पाठ १४
तत्वको वर्गीकरण
(Classification of Element )
पाठको सम्पूर्ण अभ्यासको सहजीकरण
ak learning nepal
Develop by akaleeking
अभ्यास
1. तलका प्रश्नको सही विकल्प छनोट गर्नुहोस् :
(क) इलेक्ट्रोनिक विन्यास 1s², 2s²2p³ भएको तत्त्व आधुनिक पेरियोडिक तालिकाको कुन ग्रुपमा पर्छ ?
(अ) IIIA
(आ) IIIB
(इ) VA
(ई) VB
(ख) आधुनिक पेरियोडिक तालिकाको ग्रुप IIA र IIIA बिचमा रहेका तत्त्वलाई के भनिन्छ ?
(अ) अल्काली धातु
(आ) सङ्क्रमण धातु
(इ) अल्कलाइन अर्थ धातु
(ई) रेयर अर्थ धातु
(ग) तलका मध्ये सबैभन्दा क्रियाशील अधातु कुन हो ?
(अ) फ्लोरिन
(इ) ब्रोमिन
(आ) क्लोरिन
(ई) आयोडिन
(घ) तलका मध्ये सबैभन्दा क्रियाशील धातु कुन हो ?
(अ) लिथियम
(इ) पोटासियम
(आ) सोडियम
(ई) सिजियम
(ङ) आधुनिक पेरियोडिक तालिकामा निष्क्रिय ग्यास inert gas कुन ग्रुपमा पर्दछन् |
(अ) 0
(आ) IA
(इ) VIIB
(ई) VIIA
(च) तलका मध्ये कुन समूहले तत्त्वको धातु गुण बढ्दै जाने उचित क्रम सङ्केत गर्छ ?
(अ) Be< Mg < Ca
(आ) Na<Li<K
(इ) Mg <Al<S
(ई) C<O<N
(छ) तालिकामा तत्त्वहरू A, B, C र D का स्थानहरू देखाइएको छ । कुन तत्त्वले अम्लीय अक्साइड बनाउन सक्छ ?
(अ) A (इ) C
(आ) B (ई) D
2. कारण दिनुहोस् :
(क) तत्त्वहरूको वर्गीकरण गर्न आवश्यक छ ।
उत्तरः किनकी संसारमा 118 ओटा तत्वहरु छन् । यिनी हरुलाई सजिसो सित अध्यन गर्नकाे लागि तत्त्वहरूको वर्गीकरण गर्न आवश्यक छ ।
(ख) आधुनिक पेरियोडिक तालिकाको कुनै पनि ग्रुपमा माथिबाट तल जादा तत्त्वहरूको आकार बढ्छ ।
उत्तर : किनकी पारमाणविक सङ्ख्या बढ्दै जांदा तत्त्वको प्रोटोन, न्युट्रोन र इलेक्ट्रोनको सङ्ख्या बढ्दै जान्छ | त्यसैले आधुनिक पेरियोडिक तालिकाको कुनै पनि ग्रुपमा माथिबाट तल जादा तत्त्वहरूको आकार बढ्छ ।
(ग) आधुनिक पेरियोडिक तालिकाको कुनै पनि पिरियडमा बायाबाट दायां जांदा तत्त्वहरूको आकार घट्छ ।
उत्तर : किनकी पारमाणविक सङ्ख्या बढ्दै जांदा तत्त्वको प्रोटोन, न्युट्रोन र इलेक्ट्रोनको सङ्ख्या बढ्दै जान्छ तर सेलको सङ्ख्या भने नबढेमा इलेक्ट्रोन सोही सेलमा थपिदै जान्छ । फलस्वरूप परमाणुहरू खुम्चिन थाल्छन् । त्यसैले आधुनिक पेरियोडिक तालिकाको कुनै पनि पिरियडमा बायाबाट दायां जांदा तत्त्वहरूको आकार घट्छ ।
(घ) आधुनिक पेरियोडिक तालिकामा हाइड्रोजन अधातु हो तर पनि यसलाई धातुको समूहमा राखिएको छ ।
उत्तर : किनकी अधातु भए पनि इलेक्ट्रोन दिएर धनात्मक चार्ज युक्त आयोन बन्छ l त्यसैले आधुनिक पेरियोडिक तालिकामा हाइड्रोजन अधातु हो तर पनि यसलाई धातुको समूहमा राखिएको छ ।
(ङ) सोडियमभन्दा पोटासियम बढी क्रियाशील हुन्छ ।
उत्तर : किनभने सोडियमभन्दा पोटासियमको आकार ठुलो हुन्छ । फलस्वरुप पोटासियम परमाणुबाट इलेक्ट्रोन छुट्टीने सम्भावना बढी हुन्छ । सोडियमभन्दा पोटासियम बढी क्रियाशील हुन्छ ।
(च) क्लोरिनभन्दा फ्लोरिन बढी क्रियाशील हुन्छ ।
उत्तर : किनभने फ्लोरिनको आकार क्लोरिनको भन्दा सानो हुन्छ फलस्वरुप इलेक्ट्रोन ग्रहण गर्ने क्षमता बढी हुन्छ । त्यसैले क्लोरिनभन्दा फ्लोरिन बढी क्रियाशील हुन्छ ।
(छ) आधुनिक पेरियोडिक तालिकाको कुनै पनि पिरियडमा बायाबाट दाया जादा तत्त्वहरुका धातुको गुण घट्दै र अधातुको गुण बढ्दै जान्छ ।
उत्तर : कुनै पनि पिरियडको बायाबाट दाया जादा तत्त्वको परमाणुको आकार घट्दै जाने भएकाले इलेक्ट्रोन दिन सक्ने क्षमतामा कमी हुँदै जान्छ भने इलेक्ट्रोन लिन सक्ने क्षमतामा वृद्धि हुँदै जान्छ । जसले गर्दा आधुनिक पेरियोडिक तालिकाको कुनै पनि पिरियडमा बायाबाट दाया जादा तत्त्वहरुका धातुको गुण घट्दै र अधातुको गुण बढ्दै जान्छ ।
(ज) निष्क्रिय ग्यासलाई ग्रुप शून्यमा राखिएको छ ।
उत्तर: किनकी निष्क्रिय ग्यासमा तत्त्वहरूको सबभन्दा बाहिरी सेलमा आठओटा इलेक्ट्रोन हुने भएकाले ती तत्त्वहरूले रासायनिक प्रतिक्रियामा भाग लिदैनन्। जुन चाही ग्रुप शुन्यमा पर्छ। त्यसकारण निष्क्रिय ग्यासलाई ग्रुप शून्यमा राखिएको छ।
(झ) चित्रमा पेरियोडिक तालिकाको कुनै एउटा खण्ड देखाइएको छ ? यसमा बायाबाट दायांतिर जादा क्रमशः परमाणुको आकारमा के फरक पर्छ, कारण लेख्नुहोस् ।
उत्तर : चित्रमा देखिएको बायाबाट दायां जांदा त्त्वहरूको आकार घट्छ । किनकी पारमाणविक सङ्ख्या बढ्दै जांदा तत्त्वको प्रोटोन, न्युट्रोन र इलेक्ट्रोनको सङ्ख्या बढ्दै जान्छ तर सेलको सङ्ख्या भने नबढ्ने भएकाले बढेको इलेक्ट्रोन सोही सेलमा थपिदै जान्छ । त्यस्तै, प्रोटोन र न्युट्रोनको सङ्ख्या बढेसंगै न्युक्लियसको धनात्मक सङ्ख्या बढ्छ र आफ्नो वरिपरिका सेललाई बढी आकर्षण शक्तिले तान्न थाल्छ । फलस्वरूप परमाणुहरू खुम्चिन थाल्छन् ।
3. फरक लेख्नुहोस् :
(क) ग्रुप र पिरियड
ग्रुप (Group) | पेरियड (Period) |
(i) पेरियोडिक तालिकाको vertical columns लाई ग्रुप भनिन्छ । | (i) पेरियोडिक तालिकाको horizontal rows लाई पेरियड भनिन्छ । |
(ii) एउटै ग्रुपमा भएका तत्वहरूको valence electrons उही हुन्छ । | (ii) एउटै पेरियडमा भएका तत्वहरूको valence electrons बायाँबाट दायाँतिर जाँदा बढ्दै जान्छ । |
(iii) एउटै ग्रुपमा भएका तत्वहरूको संयुज्यता बराबर हुन्छ । | (iii) एउटै पेरियडमा भएका तत्वहरूको संयुज्यता फरक हुन्छ । |
(iv) ग्रुपमा माथिबाट तलतिर जाँदा परमाणुको आकार बढ्दै जान्छ । | (iv) पेरियडमा बायाँबाट दाँयातिर जाँदा परमाणुको आकार कम हुँदै जान्छ । |
(ख) क्लोरिन र सोडियम
क्लोरिन | सोडियम |
१) यसको परमाणविक संख्या 17 हुन्छ। | १) यसको परमाणविक संख्या 11 हुन्छ । |
२) यो VIIA ग्रुपमा पर्छ। | २) यो ग्रुप IA ग्रुपमा पर्छ। |
(ग) ग्रुप IA र ग्रुप VIIA का तत्त्वहरू
ग्रुप IA | ग्रुप VIIA |
1. यी तत्त्वहरूको भ्यालेन्स सेलमा एउटा मात्र इलेक्ट्रोन हुन्छ। | 1. भ्यालेन्स सेलमा सात ओटा इलेक्ट्रोनहरू हुन्छन्। |
2. माथिबाट तलतिर जाँदा यी तत्त्वहरूको सक्रियता बढ्दै जान्छ । | 2. माथिबाट तलतिर जाँदा यी तत्त्वहरूको सक्रियता घट्दै जान्छ । |
(घ) इलेक्ट्रोनेगेटिभिटी र इलेक्ट्रोपोजिटिभिटी
इलेक्ट्रोनेगेटिभिटी | इलेक्ट्रोपोजिटिभिटी |
१) तत्त्वहरूको भ्यालेन्स सेलबाट इलेक्ट्रोन छोडेर धनात्मक आयोन बनाउन सक्ने गुणलाई इलेक्ट्रोपोजेटिभिटी भनिन्छ । | १) तत्त्वहरूको भ्यालेन्स सेलबाट इलेक्ट्रोन छोडेर धनात्मक आयोन बनाउन सक्ने गुणलाई इलेक्ट्रोपोजेटिभिटी भनिन्छ । |
२) ग्रुप 1 देखि 18 सम्म जादा तत्त्वको इलेक्ट्रोपोजिटिभिटी वा धातुको गुण घट्दै जान्छ। | २) ग्रुप 1 देखि 18 सम्म जादा तत्त्वको इलेक्ट्रोनेगेटिभिटी वा अधातुको गुण बढ्दै जान्छ । |
4. तलका प्रश्नको उत्तर दिनुहोस् :
(क) आधुनिक पेरियोडिक नियम लेख्नुहोस् ।
उत्तरः आधुनिक पेरियोडिक नियमः “ तत्वहरूका गुणहरू तिनीहरूका पारमाणविक संख्याका पेरियोडिक कार्यस्वरुप हुन्छन् । “
(ख) आधुनिक पेरियोडिक तालिकामा कतिओटा ग्रुप र पिरियड छन् ?
उत्तरः आधुनिक पेरियोडिक तालिकामा 18 ओटा ग्रुप र 7 ओटा पिरियड छन् ।
(ग) आधुनिक पेरियोडिक तालिकामा सोडियमको स्थान लेख्नुहोस् । यसलाई अल्काली धातु भनिनुको कारण के हो ?
उत्तर : आधुनिक पेरियोडिक तालिकामा सोडियमको स्थान IA मा पर्छ | किनकी यिनीहरु पानीसंग प्रतिक्रिया गरी कडा अल्काली बनाउने भएकाले यसलाई अल्काली धातु राखिएको छ |
(घ) दिइएका तत्त्वहरूको आधुनिक पेरियोडिक तालिकामा स्थान लेख्नुहोस् : अल्काली धातु, अल्कलाइन अर्थ धातु, निष्क्रिय ग्यास, सङ्क्रमण धातु, ल्यान्थेनाइडस्,एक्टिनाइडस्
उत्तर : अल्काली धातु IA ग्रुप
अल्कलाइन अर्थ धातु IIA ग्रुप
निष्क्रिय ग्यास O ग्रुप
सङ्क्रमण धातु IIIB देखि IIB ग्रुप
ल्यान्थेनाइडस् f-block मा रहेको परमाणविक सख्या 58 देखि 71 सम्म
एक्टिनाइडस् f-block मा रहेको परमाणविक सख्या 90 देखि 103 सम्म
(ङ) सल्फरको इलेक्ट्रोनिक विन्यास लेखी आधुनिक पेरियोडिक तालिकामा यसको स्थान लेख्नुहोस् ।
उत्तर : सल्फरको इलेक्ट्रोनिक विन्यास गर्दा :-
(S) → 1s2, 2s2 2p6, 3s2 3p4
⇒ 2, 8, 6
र यसको स्थान VIA ग्रूपमा पर्छ |
(च) आधुनिक पेरियोडिक तालिकामा मुख्यतयाः केका आधारमा ग्रुप र पेरियोड छुट्याइएको हुन्छ ?
उत्तर : आधुनिक पेरियोडिक तालिकामा मुख्यतयाः गुण र प्रमाणविक सख्याका आधारमा ग्रुप र पेरियोड छुट्याइएको हुन्छ |
(छ) फ्लोरिन, क्लोरिन र ब्रोमिन पेरियोडिक तालिकाको कुन समूहमा पर्छन् ? यीमध्ये कुन तत्त्व सबैभन्दा सक्रिय हुन्छ, किन ?
उत्तर : फ्लोरिन, क्लोरिन र ब्रोमिन पेरियोडिक तालिकाको VIIA समूहमा पर्छन् | यी मध्ये सबै भन्दा सक्रिय तत्त्व फ्लोरिन हुन् किनकी फ्लोरिनकाे परमाणुकाे आकार क्लोरिन, र ब्रोमिनको भन्दा सानो हुन्छ। र फ्लोरिनकाे परमाणुमा न्न्युक्लियसबाट बाहिरी सेल नजिक भएकाले छिट्टो इलेक्ट्रोन दिन्छ।