AK Learning Nepal

  Thursday 16 October 2025 / 01:43 PM
   |   
Posted in

पाठ 15 

पाठ 15 

रासायनिक प्रतिक्रिया ( Chemical Reaction )

पाठको सम्पूर्ण अभ्यासकाे सहजीकरण 

AK Learning Nepal 

अभ्यास

1. तलका प्रश्नको सही विकल्पमा ठिक चिह्न (√) लगाउनुहोस् :

(क) सोडियम क्लोराइड र सिल्भर नाइट्रेटबिच हुने रासायनिक प्रतिक्रिया कुन हो ?

(अ) संयोजन प्रतिक्रिया 

(आ) विभाजन प्रतिक्रिया

(इ) एकल विस्थापन प्रतिक्रिया

(ई) दोहोरो विस्थापन प्रतिक्रिया

(ख) 4Na + O₂ → 2Na₂ O, कस्तो प्रकारको रासायनिक प्रतिक्रिया हो ?

(अ) संयोजन प्रतिक्रिया

(आ) विभाजन प्रतिक्रिया

(इ) अम्ल क्षार प्रतिक्रिया

(ई) विस्थापन प्रतिक्रिया

(ग) दिइएको रासायनिक प्रतिक्रियामा प्रतिक्रियारत पदार्थ X कुन हो ?

HCl + X → NaCl + H₂O

(अ) NaOH            (आ) Na

(इ) NaH।               (ई) Na + H₂O

(घ) क्याल्सियम कार्बोनेटलाई तताउँदा हुने रासायनिक प्रतिक्रिया कुन प्रकारको हो ?

(अ) संयोजन प्रतिक्रिया

(आ) विभाजन प्रतिक्रिया 

(इ) अम्ल क्षार प्रतिक्रिया

(ई) विस्थापन प्रतिक्रिया

2.कारण दिनुहोस् :

(क) हाइड्रोजन पेरोअक्साइडलाई पारदर्शी भांडामा राखिदैन ।

उत्तरः पारदर्शी भाँडोबाट प्रकाश छिर्छ । प्रकाशको उपस्थितिमा हाइड्रोजन पेरोअक्साइड पड्किन्छ। त्यसकारण प्रकाश छिरेर हुने विस्फोटबाट बचाउन हाइड्रोजन पेरोअक्साइडलाई पारदर्शी भाँडामा राखिदैन ।

(ख) अम्ल क्षार प्रतिक्रियालाई निराकरण प्रतिक्रिया भनिन्छ ।

उत्तरः अम्ल र क्षार रासायनिक प्रतिक्रिया गरेर लवण र पानी बनाउँछन् । उक्त बन्ने लवणले सूचक पदार्थ (indicator) हरुमा कुनै असर देखाउदैन। त्यसकारण अम्लक्षार प्रतिक्रियालाई निराकरण प्रतिक्रिया भनिन्छ ।

(ग) रासायनिक प्रतिक्रियाको गति प्रतिक्रियाअनुसार फरक हुन्छ ।

उत्तरः रासायनिक प्रतिक्रियाको गति रासायनिक प्रतिक्रियामा भाग लिने पदार्थहरुको भौतिक अवस्था, संख्या, प्रतिक्रियाको जटिलता, प्रतिक्रियारत पदार्थको आकार, आदिमा भर पर्छ। त्यसकारण रासायनिक प्रतिक्रियाको गति प्रतिक्रिया अनुसार फरक हुन्छ।

3. फरक लेख्नुहोस् :

(क) एकल र दोहोरो विस्थापन रासायनिक प्रतिक्रिया

एकल विस्थापन रासायनिक प्रतिक्रिया

दोहोरो विस्थापन रासायनिक प्रतिक्रिया

1. एउटा यौगिककाे एउटा तत्वलाई अर्को कुनै तत्वले विस्थापन गर्दछ भने त्यस प्रकारको विस्थापन प्रतिक्रियालाई एकल विस्थापन रासायनिक प्रतिक्रिया भनिन्छ।

1. दुर्इ यौगिकमा रहेको आयोनहरुकाे आदानप्रदान बाट नयाँ यौगिकहरु बन्ने रासायनिक प्रतिक्रियालाई दोहोरो विस्थापन रासायनिक प्रतिक्रिया भनिन्छ।

2. यसका उदाहरणहरु:- Br₂+2Kl → 2KBr+l₂

cl₂+2NaBr → 2NaCl+Br₂ आदि।

2. यसका उदाहरणहरु:- NaCl + AgNO → AgCl + NaNO ,

BaCl₂ + Na₂SO₄ → BaSO₄ + 2NaCl आदि।

(ख) संयोजन र विच्छेदन प्रतिक्रिया

संयोजन प्रतिक्रिया

विच्छेदन प्रतिक्रिया

1. दुई वा दुई भन्दा बढी प्रतिक्रियारत पदार्थहरु आपसमा मिली नयाँ पदार्थ बन्ने प्रतिक्रियालाई संयोजन प्रतिक्रिया भनिन्छ।

1. एउटा प्रतिक्रियारत पदर्थ विभाजन भई दुई वा दुईभन्दा बढी उत्पादित पदार्थ बन्ने  प्रतिक्रियालाई विच्छेदन प्रतिक्रिया भनिन्छ।

2. यसका उदाहरणहरु:- 4Fe+ 3O₂ → 2Fe₂O₃ ,

2Mg+O₂  →  2MgO आदि ।

2. यसका उदाहरणहरु:-  2NaOH → Na₂O + H₂O ,

2KClO₃ → 2KCl+ 3O₂ आदि।

4. दिइएका रासायनिक समीकरणलाई सन्तुलन गरी प्रकार लेख्नुहोस् :

(क) KCIO₃ → KCl + O₂

उत्तरः  2KCIO₃ → 2KCl + 3O₂ ( संयोजन प्रतिक्रिया )

(ख) CH₄+0₃ → CO₂+H₂O

उत्तरः  CH₄+20₃ → CO₂+2H₂O ( अम्ल क्षार प्रतिक्रिया )

(ग) Fe+ O₂ → Fe₂O₃

उत्तरः   4Fe+ 3O₂ → 2Fe₂O₃ ( संयोजन प्रतिक्रिया )

(घ) Zn + H₂SO₄ → Zn SO₄+ H₂

उत्तरः   Zn + H₂SO₄ → Zn SO₄+ H ( विस्थापन प्रतिक्रिया )

(ङ) Al + H₂SO₄ → Al₂(SO₄)₃ + H

उत्तरः  2Al + 3H₂SO₄ → Al₂(SO₄)₃ + 3H ( विस्थापन प्रतिक्रिया )

5. तलका प्रश्नको उत्तर लेख्नुहोस् :

(क) रासायनिक समीकरण भनेको के हो ? कुनै एउटा उदाहरणबाट प्रस्ट पार्नुहोस् ।

उत्तरः रासायनिक प्रतिक्रियामा संलग्न (प्रतिक्रियारत र उत्पादित पदार्थलाई शब्द, सड़केत तथा सूत्रहरूद्वारा लेखिएको समीकरणलाई रासायनिक समीकरण भनिन्छ ।

उदाहरण:-

KCIO₃ → KCl + O₂

(ख) रासायनिक प्रतिक्रियाको दर भनेको के हो ? रासायनिक प्रतिक्रियाको दरलाई असर पार्ने कुनै चार तत्त्व उल्लेख गर्नुहोस् ।

उत्तरः एकाइ समयमा प्रतिक्रियारत पदार्थ उत्पादित पदार्थमा परिवर्तन हुने गतिलाई रासायनिक प्रतिक्रियाको दर भनिन्छ ।

रासायनिक प्रतिक्रियाको दरलाई असर पार्ने कारक तत्वहरु निम्न छन्:-

क. ताप  

ख. चाप      

ग. उत्प्रेरक

घ. प्रकाश      

(ग) विस्थापन प्रतिक्रिया भनेको के हो ? यसका कुनै दुईओटा उदाहरण सन्तुलित रासायनिक समीकरणसहित लेख्नुहोस् ।

उत्तर:- एउटा तत्व वा रेडिकल अर्को तत्व वा रेडिकललाई विस्थापन गरी हुने रासायनिक प्रतिक्रियालाई विस्थापन प्रतिक्रिया भनिन्छ।

उदाहरण:-

Br₂+2Kl → 2KBr+l₂

BaCl₂ + Na₂SO₄ → BaSO₄ + 2NaCl

(घ) विभाजन प्रतिक्रियाका कुनै दुईओटा उदाहरण सन्तुलित रासायनिक समीकरणसहित लेख्नुहोस् ।

उत्तरः

      2NaOH → Na₂O+H

      2KClO₃ → 2KCl + 3O₂

(ङ) तल दिइएको चित्रमा कुन प्रकारको रासायनिक प्रतिक्रिया हुन्छ ? उक्त प्रतिक्रियाको सन्तुलित रासायनिक समीकरण लेख्नुहोस् ।

उत्तरः दिइएको चित्रमा कुन प्रकारको रासायनिक प्रतिक्रिया

आइरन + कपर सल्फेट →  आइरनसल्फेट + कपर

      Fe + CuSO₄ → FeSO₄ + Cu ( सन्तुलित रासायनिक समीकरण पहिले देखि नै छ। )

(च) चार जना विद्यार्थी A, B, C, D लाई विज्ञान प्रयोगशालामा विच्छेदन प्रतिक्रिया गर्न लगाइन्छ । प्रत्येक विद्यार्थीले तल दिएअनुसार फरक फरक विधि अपनाए।

(अ) विद्यार्थी A ले Mg को रिबन वालेछन् ।

(आ) विद्यार्थी B ले Zn लाई FeSO को घोलमा  मिसाएछन् ।

(इ)) विद्यार्थी C ले KCIO₃ लाई परीक्षण नलीमा  तताएछन् ।

(ई) विद्यार्थी D ले Zn लाई HCl को घोलमा मिसाएछन् ।

कुन विद्यार्थीले सही विधि अपनाएछन् । उक्त विच्छेदन प्रतिक्रियाको सन्तुलित रासायनिक समीकरण लेख्नुहोस् ।

उत्तरः उक्त प्रश्नमा, सही विधि अपनाउने विद्यार्थी C हो। विद्यार्थी C ले KCIO₃ (पोटासियम क्लोरेट) लाई परीक्षण नलीमा तताएछन् । यसको सन्तुलित रासायनिक समीकरण निम्नस्वरूप हुन्छ:

2KCIO₃ → 2KCl + 3O₂

यसमा पोटासियम क्लोरेट (KCIO₃) विभाजन हुँदा पोटासियम क्लोराइड (KCl) र अधिक मात्रामा अक्सिजन (O₂) उत्पन्न हुन्छ। यसै गरी, विद्यार्थी C ले परीक्षण नलीमा KCIO₃ तताएछन् ।

(छ) समिरले एउटा म्याग्नेसियम रिवन जलाउछन, जुन रिबन वा सानो फित्ता जस्तो हुन्छ । जल्दा उक्त तत्त्वले उज्यालो प्रकाश दिएर सेतो धुलो A बन्छ । अब A के हो पत्ता लगाउनुहोस् । उक्त प्रतिक्रियाको सन्तुलित  रासायनिक समीकरण पनि लेख्नुहोस् ।

उत्तरः समिरले जलाएको म्याग्नेसियम रिवन (Mg) वा सानो फित्ता (MgO) उज्यालो प्रकाश दिएर सेतो धुलो A बनाउँछन्।

यसको रासायनिक समीकरण:

Mg + O₂ → MgO

यो समीकरणमा, म्याग्नेसियम (Mg) र ऑक्सीजन (O₂) रिएको छन् र उनीहरूले यस्तो रिएको छ:

2Mg + O₂ → 2MgO

यसका आधारमा, समिरले जलाएको म्याग्नेसियम रिवन र ऑक्सीजनले प्रतिक्रिया गरी म्याग्नेसियम अक्साइड (MgO) बनाएको हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *