो यात्रा – Class 10 Nepali Chapter 1 Exercise (2082)

ज्यालो यात्रा

पाठ – १

शब्दभण्डार

१. दिइएका अर्थ आउने शब्द ‘उज्यालो यात्रा’ कविताबाट खोजेर लेख्नुहोस् :
(क) मनमा उत्पन्न हुने भाव वा विचार – भावना
(ख) श्रीखण्ड घोटेर बनाइएको लेप – चन्दन
(ग) गौरवले भरिएको – सगौरव
(घ) आफ्नो स्वामित्व वा अधिकार छोड्ने काम – त्याग
(ङ) सबैभन्दा उच्च वा अग्लो – सर्वोच्च


२. दिइएको अनुच्छेदबाट दुई जोडी पर्यायवाची शब्द पहिचान गर्नुहोस् :

गाई मानिसले पाल्ने घरपालुवा जनावर हो। यो चौपाया वर्गभित्र पर्छ । मानवका लागि गाईको दुध निकै पोसिलो हुन्छ । शरीर स्वस्थ राख्न तागतिला कुरा खानुपर्छ । दुग्ध र दुग्धजन्य पदार्थ बिक्री गरेर मान्छेले आर्थिक उपार्जन पनि गर्छन् । गाईपालनलाई व्यवसायका रूपमा प्रयोग गरेर धेरै आम्दानी गर्न सकिन्छ ।

आम्दानी  उपार्जन
जनावर   चौपाया

३. दिइएका शब्दको पर्यायवाची शब्द लेख्नुहोस्ः

शक्ति – तागत
प्रेम – माया
धर्ती – धरणी
शिर – टाउको
कर्म – काम
सुन्दर – राम्रो
जिन्दिगी – जीवन
महान – उच्च
हावा – वायु
आकाश – नभ
नयन – आँखा


४. ‘उज्यालो यात्रा’ कविताबाट खोजेर तल दिइएका शब्दको विपरीतार्थी शब्द लेख्नुहोस्ः

निम्न – उच्च
दुःखी – सुखी
अज्ञान – ज्ञान
सम्भव – असम्भव
आफ्नो – अरु
अन्याय – न्याय

५. उदाहरणमा दिए जस्तै कुनै पाँच जोडी विपरीतार्थी शब्द खोजी वाक्यमा प्रयोग गर्नुहोस्

उदाहरण: धारिलो भुत्ते, धेरै-थोरै
माथि-तल
उज्यालो-अँध्यारो
शिर-पाउ
जित-हार
न्याय-अन्याय
माथि-तल


बोध र अभिव्यक्ति

उदाहरणमा दिए जस्तै जोडी अनुप्रासयुक्त शब्द पाठबाट खोजेर लेख्नुहोस् :

उदाहरण: चन्दन नन्दन
→ असम्भव – सब,
→ सुखी – खुसी,
→ सौरभ – गौरव,
→ भरी – छरी,
→ मनोहर – सुन्दर,
→ खातिर – शिर,

दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

जसका भावना हाँस्छन्, मनमा रागिनी भरी
जसका जिन्दगी बाँच्छन् रातमा चाँदनी छरी ।

(अ) यस कवितांशका चार पाउ छुट्याएर लेख्नुहोस् ।

जसका भावना हाँस्छन्,
मनमा रागिनी भरी
जसका जिन्दगी बाँच्छन्
रातमा चाँदनी छरी ।

(आ) कवितांशका चारै पाउको पाँचौं ह्रस्व वर्ण रेखाङ्कन गर्नुहोस् ।

भावना, रागिनी, जिन्दगी, चाँदनी

(इ) कवितांशका चारै पाउको छैटौं दीर्घ वर्ण रेखाङ्कन गर्नुहोस् ।

भावना, रागिनी, जिन्दगी, चाँदनी

(ई) कवितांशका चारै पाउका सातौं वर्ण क्रमशः लेख्नुहोस् ।

हाँ, भ, बाँ, छ

८. दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् ।

जुटेका ज्ञानले जो छन् पार्दै धर्ती मनोहर
उठेका कर्मले जो छन् गर्दै निर्माण सुन्दर ।
समर्पित भएका छन् जो सदा न्यायखातिर
संसारमा उठेका छन् तिनैका विजयी शिर ।

(क) धर्तीलाई केले मनोहर बनाएको छ ?
= ज्ञान र कर्ममा जुटेका मानिसहरुको सङ्घर्षले धर्तीलाई मनोहर बनाएको छ ।

(ख) कर्म गर्नेको जिन्दगी कस्तो बन्छ ?
= कर्म गर्नेको जिन्दगी सुन्दर बन्छ र उनीहरुले कर्म गरेर समाज र देशलाई पनि बनाउँछन् ।

(ग) कवितांशमा कस्ता मानिसको शिर उचो हुन्छ भनिएको छ ?
= कवितांशमा जो मानिस सधैँ न्यायखातिर समर्पित भएका हुन्छन्, उनीहरुको शिर उचो भनिएको छ ।

(घ) कवितांशबाट के सन्देश पाइन्छ ?
= हामी ज्ञान र कर्मले हाम्रो धर्तीलाई सुन्दर बनाउनुपर्छ । सधैँ न्यायखातिर आवाज उठाउनुपर्छ । यसरी आफ्नो खुसी मात्र नहेरी समग्र देशको हितमा लाग्नुपर्ने सन्देश प्रस्तुत कवितांशबाट पाउन सकिन्छ ।

१२.कर्मशील बन्न कसरी सकिन्छ, ‘उज्यालो यात्रा’ कविताका आधारमा लेख्नुहोस् ।

उत्तर: प्रसिद्ध छन्दवादी कवि तथा समालोचक रामप्रसाद ज्ञवालीद्वारा लिखित ‘उज्यालो यात्रा’ कविता उनको उत्कृष्ट नीति चेतनामूलक कविता हो । यस कवितामा कविले सत्मार्गले मान्छेलाई महान् बनाउने कुरा स्पष्ट पार्न खोजेका छन् र कविताका माध्यमबाट हामी सबैलाई सत्मार्गमा लाग्न प्रेरित गरेका छन् ।परिश्रम गर्नु तथा मिहिनेती बन्नु नै कर्मशील बन्नु हो । कर्मबाट नै सम्भावनाका ढोकाहरु खुल्दै जान्छन् । कविका अनुसार कर्मशील बन्न हामीले मनमा उच्च सङ्कल्प लिनुपर्छ । मनमा उच्च अठोट लिएर काम गरिन्छ भने त्यो काम अवश्य सफल हुन्छ । हामी आफ्नो भर आफै पर्नुपर्छ । हामी परनिर्भर होइन आत्मनिर्भर बन्नुपर्छ । अरुसँग माग्ने होइन बरु अरुलाई दिन सक्ने हुनुपर्छ । मनमा सकारात्मक विचार र उदार भावना हनपर्छ । ईर्ष्याद्वेष राख्नुहुँदैन । सबैलाई प्रेम गर्नुपर्छ । प्रेमको सुवास छर्नुपर्छ । हामी अल्छी नबनी निरन्तर कर्मको यात्रामा लाग्नुपर्छ । बाधा अड्चनहरू आउँदा निराश बनेर पछाडि हट्नुहुँदैन । हाम्रो ज्ञान परोपकार, समाजको उन्नति र देशको विकासमा खर्चिनुपर्छ । देश निर्माण गर्ने हाम्रो कर्म हुनुपर्छ । हामी सधैँ न्यायका खातिर समर्पित हुनुपर्छ । अन्याय, अत्याचार, शोषण सहेर बस्नुहुँदैन । मनमा लोभलालच राख्नुहुँदैन । आफ्ना व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र समाजको उन्नतिका लागि त्याग गर्नुपर्छ । सधैं आदर्श मान्छे बन्ने लक्ष्य राखेर महान् कर्ममा खटिनुपर्छ। जस्तोसुकै परिस्थितिमा पनि हामी चन्द्रसूर्य जस्तै अटल हुनुपर्छ । आफ्नो बाटो आफ्नै पौरखले खन्नुपर्छ ।

यसरी कवि ज्ञवालीले केही तत्सम शब्द, सरल र मिठासपूर्ण भाषाशैली साथै अनुष्टुप छन्दको प्रयोग गरी लेखेको यो कविता उत्कृष्ट चेतनामूलक कविता बनेको छ । हामी सबैलाई परोपकारी बन्न प्रेरित गरिएको छ । समग्रमा कर्मशील बनेर धर्ती सजाउनुपर्छ भन्ने भाव कवितामा व्यक्त भएको पाइन्छ ।

१३. कविले कविताको अन्तिम श्लोकमा आफू कस्तो बन्ने अनुमान गरेका छन्, लेख्नुहोस् ।

उत्तर: ‘उज्यालो यात्रा’ कविता कवि रामप्रसाद ज्ञवालीले लेखेका हुन् । यस कवितामा सबैलाई सत्मार्गमा लाग्न प्रेरित गरिएको छ । कविले अन्तिम श्लोकमा आफू आत्मनिर्भर बन्ने अनुमान गरेका छन् । उनी आफ्नो जिन्दगीको बाटो आफ्नै पौरखले खन्न चाहन्छन् । उनी अरुको अधीन र आड भरोसामा निर्भर परजीवी जस्तो बन्न चाहँदैनन् । उनी सर्वोच्च व्यक्ति बन्न चाहन्छन् । सर्वोच्च कविता लेख्न चाहन्छन् । यसरी कविले आफू कर्मशील, असल र सफल बन्ने अनुमान गरेका छन् ।

१४. दिइएका विषयमा साथीबिच छलफल गरी निष्कर्ष प्रस्तुत गर्नुहोस्ः

(क) परिश्रमको फल मिठो हुन्छ ।

(ख) मानवीय सेवाको भावना राख्नु पवित्र कर्म हो ।

१५. दिइएका अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस्ः

गुरुकुल भनेको गुरुको सान्निध्यमा विद्यार्थीले आवासीय रूपमा शिक्षा ग्रहण गर्ने स्थान हो । प्राचीन कालमा शिक्षकलाईआचार्यका रूपमा लिइन्थ्यो र त्यहाँ पढ्ने विद्यार्थीलाई उनको परिवार समान मानिन्थ्यो । त्यसैले त मातापिता र आचार्यलाईअति उच्चकोटिमा राखी, मातृदेवो भव, पितृदेवो भव र आचार्य देवो भव भनिन्छ । गुरुकुलमा अहिलेको शिक्षा प्रणाली जस्तो निश्चित समयमा विद्यालय आएर पढ्ने समय तालिका हुँदैनथ्यो । गुरुकुलमा सबै शिष्य एउटै उमेरका हुँदैनथे तर उनीहरूको सिकाइ एउटै समूहमा हुन्थ्यो । गुरुले शिष्यको उमेरअनुसार शिक्षा दिने व्यवस्था थियो । ठुला शिष्यबाट सानाले सिक्ने परिपाटी पनि गुरुकुलमा हुन्थ्यो । गुरु र शिष्य प्रायः सँगसँगै हुने भएकाले गुरुले अह्राएका बेलामा काममा जानुपर्ने हुन सक्थ्यो । जुनसुकै बेलामा पनि औपचारिक कक्षा सुरु हुन सक्थ्यो । सामान्यतया गुरुकुलका छात्र बिहान सबेरै उठ्ने र अध्ययनका साथसाथै काममा पनि सक्रिय हुने गर्थे । गुरुकुलमा सैद्धान्तिक अध्ययनभन्दा व्यावहारिक अध्ययनलाई बढी महत्व दिने गरिन्थ्यो । यो शिक्षा प्रणालीमा औपचारिक परीक्षा हुँदैनथ्यो । हरेक समय नीति, व्यवहार र उसको व्यावसायिक कौशलको परीक्षा भइरहन्थ्यो । यसरी प्राचीन कालमा दीक्षान्तको समयमा केही कठिन परीक्षा लिने गरिन्थ्यो । त्यस्ता कठिन परीक्षा विभिन्न खालका हुन्थे । परीक्षाका क्रममा गोप्य रूपले गुरुले शिष्यलाई नियालिरहेका हुन्थे । शिष्यले छिचोल्न नसक्ने खालको विघ्न पयो भने गुरु अगि सर्थे । त्यो परीक्षा पूरा गर्न सकेमा शिष्य दीक्षित हुन्थे ।

क) प्रश्नहरु

(अ) गुरुकुल भनेको के हो ?

उत्तर: गुरुकुल भनेको गुरुको सान्निध्यमा विद्यार्थीले आवासीय रूपमा शिक्षा ग्रहण गर्ने स्थान हो ।

(आ) गुरुकुलमा कस्तो शिक्षालाई प्राथमिकता दिइन्थ्यो ?

उत्तर: गुरुकुलमा व्यावहारिक शिक्षालाई प्राथमिकता दिइन्थ्यो । 

(इ) गुरुकुलमा किन जुनसुकै समयमा पनि औपचारिक कक्षा सुरु हुन्थ्यो ?

उत्तरः गुरुकुलमा निश्चित समयमा विद्यालय आएर पढ्ने समय तालिका हुँदैनथ्यो त्यसैले जुनसुकै बेलामा पनि औपचारिक कक्षा सुरु हुन सक्थ्यो ।

(ई) गुरुकुलमा शिष्य कसरी दीक्षित हुन्थे ?

उत्तर: समस्या दिएर गुरुले गोप्य रूपले शिष्यलाई नियालिरहेका हुन्थे । त्यो परीक्षा पूरा गर्न सकेमा शिष्य दीक्षित हुन्थे ।

(ख) भाषिक संरचना र वर्णविन्यास पहिचान गर्नुहोस् |

(अ) पहिलो अनुच्छेदको पहिलो वाक्यबाट एक एकओटा नाम, विशेषण र क्रियापद लेख्नुहोस् ।

उत्तर: गुरुकुल – नाम,             आवासीय – विशेषण,              हो – क्रियापद

(आ) ‘पढ़’ धातुबाट एक एकओटा नाम र क्रियायोगी शब्द निर्माण गर्नुहोस् ।

उत्तर: पढ्नु (नाम) पढेर (क्रियायोगी)

(इ) अनुच्छेदबाट सुरु बिच र अन्तिममा हस्व इकार प्रयोग भएका दुई दुईओटा शब्द टिपोट गर्नुहोस् ।

उत्तरः

सुरुमा ह्रस्व इकार प्रयोग भएका शब्द: विद्यार्थी, शिक्षा, पितृ,

बिचमा ह्रस्व इकार प्रयोग भएका शब्द: अहिले, निश्चित, तालिका,

अन्तिममा ह्रस्व इकार प्रयोग भएका शब्द: कोटि, पनि, अति

१६. दिइएको सन्दर्भ पढ्नुहोस् र तोकिएको कार्य गर्नुहोस्ः

           (ठेलामा तरकारी विक्रेता र केताबिच कुराकानी हुँदै छ ।)

क्रेता:         नमस्ते हजुर, यो काउलीको दाम कति हो ?

विक्रेताः      नमस्ते, हेर्नुस् न । हिजोदेखि दाम बढेर आएको छ। आज काउली किलाको १०० रुपियाँ छ ।

क्रेता:         ए । मलाई एक किलो काउली दिनुहोस् न ।

विक्रेता:      (काउली जोख्दै) अ अरु के के लिनुहुन्छ ?

क्रेता:          आधा किलो गोलभेंडा पनि दिनुहोस् न ।

विक्रेता:       हुन्छ हजुर । (गोलभेंडा जोख्दै) ल लिनुस् हजुर !

क्रेताः           नयाँ र ताजा कुनै तरकारी आयो भने मलाई खबर गर्नु ल !

विक्रेताः       हस् हजुर । म भनिहाल्छु नि । हजुर जस्ता ग्राहक भएर त मेरो गुजारा चलेको छ ।

क्रेताः           तपाईंले आफ्नो पेसा गर्नुभएको छ, यसरी स्वरोजगारी गर्ने मान्छे मलाई मन पर्छ ।

विक्रेताः       हस् हजुर । सबै व्यवसायीलाई हौसला दिने हजुर जस्ता व्यक्ति हुने हो भने त हामीलाई                                                                                                               पनि काम गर्न प्रेरणा मिल्छ ।

क्रेताः           ल त, अहिले मैं गएँ, फेरि भेटेर गफ गरौंला ।

विक्रेताः       हवस्, हजुरसँग कुराकानी गर्न पाउँदा खुसी लाग्छ । आउँदै गर्नुहोला ।

भाषिक संरचना र वर्णविन्यास

१. दिइएको अनुच्छेदबाट रेखाङ्कित शब्दको पदवर्ग पहिचान गरी छलफल गर्नुहोस्ः

फुर्बा असल विद्यार्थी हुन् । उनी सोलुखुम्बु जिल्लाको जनजागृति माविमा १० कक्षामा पढ्दै छन् । उनी सधैँ विद्यालय जान्छन् । उनी मिहिनेतपूर्वक पढ्छन् । उनी बिहान सबेरै उठ्छन् र आफूले पढ्नुपर्ने पाठ नियमित रूपमा पढछन् । कक्षामा गुरुले दिएको कक्षाकार्य सधै गर्छन् ।

 असल – विशेषण                                   उनी – सर्वनाम

पढ्दै छन् – क्रियापद                              सधैँ – क्रियायोगी

पूर्वक- नामयोगी                                   सबेरै – क्रियायोगी

आफूले – सर्वनाम                               दिएको- विशेषण

२. दिइएको सन्दर्भ पढ्नुहोस् र पदवर्ग विचलनबारे साथीसँग छलफल गर्नुहोस्ः

                                              विचलनसम्बन्धी बैठक

पदवर्गको टोलमा एउटा बैठक बसेको छ । उक्त बैठकको मुख्य विषयवस्तु ‘पदवर्ग विचलन एक विमर्श’ रहेको छ । उक्त बैठकमा नाम, सर्वनाम, विशेषण, क्रिया, क्रियायोगी, नामयोगी, विस्मयादिबोधक, संयोजक र निपातलाई निम्त्याइएको छ । आफ्नो वर्गका शब्द अर्को वर्गमा प्रवेश गरे भनेर विशेषणले उजुरी गरेको रहेछ । ‘गरिब’, ‘धनी’, ‘नेपाली’, ‘दुःखी’, ‘सुखी’ जस्ता विशेषणका पद घरी नामको वर्गमा प्रवेश गर्ने र घरी विशेषणका पद नै हो भन्ने गरेर हैरान पारे भनेर विशेषणले उजुरी गरेको रहेछ । पदवर्गले सबै उजुरी हेरेछन् ।

‘गरिब’, ‘धनी’, ‘नेपाली’, ‘दुःखी’, ‘सुखी’ जस्ता विशेषण शब्दले बयान दिँदै भनेछन्, “हामी वाक्यमा प्रयोग हुँदा हामीलाई कहिलेकाहीँ नामको काम गर्नुपर्ने भयो । हाम्रा अगाडि नाम बसिदिएको अवस्थामा भने हामी त्यै नामको विशेषता बताउँछौं र विशेषण बन्छौं । हाम्रा अगाडि नाम नभएमा हामीले नामको काम गर्नुपर्ने रहेछ ।” सर्वनामले पनि भनेछ, “हो यो समस्या हामीलाई पनि छ, जस्तै ‘त्यो गयो । त्यो केटो आयो ।’ यहाँ पहिलो वाक्यमा ‘त्यो सर्वनाम र दोस्रो वाक्यमा ‘त्यो’ विशेषण भएर दुवै रूपमा प्रयोग हुनुपरेको छ । हामी नामका सामा आउने हो तर नाम हामीसँगै आयो भने हामीले नामको विशेषता बताउनै पर्ने र विशेषण बन्नै पर्ने हुन्छ। त्यस्तै समस्या क्रियायोगी र नामयोगीमा पनि रहेछ । माथि, तल, वारि, पारि जस्ता क्रियायोगी नामसँग जोडिएर आउँदा नामयोगी हुँदा रहेछन् । त्यस्तै ‘र’ लाई चाहिँ

कहिले निपात त कहिले संयोजक बन्नुपर्ने बाध्यता रहेछ ।”

लौ, मैले आजको बैठकको चुरो कुरा बुझें’ भन्दै नामले जुरुक्क उठेर भनेछ, “आफू जुन वर्गको भए पनि वाक्यमा प्रयोग हुँदा सन्दर्भअनुसार अर्को वर्गमा जान सकिन्छ । त्यस्तो अवस्था पदवर्ग विचलन हो भनेर बुझौं है, साथी हो ।” विशेषणले पनि चित्त बुझाएछ, सर्वनाम, नामयोगी अरू सबैले ताली बजाएछन् ।

३. दिइएको अनुच्छेद पढ़ी रेखाङ्कित पदको पदवर्ग छुट्याउनुहोस् :

गरिब वर्गको उत्थान नभई देश समृद्ध बन्दैन । गरिबलाई राज्यले विशेष दिनुपर्छ । धनी व्यक्ति वा सम्पन्न व्यक्तिवाट कर तिर्नुपर्छ । साथै धनी र सम्पन्नको व्यवसायको संरक्षण र त्यसका लागि उचित वातावरण पनि राज्यले गर्नुपर्छ । गरिबीको रेखामुनि वा रेखातल अवस्थित समुदायलाई सधै तल रहने वातावरण सिर्जना हुनुहुँदैन । यसो भयो भने यो देशका असङ्ख्य विपन्न व्यक्तिका उत्थान हुने छ किनकि विपन्नलाई सम्पन्न नबनाई देश कहिल्यै विकसित हुँदैन ।

उत्तर:

गरिव – विशेषण                        गरिबलाई – नाम

धनी – विशेषण                             सम्पन्न – विशेषण

धनी – नाम                                  सम्पन्न – नाम

तल – नामयोगी                                तल – क्रियायोगी

विपन्न – विशेषण                           विपन्न – नाम

४. ‘उज्यालो यात्रा’ कविताको चौथो श्लोकबाट एक एक ओटा नाम, सर्वनाम, विशेषण, क्रिया, क्रियायोगी र नामयोगी वर्गका शब्द टिपोट गरी वाक्यमा प्रयोग गर्नुहोस् ।

उत्तर:

नाम: ईर्ष्या                               विशेषणः तिनै

क्रियायोगी: हटाएर                    सर्वनाम : जो

क्रियाः छर्छन्                            नामयोगी: निम्ति

५. कोष्ठकमा दिइएको सङ्केतअनुसार तलका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् ।

उत्तर:

(क)      (र: संयोजक)-             रोशनले चिया र बिस्कुट खायो ।

           (र. निपात) –                तिमी मसँग जान्छयौ र !

(ख)     (भित्र नामयोगी)-          मनभित्र माया छ ।

           (भित्रः क्रियायोगी)-       तँ भित्र बस् ।

(ग)      (तर: क्रिया)-                तिमी खोला तर ।

          (तर: संयोजक)-            म आएँ तर पढाइ भएन ।

          (तरः नाम)-                  मलाई दुधको तर मिठो लाग्छ ।

(घ)     (योः सर्वनाम)-              यो राम्रो छैन ।

          (यो: विशेषण)-             यो केटो बदमास छ ।

(ङ)     (वृद्ध: नाम)-                वृद्धलाई सहयोग गर ।

           (वृद्ध: विशेषण)-           सरकारले वृद्ध मानिसलाई भत्ता दिन्छ ।

६. पदवर्ग विचलन भएका कुनै तीनओटा शब्द पर्ने गरी छोटो अनुच्छेद लेख्नुहोस् ।

उत्तरः

चोर केटाले सामान चोरेछ । पुलिसले चोर समात्यो । केटा गरिब रहेछ । गरिबलाई सहयोग गर्नुपर्छ । त्यो केटो फोहरी पनि थियो । त्यो त्यहाँबाट भाग्यो र पुलिसहरु पनि जिल्ल परे । तिमी पनि चोर हौ र !

७. दिइएको अनुच्छेदबाट शब्दको सुरु, बिच र अन्तिममा ह्रस्व इकार प्रयोग भएका शब्द पहिचान गर्नुहोस्ः

निरन्तर घोटिएर मात्र दाउरो चन्दन बन्छ भनिन्छ । मिहिनेत गरियो र पढियो भने मात्र आफूले चाहेको लक्ष्य प्राप्त गर्न सजिलो हुन्छ । विद्यार्थीले चाहेको लक्ष्यअनुसार भविष्यमा चिकित्सक, इन्जिनियर, शिक्षक अनि साहित्यकार आदि बन्न सक्छन् । आज कर्म गर्नेले भोलि फल प्राप्ति गरेरै छाड्छन् ।

उत्तर:

सुरुमा ह्रस्व इकार प्रयोग भएका शब्द: निरन्तर मिहिनेत, विद्यार्थी, चिकित्सक, इन्जिनियर, शिक्षक

बिचमा ह्रस्व इकार प्रयोग भएका शब्द: घोटिएर, पढियो, सजिलो, भविष्य, साहित्यकार

अन्तिममा ह्रस्व इकार प्रयोग भएका शब्द:अनि, आदि, भोलि, प्राप्ति

८. शब्दको सुरु बिच र अन्तिममा ह्रस्व इकार प्रयोग भएका १० ओटा शब्द पर्ने गरी आफूलाई मन पर्ने विषयमा एउटा अनुच्छेद तयार गर्नुहोस् ।

उत्तरः तिमी मलाई अति मन पर्छ । हिजोदेखि म तिमीलाई नै सम्झिरहेको छु । दिलमा पनि तिमी छ्यौ । भोलि म दिनभरि घरमै बस्ने छु अनि तिमीलाई सम्झिएर मिठो भविष्यको कल्पना गर्ने छु ।

सिर्जना र परियोजना कार्य

१. ‘विद्यार्थी जीवन’ शीर्षकमा छोटो कविता लेख्नुहोस् ।

उत्तर : जिन्दगीमा हामी धेरै अघि बढ्नुपर्छ

          असल मान्छे बन्नलाई धेरै पढ्नुपर्छ

                             पढी लेखी असल बनी देशको सेवा गरौं 

                             गई बस्नुभन्दा यही देशमा मरौं 

          सम्भावना खुल्छन् यहाँ हामी धेरै पढे

          देश अघि बढिहाल्छ हामी अघि बढे ।

९.  दिएको प्रश्नकोको उत्तर लेख्नुहोस:

(क) ‘उज्यालो यात्रा’ कविताको सुरुका दुईओटा श्लोकको आशय वर्णन गर्नुहोस् ।

उत्तर : हामीले जीवनमा निरन्तर मिहिनेत र परिश्रम गरिरहनु पर्छ । अथक मिहिनेतबाट नै जङ्गल    स्वर्गको बगैंचा जस्तो सुन्दर बन्न सक्छ । दाउरोलाई सयौँपल्ट घोटेर चन्दन बनाउन सकिन्छ । मनमा यो काम गरेरै छाड्ने छु भन्ने अठोट छ भने यो संसारमा असम्भव भन्ने क’रा केही पनि छैन । यो संसारमा जति पनि महान् मानिसहरु छन्, उनीहरु सबै दृढ अठोटका कारण महान् भएका हुन् । त्यसैले हामीहरु पनि मनमा अठोट लिएर निरन्तर मिहिनेत गर्यो भने अवश्य महान् बन्न सकिन्छ ।

(ख ) जीवन सार्थक पार्न के के गर्नुपर्छ ?

उत्तर:जीवन सार्थक पार्न हामीले मनमा अठोट लिएर निरन्तर सङ्घर्ष गर्नुपर्छ । कर्म गर्ने मान्छेको जीवन सुखी हुन्छ । मनबाट इयद्वेष हटाएर राष्ट्रका लागि काम गर्नुपर्छ । अन्यायका विरुद्ध आवाज बुलन्द गर्नुपर्छ । यसरी लोभलालच नगरी व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समग्र धर्ती सजाउने काममा लाग्यौं भने जीवन सार्थक बनाउन सकिन्छ ।

(ग ) कवितामा कविले कस्तो आदर्श जीवन यात्राको कल्पना गरेका छन् ?

उत्तर:कवितामा कविले लोभलालच र व्यक्तिगत स्वार्थ त्यागेर कर्मको यात्रामा तल्लीन हुन चाहेका छन् । चन्द्रसूर्य जस्तै बनेर अरुलाई उज्यालो किरण दिन चाहन्छन् । आफ्नै पौरखले जीवनको बाटो खन्न खोजेका छन् । यसरी कवि एउटा महान् मानिस बनेर अरुको सेवा गर्ने आदर्श जीवन यात्राको कल्पना गरेका छन् ।

(घ) ‘उज्यालो यात्रा’ कविताको मूल भाव के हो ?

उत्तर:हामीले मनमा अठोट लिएर निरन्तर सङ्घर्ष गर्नुपर्छ । कर्म गर्ने मान्छेको जीवन सुखी हुन्छ । मनबाट इर्ष्याद्वेष हटाएर राष्ट्रका लागि काम गर्नुपर्छ । ज्ञान र कर्मले हाम्रो धर्ती सजाउनुपर्छ । अन्यायका विरुद्ध आवाज उठाउनुपर्छ । हामी चन्द्रसूर्य बनेर धर्तीको अन्धकारलाई हटाउनुपर्छ । यसरी असल कर्म गरेर हामी महान् मानिस बन्न सक्नुपर्छ भन्नु नै यो कविताको मूल भाव हो ।

११. भाव विस्तार गर्नुहोस् :

(क)   ईष्यद्विष हटाएर जो प्रेम सौरभ

        तिनै मान्छेहरू बन्छन् विश्वका निम्ति गौरव ।

उत्तर:  प्रस्तुत कवितांश ‘उज्यालो यात्रा’ कविताबाट साभार गरिएको हो । यस कविताका लेखक नेपाली    साहित्यका प्रसिद्ध कवि रामप्रसाद ज्ञवाली हुन् । यस कवितामा कविले असल मानिस बनेर धर्ती सजाउनुपर्छ भन्ने भाव प्रस्तुत गरेका छन् । महान् मानिस बन्न ईर्ष्याद्वेष जस्ता खराब आचरण त्याग्नुपर्छ भन्ने बुझाउने सन्दर्भमा प्रस्तुत कवितांश आएको हो ।

