पाठ १३
सूचना तथा सञ्चार प्रविधि
पाठको सम्पूर्ण अभ्यासकाे सहजीकरण
AK Learning Nepal
अभ्यास
1. सही उत्तर छान्नुहोस् :
(क) तलका मध्ये कुनले एनालग सिग्नलको प्रतिनिधित्व गर्छ ?
(अ) इन्फ्ररेड रे थर्मोमिटर
(आ) कम्प्युटर
(इ) स्मार्ट घडी
(ई) मिडियम वेव रेडियो
(ख ………..ले 1 byte मेमोरी जनाउँछ ।
(अ) 0000
(आ) 00000000
(इ) 100000
(ई) 000001
(ग) तलका मध्ये डिजिटल सिग्नल प्रसारणका चरणमध्ये सही क्रममा रहेका चरणको समूह कुन हो ?
(अ) स्रोत, इनपुट ट्रान्सड्युसर, डिकोडर, मोड्युलेटर, च्यानल, डिमोड्युलेटर, इन्कोडर, आउटपुट ट्रान्सड्युसर
(आ) स्रोत, इनपुट ट्रान्सड्युसर, इन्कोडर, डिमोड्युलेटर, च्यानल, मोड्युलेटर, डिकोडर, आउटपुट ट्रान्सड्युसर
(इ) स्रोत, इनपुट ट्रान्सड्युसर, इन्कोडर, मोड्युलेटर, च्यानल, डिमोड्युलेटर, डिकोडर, आउटपुट ट्रान्सड्युसर
(ई) स्रोत, इन्कोडर, इनपुट ट्रान्सड्युसर, मोड्युलेटर, च्यानल, डिकोडर, डिमोड्युलेटर, आउटपुट ट्रान्सड्युसर
(घ) तलका मध्ये अडियो फाइल फर्मेट कुन हो ?
(अ) .SVI
(इ) .MP4
(आ) .MP3
(ई) .3GP
(ङ) सामाजिक सञ्जालमा समय समयमा नया वैज्ञानिक खोजसम्बन्धी जानकारी पोस्ट गर्ने व्यवहारले के जनाउँछ ?
(अ) सामाजिक सञ्जालको अव्यवस्थित प्रयोग
(आ) डिजिटल आरोग्यता सिप
(इ) डिजिटल आरोग्यताका लागि सजगता
(ई) डिजिटल प्रतिष्ठा व्यवस्थापन
2. फरक लेख्नुहोस् :
(क) एनालग सिग्नल र डिजिटल सिग्नल
एनालग सिग्नल | डिजिटल सिग्नल |
1. एनालग सिग्नलहरू लगातार प्राप्त भइरहन्छन् । | 1. डिजिटल सिग्नल खण्ड खण्ड रुपमा प्राप्त हुन्छन् । |
2. एनालग सिग्नल समयसँग निरन्तर परिवर्तन हुन्छ। | 2. डिजिटल सिग्नल समय बढ्दा कुनै दुई निश्चित मानले परिवर्तन हुन्छ । |
(ख) एनालग सिग्नल प्रसारण र डिजिटल सिग्नल प्रसारण
एनालग सिग्नल प्रसारण | डिजिटल सिग्नल प्रसारण |
1. यसमा कोडिङ सम्भव हुदैन । | 1. यसमा कोडिङ सम्भव हुन्छ । |
2. यस किसिमको प्रसारणका लागि ब्यान्ड विड्थ कम चाहिन्छ। | 2. यस किसिमको प्रसारणका लागि बढी ब्यान्ड विड्थ आवश्यक पर्छ । |
(ग) डिजिटल आरोग्यता र डिजिटल रेपुटेसन
डिजिटल अरोग्यता | डिजिटल रेपुटेसन |
1. डिजिटल आरोग्यता भनेको मानिसले अनलाइन र अफलाइन रहने समय बिच सन्तुलन राखी समग्रमा मानसिक, शारीरिक,सामाजिक र भावनात्मक रुपले स्वस्थ रहनु हो । | 1. डिजिटल रेपुटेसन भन्नाले अनलाइनमा गर्ने सम्पूर्ण क्रियाकलापको डिजिटल फुर्टप्रिन्ट र अरुले हाम्रो बारेमा बनाउने धारणाको संयुक्त रुप हो । |
2. डिजिटल आगोग्यताले गर्दा कर्मचारीहरू काम प्रति दत्तचित्त र उत्पादित हुन्छ । | 2. डिजिटल रेपुटेसनले गर्दा मानिसमा डिजिटल आरोग्यतामा रहन सहयोग पुग्याउँछ । |
3. तलका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) कम्प्युटर मेमोरीमा प्रयोग हुने विट (bit) र बाइट (byte) परिभाषित गर्नुहोस् ।
उत्तर : बिट : विट भन्नाले कम्प्युटरले प्रशोधन र स्टोर (भण्डारण) गर्न सक्ने डाटाको सबैभन्दा सानो एकाइ हो । एक विटमा दुई मानहरू 0 र 1 हुन्छन् । 0 ले अफ र 1 ले अन जनाउँछ ।
बाइट: बाइट भन्नाले डाटाको आ आधारभूत एकाइ हो जुन आठ ओटा बाइनरी डिजिट बराबर हुन्छ।
(ख) वर्तमान समयमा प्रयोग हुने हाइ स्पिड इन्टरनेटलाई ब्रोडवेन्ड प्रसारणका रूपमा प्रस्तुत गर्नुहोस् ।
उत्तर : ब्रोडबेन्डले साधारण तथा उच्च गतिको इन्टरनेटमा पहुँच हुनुलाई जनाउँछ जुन सधै अन हुन्छ र परम्परागत डायलअप इन्टरनेटको तुलनामा कैयौ गुणा उच्च गतिको हुन्छ । वर्तमान समयमा प्रयोग हुने हाइ स्पिड इन्टरनेटलाई ब्रोडवेन्ड प्रसारणको रुपमा उच्चस्तरीय ट्रान्समिसन प्रविधि प्रयोग गरी भ्वाइस, भिडियो र डाटालाई धेरै लामो दुरिसंम्म उच्च गतिमा प्रसारण गरिन्छ । यसमा प्रसारणका माध्यमहरू रेडियो वेभ, कोएक्सियल केवल, अप्टिकल फाइबर आदिको प्रयोग गरिन्छ । देशमा हाइ स्पिड इन्टरनेट प्रदान गर्ने ISP हरुले विदेशी कम्पनीसँग ब्यान्डविड्थ खरिद गरेका हुन्छन् । जुन धेरै क्यापासिटी भएको अन्डरग्राउण्ड अप्टिकल फाइबरबाट ISP सम्म आइपुग्छ । ISP बाट ग्राहको डाटा प्रशारण अप्टिकल सङ्केतलाई एनालग सङ्केतमा परिणत गर्दछ र हामी उच्च गतिको बख्रोडबेन्ड इन्टरनेट उपभोग गर्दछौं ।
(ग) डिजिटल प्रसारणका चारओटा फाइदा लेख्नुहोस् ।
उत्तर : डिजिटल प्रसारणका फाइदाहरू:
1. डिजिटल प्रसारण उच्च गतिको डाटा प्रसारण गर्न उपयोग गरिन्छ ।
2. डिजिटल प्रसारण सुरक्षित प्रकारको हुन्छ ।
3. डिजिटल प्रसारणमा न्वाइज र अरु अवरोधहरूलाई रोक्न सक्ने क्षमता हुन्छ ।
4. प्रोसेसिङ र मल्टिप्लेक्सिङको लागि डिजिटल प्रसारण उपयुक्त हुन्छ ।
(घ) कुनै दुईओटा उदाहरण प्रस्तुत गरी सूचना तथा सञ्चार प्रविधिको विकासमा डिजिटल प्रविधिको प्रभाव प्रस्ट पार्नुहोस् ।
उत्तर : उत्तरः सूचना तथा सञ्चार प्रविधिको विकासमा डिजिटल प्रविधिले महत्त्वपूर्ण प्रभाव परिरहेको हुन्छ ।
मोबाइल फोनमा कुराकानी गर्नु : मोबाइल फोनले हामीले बोलेको आवाजलार्य डिजिटल सङ्केतमा परिणत गर्छ । उक्त डिजिटल सङ्केत 'BTS' हुँदै अप्टिकल फाइबरबाट BSC को स्वीचिङ स्टेसन सम्म पुग्छ । स्वीचिङ स्टेसनले को सँग कुराकानी गर्न खोजेको हो उक्त व्यक्ति भएको एरियाको 'BTS' सम्म सङ्केत पुग्याउँछ। BTS मार्फत सम्बन्धित व्यक्तिको मोवाइल फोन सम्म डिजिटल सिग्नल पुग्छ र मोबाइल फोनले डिजिटल सङकेतलाई एनालग सङकेतमा परिणत गरी आवाज सुन्न र कुराकानी गर्न मद्दत गर्छ ।
डिजिटल पुस्तकालयः डिजिटल पठन सामग्री राखिएका मानिसमा पुस्तक पढ्ने बानी विकास हुन् छ । जस्तैः CDC Library विभिन्न पाठ्यपुस्तक त सन्दर्भ सामग्री अनलाइन पढेर ज्ञान बढाउन सकिन्छ ।
(ङ) दैनिक जीवनमा प्रयोग गरिने डिजिटल प्रविधिका कुनै चारओटा उदाहरण प्रस्तुत गर्नुहोस् ।
उत्तर : दैनिक जीवनमा प्रयोग गरिने डिजिटल प्रविधिका कुनै चारओटा उदाहरणहरू:
१. एटिएम मेसिन
२. बैङ्किङ र फाइनान्सियल कारोबारहरू
३. सामाजिक सञ्जाल
४. डिजिटल संगीत आदि ।
(च) दैनिक जीवनमा डिजिटल प्रविधिका दुई दुईओटा सकारात्मक र नकारात्मक प्रभाव लेख्नुहोस् ।
उत्तर : डिजिटल प्रबिधिको सकारात्मक प्रभावहरू :-
सामाजिक सञ्जालमा एक अर्कासँग जोडिएर सूचना र जानकारीको आदान प्रदान गर्न सकिन्छ ।
डिजिरल प्रविधि मार्फत मनोरञ्जन गर्न र गराउन सकिन्छ ।
डिजिटल प्रविधिका नकारत्मक प्रभावहरू :-
१. एकोहोरो रुपमा अनलाइनमा व्यस्त हुने व्यक्तिका लागि दैनिक रुपमा एक अर्कासँग अन्तरक्रिया गर्ने शैलीमा परिवर्तन आउँछ ।
२. हत्या, हिंसा समावेश भएका डिजिटल गेमहरूले व्यक्तिकी मानसिक स्वास्थ्यमा असर पार्ने लगायत समाजमा विकृति फैलाउने सम्भावना हुन्छ ।
(छ) डिजिटल सिटिजनसिप परिभाषित गर्नुहोस् ।
उत्तरः सक्रिय रुपमा इन्टरनेटको प्रयोग गर्ने र यसमा संलग्न रहने व्यक्तिको भर्चुअल संसारमा आवद्ध नेटिजेनको नागरिकतालाई डिजिटल सिटिजनसिप भनिन्छ ।
(ज) असल नेटिजेनका चारओटा विशेषताहरू लेख्नुहोस् ।
उत्तर : असल नेटिजेनका विशेषताहरूः
1. अनलाइन संवाद तथा इमेलबाट गरिने सञ्चार सामाजिक सञ्जालमा सार्वजनिक गरिने धारणा आदिमा सभ्य र शिष्ट भाषाको प्रयोग गर्ने ।
2. नेटिजनले अनलाइनमा प्रदर्शन गर्ने व्यवहार सामाजिक रुपमा स्वीकृत हुनुपर्छ ।
3. इन्टरनेटमा राखिएको बौद्धिक सम्पत्तिको प्रयोग गर्नु परे स्रोत उद्धृत गर्ने ।
4. अनलाइनमा गरिने व्यवहारले व्यक्तिगत सम्म गर्ने ।
(झ) अनलाइन रेपुटेसन भनेको के हो ? उदाहरणसहित लेख्नुहोस् ।
उत्तर : अनलाइन रेपुटेसन भन्नाले इन्टरनेटको संसारमा आबद्ध नेटिजनका लागि आवश्यक प्रतिष्ठाको व्यवस्थापन गर्नुलाई अनलाइन रेपुटेसन भनिन्छ ।
(ञ) डिजिटल आरोग्यता भनेको के हो ?
उत्तरः मानिसले अनलाइन र अफलाइन रहने समयबिच सन्तुलन राखी समग्रमा मानसिक, शारीरिक, सामाजिक र भावनात्मक रुपले स्वस्थ रहनु डिजिटल आरोग्यता हो ।
(ट) डिजिटल आरोग्यताका फाइदाहरू लेख्नुहोस् ।
उत्तर: डिजिटल आरोग्यताका फाइदा :-
१. कर्मचारीहरूको आप्मसन्तुष्टीमा सुधार हुन्छ ।
२. डिजिटल आरोग्यताले गर्दा कुनै अफिस वा प्रतिष्ठानमा कार्यरत कर्मचारीहरूको काम गर्ने क्षमता र दक्षता बढाई उत्पादकत्व पनि बढाउँछ ।
(ठ) 1 लागि आवश्यक कुनै चारओटा सजगताबारे लेख्नुहोस् ।
उत्तर: डिजिटल आरोग्यताका लागि आवश्यक सजगताहरू :-
A. आत्मनियन्त्रण गर्ने प्रकारका टुलहरूको सदुपयोग गर्ने ।
B. आफ्नो बानीलाई अनुगमन र मूल्याङ्कन गर्ने
C. आफ्नो गोपनियता र सुरक्षालाई बलियो बनाउने ।
D. सिमाहरू निर्धारण गर्ने
(ड) डिजिटल प्रतिष्ठा व्यवस्थापन भनेको के हो ?
उत्तर: इन्टरनेट सुरक्षाबारे सावधान रहदै सामाजिक सञ्जालमा बलियो गोपनियता सेटिङ गर्नु र अनलाइन प्रतिष्ठा कायम राख्न गरिने क्रियाकलापलाई डिजिटल प्रतिष्ठा व्यवस्थापन भनिन्छ ।
(ढ) डिजिटल प्रतिष्ठा व्यवस्थापनका दुईओटा उदाहरण प्रस्तुत गर्नुहोस् ।
उत्तर : डिजिटल प्रतिष्ठा व्यवस्थापनका दुइओटा उदाहरणहरू :-
१. सामाजिक सञ्जालको प्रयोग
२. ब्लग पोस्ट गर्ने
(ण) डिजिटल प्रतिष्ठा व्यवस्थापनका चारओटा महत्त्व उल्लेख गर्नुहोस् ।
उत्तर : डिजिटल प्रतिष्ठा व्यवस्थापनका महत्वहरूः
१. विश्वसनीयता
२. विश्वास र वफादारी
३. राम्रो प्रतिभाको अकिर्षण
४. फाइदा
(त) सामाजिक सञ्जालको प्रयोग तथा उपयोगिताका आधारमा दुईओटा सकारात्मक प्रभाव लेख्नुहोस् ।
उत्तर: सामाजिक सञ्जालको प्रयोग तथा उपयोगिताका आधारमा सकारात्मक प्रभावहरू :-
1. आफ्नै ब्रान्ड बनाउन सकिन्छ ।
2. शिक्षा लिन सकिन्छ ।
(थ) सामाजिक सञ्जालको प्रयोगबाट सम्भावित दुईओटा नकारात्मक असर लेख्नुहोस् ।
उत्तर : सम्भावित दुइओटा नकारात्मक असरहरू :-
१. सामाजिक सञ्जालको अवहन
२. सामाजिक संञ्जालबाटै धम्कीमा पर्नु ।
(द) कक्षा 10 को विज्ञान तथा प्रविधिअन्तर्गत कुनै एउटा एकाइमा समावेश विषयवस्तु समेटेर 5 मिनेटको श्रव्यदृश्य सामग्री बनाउन तापाईंको योजना लेख्नुहोस् । उक्त श्रव्यदृश्य साम्रग्रीलाई 3 मिनेटको बनाउन के गर्न सकिन्छ ? आवश्यक चरण समावेश गरी लेख्नुहोस् ।
उत्तरः तत्वहरूको वर्गीकरण सम्बन्धमा श्रव्य दृष्य सामाग्रीको निर्माण गर्ने चरणहरू :-
१. शुद्ध र अशुद्ध पदार्थको परिभाषा र उदाहरण अक्षर र आवाज दुवै मार्फत देखाउने
२. हाम्रो वरीपरीका पंदार्थहरू तत्त्व, यौगिक र मिश्रणका रुपमा रहेका छन भनी अक्षर र आवाज मार्फत भन्ने
३. तत्त्व, यौगिक, परमाणु, अणु, उपपारमाणविक कणहरू, मिश्रणको परिभाषा वर्ड र भ्वाइस दुवै मार्फत
देखाउने गरी श्रव्य दृष्य सामग्री निर्माण गर्ने
४. पेरियोडिक तालिका र यसको प्रकार वर्ड र भ्वाइस मार्फत देखाउने
५. आधुनिक पेरियोडिक तालिका र मेन्डेलिभको पेरियोडिक तालिकालाई इन्टरनेटमा सर्च गरी आफ्नो श्रव्य दृष्य सामग्रीमा राख्ने
माथिको श्रव्यदृष्य सामग्रीलाई 3 मिनेटको बनाउने चरणहरू :
१. तत्त्व, यौगिक र मिश्रणको परिभाषा र उदाहरणसहितको जानकारी श्रव्यदृष्य सामग्रीमा समावेश गर्ने ।
२. तत्त्वहरूलाई पेरियोडिक तालिका मार्फत देखाउने ।
३. पेरियोडिक तालिकाको प्रकार मध्ये आधुनिक र मेन्डेलिभको पेरियोडिक तालिका परिभाषा सहित देखाउने