ईर्ष्याद्वेष हाम्रा शत्रु हुन् । हाम्रो सुखका बाधक हुन् । यति मात्र नभएर समाजको उन्नतिका पनि बाधक हुन् । अरुको डाह गरेर र मनमा शत्रुताको भावना राखेर हामी कहिल्यै असल मान्छे बन्न सक्दैनौँ । गौतम जसले ईर्ष्या द्वेष कहिलै मनमा राखेनन्, विश्वमा शान्तिको सन्देश फैलाए अनि विश्वले गौरव गर्न लायक मान्छे कहलाए । मनमा ईर्ष्या र द्वेष पाल्ने मान्छेले आफ्नै आमालाई पनि सही देख्न सक्दैन । मनमा सफा भयो भने हामी, प्रेमको सुवास छर्न सक्छौँ । आफू खुसी रहेर अरुलाई पनि खुसी बनाउन सक्छौं । आफ्नो व्यक्तिगत स्वार्थमा लिप्त नभएर प्रेम बाँड्ने मान्छेहरू विश्वकै गौरव भएर रहन सक्छन् । हामीले पनि मनबाट ईर्ष्याद्वेष हटाउनुपर्छ र मानव कल्याणका लागि अग्रसर हुनुपर्छ ।

यसरी सौरभ, गौरव जस्ता अनुप्रासयुक्त शब्द प्रयोग गरी अनुष्टुप छन्दमा लेखिएको यस कवितांशमाहामीलाई सत्मार्गमा लाग्नआग्रह गरिएको छ । प्रेमको सुवास बाँड्ने मान्छे नै विश्वका निम्ति गौरव हुने कुरा स्पष्ट पार्दै यही बाटोमा सबैलाई डोऱ्याउनखोजिएको छ ।

(ख)  उदात्त कर्मको यात्रा गर्दछन् जो सधैं सधैं

       आदर्श नमुना मान्छे बन्दछन् विश्वमा तिनै ।

उत्तर: प्रस्तुत कवितांश ‘उज्यालो यात्रा’ कविताबाट साभार गरिएको हो । यस कविताका लेखक वरिष्ठ   साहित्यकार कवि रामप्रसाद ज्ञवाली हुन् । यस कवितामा हामीलाई असल काममा लाग्न प्रेरित गरिएको छ । राम्रो काम गर्ने मान्छे आदर्श मान्छे बन्ने सन्दर्भ बुझाउने क्रममा प्रस्तुत कवितांश आएको हो ।

मानिस कर्मले महान् बन्छन् । कुर्मले यो धर्ती सुन्दर बनाउन सकिन्छ । कर्मले जङ्गल नन्दन बनाउन सकिन्छ । सयौंपल्ट कुदेर ढुङ्गा मूर्ति बन्छ । मान्छेले कर्म नगरी अल्छी गरेर बसेको भए हामी ढुङ्गे युगमै हुन्थ्यौँ । हाम्रा अग्रजहरुका महान् कर्मले नै हामीले यो सुन्दर संसार पाएका छौं । कर्मले पहाड फोडिएका छन्, कर्मले मूरुभूमिमा उब्जनी भएको छ । पृथ्वीनारायण शाह कर्मले महान् आदर्श राजा बने । डा. सन्दुक रुइत कर्मले आदर्श व्यक्ति बन्दै छन् । अझ निरन्तरको असल कर्मले मान्छेलाई भगवान् बनाउँछ । कर्मको यात्रामा लागेर समाज हितमा लागेका मान्छेहरू मरेर पनि अमर छन् । एउटा विद्यार्थीलाई पनि असल कर्मले सबैको प्रिय, असल र सफल बनाउँछ । कर्म नगरी ज्ञान पनि मिल्दैन । त्यसैले हामी सबै कर्मको कलमले नै हाम्रो भविष्य निर्माण गर्न सक्छौं ।

यसरी मिठासपूर्ण भाषाशैलीको प्रयोग गरी अनुष्टुप छन्दमा लेखिएको कवितांशमा हामी पनि असल कर्महरु गरेर समाजको आदर्श व्यक्ति बन्नुपर्छ भन्ने भाव स्पष्ट पार्न खोजिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *